सहकारी दिवस– २०८१ को उपलक्ष्यमा निकालिएको र्यालीको फोटो फिचर :

सहकारी दिवस– २०८१ को उपलक्ष्यमा निकालिएको र्यालीको फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १९ गते बुधबार १२:१८

बेसीशहर क्षेत्र सहकारी समन्वय समिति अन्तरगत यस क्षेत्रमा सञ्चालन भएका १९ सहकारी आवद्ध भएको जानकारीमा आएको छ ।

‘मर्यादित सहकारी, समुन्नत समाज’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

बेसीशहर– आज ६८ औं सहकारी दिवस– २०८१ । सहकारी दिवस– २०८१ को उपलक्ष्यमा यहाँ बेसीशहर क्षेत्र सहकारी समन्वय समितिको आयोजनामा र्याली चैत २० गते निकालिएको हो ।
‘मर्यादित सहकारी, समुन्नत समाज’ नाराका साथ दिवस मनाउन लागिएको हो । बेसीशहर क्षेत्र सहकारी समन्वय समिति अन्तरगत यस क्षेत्रमा सञ्चालन भएका १९ सहकारी आवद्ध भएको जानकारीमा आएको छ । सो संख्याभित्र यतिबेला सञ्चालकहरूले सहकारी ठगीको मुद्दा खेपिरहेका कालिका साकोस पनि आवद्ध देखिन्छ भने मुद्दा खेप्न तयारीमा रहेको सुनौलो भविष्यको पनि नाम अंकित भएको देखिन्छ । ती दुवै सहकारीले विगतका दुई वर्ष अघिदेखि नियमित बचत संकलन तथा ऋण लगानीका काम गर्न नसकेको सम्बद्ध सेयर धनीहरूले बताएका छन् । जहाँ हातेमालो, लक्ष्मीनारायण जस्ता सकोस समेत सहभागी देखिएका छन् ।

यस्ता दुई थरीका सहकारीका बीचमा के कसरी समन्वय हुन गएको हो ? त्यो भने खोजीको विषय बनेको सहकारीका अभियन्ताहरूले बताएका छन् ।
प्रस्तुत छ, उक्त अवसरमा मनाङे चौताराबाट सुरु गरिएको र्याली पुरानो बैंकचोक, भीमसेन स्थान, नारायणस्थान, झिंगे खोला, सेरा चोक हुँदै सभाहलमा पुगेको थियो । सो अवसरमा प्रदर्शर्नित र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८१ चैत्र २०, बुधबार १२:१८ गते
हजुरको प्रतिक्रिया