सुन्दरीजल, पर्यटन र बागमती नदीका मुहान, बागद्वार धाप बाध क्षेत्र प्राकृतिक भ्युटावर

सुन्दरीजल, पर्यटन र बागमती नदीका मुहान, बागद्वार धाप बाध क्षेत्र प्राकृतिक भ्युटावर

के.बि.मसाल

@antaranganews

२०८१ चैत १७ गते सोमबार ०९:५५

राजनेता बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचनलगायतका नेताहरूलाई लामो समय जेल राखिएको स्थान हो सुन्दरीजलको विपि संग्रहालय । पञ्चायतीकालमा राजबन्दीगृहका नामले चिनिने सुन्दरीजलको जेल गृहलाई २०६१ भदौ २४ गते सग्रहालयमा परिणत गरिएको छ ।

पर्यटकहरू बागद्वार मात्र नभएर हिमालको सुन्दर दृश्य र धाप बाधँको जलाशय अवलोकन गर्न पुग्ने गर्दछन । यो स्थल काठमाडौ, नुवाकोट र सिन्धुपलान्चोक जिल्लाको सीमा पनि हो ।

घुम्नको लागि काठमाडौ पुग्ने पर्यटकहरूलाई रुचि अनुसार घुम्ने ठाउँ धेरै छन । धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरै पर्यटकहरूलाई काठमाडौँमा घुम्दा यस्तै लाग्छ । तर काठमाडौँमा घुम्नको लागि सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन । जोरपाटीचोकदेखि करिब ९ किलोमिटर उत्तर पूर्वमा पर्ने सुन्दरीजल पर्यटनका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको स्थल हो । सुन्दरीको अर्थ राम्रो र जलको अर्थ पानी हो । सुन्दरीजलमा प्राकृतिक झरना, सुन्दरीमाई, दधिचि ऋषिको आश्रम, बागमती नदीको मुहान, निकुञ्जको रमणीय जंगल पर्यटनको लागि आकर्षण हो ।
इतिहासमा रुचि राख्ने पर्यटकहरूलाई सुन्दरीजलको छुट्टै महत्व रहेको छ । सुन्दरीजल धार्मिक, प्राकृतिक र कृत्रिम सम्पदाको संगम हो । बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण इतिहास हो । इतिहासको खोज अनुसन्धानमा लाग्ने पर्यटकहरू निरन्तर खोजकै यात्रामा हुन्छन । खोज अनुसन्धानको लागि पर्यटन खुला विश्वविद्यालय हो । पुस्तकहरू पढेर इतिहासको बारेमा जान्न त सकिएला तर गहिराइमा पुग्न सकिदैन । इतिहासको गइराहिमा पुग्न स्थलगत खोज अनुसन्धान हुनुपर्दछ । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । सुन्दरीजल प्राचीनकालको इतिहास बोकेको स्थल हो । सुन्दरीजल प्राचीन कला, कौशल, संस्कृति, सभ्यता एवम् ऐतिहासिक श्रोतको भण्डार पनि हो । सुन्दरीजल पर्यटनका लागि जैविक विविधताले भरिएको सुन्दर ठाउँ हो । सुन्दरीजलको जंगलमा बागद्वार, सुन्दरीमाईको मन्दिर, दधिचि ऋषिको आश्रमलगायतका ऐतिहासिक धार्मिक मठ मन्दिरहरू छन । सुन्दरीजलको शिवपुरी राष्ट्रिय निकुञ्ज प्रवेशद्वारबाट करिव २० मिनेटको यात्रा पछि सुन्दरीमाईको मन्दिर पुग्न सकिन्छ । सुन्दरीमाईको मन्दिर पर्यटनका लागि पुग्नै पर्ने हुन्छ । मन्दिर नजिकै बागमती र स्यालमतीको पानी मिसिएको छ । सुन्दरीजल उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।
सुन्दरीजल गोकर्णेश्वर नगरपालिकामा पर्दछ । पर्यटनका लागि सुन्दरीजल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सुन्दरीजल पुग्ने बित्तिकै पर्यटकहरूको आँखा खानेपानीको प्रशोधन केन्द्रमा पर्दछ । मेलम्ची खानेपानी परियोजनाले सुरुङबाट ल्याइने पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गर्दछ । मेलम्ची खानेपानीको प्रमुख द्वार सुन्दरीजलमा पर्दछ । मेलम्ची खोलाबाट सुन्दरीजलसम्म पानी ल्याउने सुरुङमार्ग २७.६ कि.मी मध्य ६ कि.मी सुन्दरीजलको भूगोलमा पर्दछ । सुन्दरीजलमा पुगेपछि पर्यटकहरूले ऐतिहासिक र धार्मिक महत्वको बारेमा अध्यन गर्न खोज्दछन । पर्यटनका लागि सुन्दरीजलमा प्राकृतिक, धार्मिक र सांस्कृतिक धेरै स्थलहरू छन । पर्यटकहरूको इच्छा अनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज, सुन्दरीमाईको मन्दिर, गोकर्णको जंगल, सुन्दरीजल झरना, गोकर्ण गल्छी, तारेभिरलगायतका स्थलहरूमा पर्यटकहरू पुग्न सक्दछन । अर्कोतर्फ सुन्दरीजल पावर हाउसको पोखरी, सुन्दरीजल उद्यान, अशुंवर्माकालीन राजविहार पर्यटनका लागि पुग्नै पर्ने हुन्छ । सुन्दरीजलको धार्मिक एवम पुरातात्विक महत्वका क्षेत्रहरू घुम्नको लागि पर्यटकहरूले समय भने मिलाउनु पर्दछ ।
सुन्दरीजलमा चैत्र–वैशाख महिनामा जादा निकुञ्जको वनमा फुल्ने लालीगुरासको फूल अनि काफल, ऐंसेलु र चुत्रो जस्ता फलले पर्यटकहरूको मन लोभ्याउँछ । आफ्नै हातले काफल र ऐसेलु टिपेर खादाको मज्जा छुट्टै हुन्छ । सुन्दरीमाईको दर्शन पछि पुनः त्यही बाटो हुँदै विद्युत उत्पादनका लागि निर्माण भएको जलाशयमा पुगिन्छ । नेपालको जलविद्युत आयोजनाको इतिहास बोकेको जलाशयबाट पर्यटकहरूले धेरै कुरा जान्न सक्दछन । सुन्दरीजलकोे विद्युतगृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । विसं १९७८ मा निर्माण शुरु गरिएको सुन्दरीजल विद्युत गृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । यहाँबाट विसं १९९१ देखि ६४० किलोवाट विद्युत उत्पादन भएको थियो । अहिले क्षमता वृद्धि गरी ९७० किलोवाट क्षमता वृद्धि भएको छ । यस जलविद्युत गृहको निर्माण वि.सं.१९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गरेका थिए । यो भन्दा पहिला श्री ३ चन्द्र शमशेरले ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत आयोजना निर्माण गरेका थिए । सुन्दरीजलको विद्युत उत्पादन पछिको पानी उपत्यकामा खानेपानीको लागि प्रयोग हुदै आएको छ ।
सुन्दरीजल जादा धेरै पर्यटकहरू बागमती नदीको उदगमस्थल अर्थात मुहानमा पुग्न खोज्दछन । निकुञ्जमाको वन क्षेत्रमा बाघको मुखको आकारको गार्गोइलबाट उदगम हुने पानी बागमती नदीको मुहान हो । बागमतीको पानीको मुहानलाई बागद्वार भनिन्छ । वागद्वार अर्थात वागमती, नागमती र स्यालमती नदीको त्रिवेणी पनि हो । प्रा.डा. ऋषिराम पोखरेलका अनुसार सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्र शिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भएपछि शिवजीको ध्यान गरी शिवजीको मुख अर्थात बोलीबाट प्रकट भएको मानिन्छ । इस्वी संवत ४७७ को एक शिलालेखमा बागमती नदीलाई वाग्मति पारप्रदेशे र पछि गोपालराज वंशवलीमा पनि यहि वर्णन गरिएको छ । नृसिंहले हिरण्यकश्यपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान अर्थात सिंह रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । बागमती उत्पत्ति भएको स्थानलाई वाग्द्वार भनिन्छ । भक्त प्रह्लादले एक हजार वर्षसम्म भगवान शिवजीको तपस्या गरेका थिए । बागमतीलाई शिवगंगा र ब्रह्मसरस्वती पनि भनिन्छ ।
बागमतीको उदगमस्थल बागद्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्ने गर्दछ । मेलाको दिन स्नान र तीर्थाटनका लागि बागद्वारमा धेरै पर्यटकहरू पुग्ने गर्दछन । बागद्वारमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । बागमती नदी धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको नदी हो । बागमती नदीको शिरमा धाप वाँध जलाशय पर्दछ । निकुञ्जको ऐन डाँडामा सन् १८६९ तत्कालिन राजा सुरेन्द्र वीरविक्रम शाहबाट वन तथा पर्यावरण सुरक्षाको लागि स्थापना गरिएको शिलालेख रहेको छ । इतिहासमा रुचि राख्ने पर्यटकहरू शिलालेख हेर्नको लागि ऐन डाँडामासमेत पुग्ने गर्दछन । पर्यटकहरू बागद्वार मात्र नभएर हिमालको सुन्दर दृश्य र धाप बाधँको जलाशय अवलोकन गर्न पुग्ने गर्दछन । धाप बाध क्षेत्र प्राकृतिक भ्युटावर हो । यो स्थल काठमाडौ, नुवाकोट र सिन्धुपलान्चोक जिल्लाको सीमा पनि हो । पर्यटनको लागि यो स्थलबाट तिनै जिल्लाको भूगोल अवलोकन गर्न सकिन्छ । शिवपुरी नार्गाजुन राष्टिय निकुञ्ज क्षेत्र भित्र धाप जलाशय पर्दछ । जलाशयको क्षेत्रफल १५ हेक्टरमा फैलिएको छ । धाप जलाशय नेपालको पहिलो कंक्रिट फेस रक भरिएको मानव निर्मीत जलाशय हो । बाँधको मुख्य उद्देश्य सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउनु र नदीको पानीको गुणस्तर बढाउनु हो । चौवीस मिटर अग्लो बाँध निर्माण गरी वर्षातको पानी संकलन गरेर बाँकी समयमा आवश्यकता अनुसार छाडने र बागमती नदी प्रवाहमा सुधार ल्याउने उदेश्यका साथ निर्माण गरिएको जलाशयमा ११ लाख घनमिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । जलाशयबाट निस्केको पानी फेरि धापदेखि करिब पाँच किलोमिटर तल नागमतीमा बाँध बनाउन सम्भाव्यता अध्ययन भएको छ । यो जलाशय धाप बाँध भन्दा तीन गुणा ठूलो हुनेछ । नागमतीको जलाशयबाट विद्युत उत्पादन गर्ने लक्ष्यसमेत रहेको छ ।
सुन्दरीजल जादा पर्यटकहरूले बीपी संग्रहालय अवलोकन गर्न भने छुटाउन हुदैन । बिशेष गरी राजनीतिकर्मीहरूले बीपी संग्रहालय अवलोकन गरेन भने सुन्दरीजलको यात्रा अधुरो हुन्छ । राजनेता बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचनलगायतका नेताहरूलाई लामो समय जेल राखिएको स्थान हो सुन्दरीजलको विपि संग्रहालय । पञ्चायतीकालमा राजबन्दीगृहका नामले चिनिने सुन्दरीजलको जेल गृहलाई २०६१ भदौ २४ गते सग्रहालयमा परिणत गरिएको छ । बीपी सग्रहालय २४ रोपनी क्षेत्रफलमा रहेको छ । संग्रहालयमा जनअधिकार प्राप्तिका लागि भएका संघर्षमा अग्रणी भूमिका निर्वाह गर्ने राज नेताहरूको सम्पूर्ण अभिलेख राखिएको छ । सम्भवतः यो नेपालको एक मात्रै राजनीतिक संग्रहालय पनि हो । २०१७ पुस १ गते राजा महेन्द्रले शासन हातमा लिएपछि बिपीलाई सुन्दरीजल जेल पु¥याइएको थियो । सुन्दरीजलको सैनिक जर्नेलको क्वार्टरमा थुनिएका बिपीले त्यहाँ पहिलोपटक ८ वर्ष समय काटेका थिए । त्यसपछि २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीलाई पुनः एक वर्ष त्यहीँ थुनिएको थियो । नेपालकको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म बि.स १९७१ भदौ २४ गते र ६८ बर्षको उमेरमा २०३९ साउन ६ गते निधन भएको थियो ।
संग्रहालयमा २००७ देखि २०३० सालसम्मको सशस्त्र क्रान्तिमा प्रयोग भएका उपकरण, बिपीले बनाउनु भएको बुलेटफ्रुप टैंक, विराटनगर कब्जा गर्न बनेका तोप, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले चढ्नुभएको जिप, बिपीले प्रयोग गरेका कपडा पनि राखिएका छन । सग्र्रहालयमा बिपीको जीवनका लेखिएका पुस्तक, कलम र महत्वपूर्ण चिजबिजको संग्रह गरिएको छ । बिपी संग्रहालयमा २०३० सालमा अपहरण गरिएको जहाजसमेत राखिएको छ । प्रजातन्त्र पुनःस्र्थापनाका लागि खर्च जुटाउने उद्देश्यले तत्कालीन प्रतिबन्धित नेपाली काँग्रेसले अपहरण गरेको जहाज बिपी कोइरालाको नेतृत्वमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनोहरि बराल, विनोद अर्याल, मदन अर्यालको संलग्नतामा वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढु·ेलले बिराटनगरबाट उडेको जहाज अपहरण गरी भारतको फारविसगञ्जको घाँसे मैदानमा अवतरण गराएका थिए । अपहरण गरिएको जहाजबाट भारु ३० लाख कब्जा गरी जहाजलाई नेपाल फिर्ता पठाएका थिए । जुन जहाज पछि पोखराबाट जुम्लाको उडानका क्रममा वि.सं २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना भएको थियो । क्षतिग्रस्त भएको जहाजलाई पूर्ण संरचना तयार गरी संग्रहालयमा राखिएको छ ।
सुन्दरीजल जादा पर्यटकह(बाँकी ७ पेजमा) गोकर्णेश्व मन्दिर पुग्नै पर्दछ । ऐतिहासि गोकर्णेश्वर मन्दिरभन्दा पुरानो मन्दिर सम्भवतः नेपालमा अर्को छैन । गोकर्णेश्वरमा भगवान ब्रह्माजीले पूजा–आजा गरेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ । भगवान पशुपतिनाथको मन्दिरभन्दा पनि कैयौं शताब्दी पुरानो गोकर्णेश्वर मन्दिर मानिन्छ । पर्यटनका लागि महत्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिह(बाँकी ७ पेजमा)को सुन्दर संग्रह गोकर्णेश्वमा देख्न सकिन्छ । जहाँ अन्यन्त्र नपाइने ब्रह्मा, चित्रगुप्त, अर्धनारीश्वरलगायतका देवी र देवताह(बाँकी ७ पेजमा)का हजारौँ वर्ष पुरातन प्रतिमाह(बाँकी ७ पेजमा) रहेका छन । गोकर्णेश्वर मन्दिरको प्रांगणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिव महेश्वर बालभक्तेश्वर मन्दिर पनि छन । अर्कोतर्फ उत्तरबाहिनीमा कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि रहेको छ । सुन्दरीजलदेखि गोकर्णेश्वर मन्दिरसम्म बागमती नदी तीन ठाउँमा दक्षिणबाट उत्तर बगेको छ । जसलाई उत्तरगया भन्ने गरिन्छ । हिन्दु धर्मशास्त्रमा उत्तरगयाको ठूलो महत्व छ । गोकर्णेश्वर अर्थात गया श्राद्ध गर्नेहरू पुग्ने गर्दछन । उत्तरगयामा श्राद्ध गर्नाले पितृले मुक्ति पाउने र कर्तालाई ठूलो पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
गोकर्णेश्वर मन्दिर नजिक बागमती नदीको गल्छी पर्दछ । ब्रह्माजीको ध्यान भंग गर्न राक्षसहरूले बागमती नदी थुनिदिए पछि ठूलो जलाशय बन्यो र भगवान श्रीकृष्णले जलाशयको पानी फाल्नका लागि गल्छी बनाएको लोककथा रहेको छ । गोकर्णेश्वर मन्दिर भन्दा पूर्वपट्टी ऐतिहासिक देश नाम गरेको बस्ती छ । पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार नेपालको सबैभन्दा पुरानो शहर देशे गाउँलाई मानिन्छ । पौराणिक ग्रन्थहरूमा पनि गोकर्णेश्वः देशे भनेर उल्लेख गरिएको छ । तर, हिजोआज पुरानो गोकर्ण गाउँ भन्ने गरिन्छ । लिच्छविकालमा नेपालको राजधानी देशे गाउँमा थियो भन्ने कतिपय पुरातत्वविदहरूको भनाई छ । गोकर्णेश्वर जादा पर्यटकहरूले गोकर्ण सफारी पार्क पनि घुम्न सकिन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाद्वारा बि.स. १९१९ सालमा शिकार खेल्नका लागि राखेको जंगल अहिले गोकर्ण सफारी पार्क अर्थात राजनिकुञ्जको नामले चिनिन्छ । गोकर्ण प्रकृति र संस्कृति प्रेमी पर्यटकहरूको लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको स्थल हो ।
सुन्दरीजल जादा पर्यटकहरू पदयात्रा अर्थात हाइकिङ गर्न पनि खोज्दछन । शिवपुरी राष्ट्रिय निकञ्जमा हाइकिङ गर्न महत्वपूर्ण क्षेत्र मानिन्छ । मूलखर्क, तारेभीरलगायतका क्षेत्रमा हाइकिङ गर्न जाने पर्यटकहरू सुन्दरीजल देखिनै यात्रा गर्दछन । हाइकिङमा जादा तामाङ संस्कृतिमा रमाउने पर्यटकलाई लक्षित गर्दै होमस्टे समेत सन्चालनमा छ । हाइकिङले मानसिक र शारीरिक तन्दुरुस्ती बढाउने मात्रै होइन प्रकृतिसँग घुलमिल हुन र नयाँ ठाउँबारे जान्ने अवसर पनि दिन्छ । आकाश खुलेको समयमा दृश्यावलोकनको मज्जा लिन हाइकिङ जाने पर्यटकहरूको संख्या धेरै हुन्छ । शरीर र मनलाई तन्दुरुस्त र पुनर्ताजगी बनाउन पर्यटकहरू हाइकिङमा जाने गर्दछन । सुन्दरीजलबाट हाइकिङमा जादा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्र हुँदै जानु पर्दछ । सुन्दरीजल चिसापानी हुँदै गोसाइकुण्ड, हेलम्वु, मणिचूँड र नगरकोटसम्मको पैदल यात्राका लागि पनि पर्यटकहरू सुन्दरीजल पुग्ने गर्दछन । शिवपुरी क्षेत्रले शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्जको ठूलो भाग ओगटेको छ । पानी मुहानमा निकुञ्जको मुख्य कार्यालय रहेको छ भने पर्यटनका लागि पानी मुहानबाट विभिन्न ठाउँमा पुग्न सकिन्छ । अस्तु ¤

प्रकाशित मिति २०८१ चैत्र १८, सोमबार २१:५५ गते
हजुरको प्रतिक्रिया