मन्दिर, पुल, नदी किनार आदि क्षेत्रमा सर सफाई

मन्दिर, पुल, नदी किनार आदि क्षेत्रमा सर सफाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २१ गते शुक्रबार ०३:४३

सो सफाई कार्यमा चौकी प्रमुख प्रहरी सहायक निरीक्षक श्रीराम श्रेष्ठ, कर्मदा सिर्जना मञ्चका बरिष्ठ उपाध्यक्ष साहित्यकार लक्ष्मिप्रसाद मिश्र, मन्दिर संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेल, कल्बका उपाध्यक्ष नारायण मिश्र लगायत ४० जना जतिको सहभागिता रहेको थियो ।

मर्स्याङ्दी नदी किनारा स्थित शिवजी मन्दिरको क्षत्रमा सामुदायिक प्रहरी साझेदार अन्तरगत सम्पदा संरक्षण सरसफाइ कार्यक्रम गरिएको हो ।

पाउँदी(लमजुङ)– लमजुङ)को प्रवेशको मुख्य नाका रहेको उहाँ स्थित सुन्दरबजार नगरपालिका– ७ मर्स्याङ्दी नदी किनाराका मन्दिर, पुल, नदी किनार आदि क्षेत्रमा सर सफाई कार्य गरिएको छ । स्थानीय शिवजी मन्दिरको क्षत्रमा सामुदायिक प्रहरी साझेदार अन्तरगत सम्पदा संरक्षण सरसफाइ कार्यक्रम चैत २२ गते गरिएको हो ।
मर्स्याङ्दी नदी किनारा स्थित शिवजी मन्दिरको क्षत्रमा सामुदायिक प्रहरी साझेदार अन्तरगत सम्पदा संरक्षण सरसफाइ कार्यक्रम गरिएको हो । सो क्रममा पाउँदी अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीराम श्रेष्ठको नेतृत्त्वमा विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सर सफाई कार्य गरिएको छ ।
उक्त सरसफाई कार्यमा प्रहरीको टोलीका साथ नेकपा (एमाले) टोल कमिटी, कर्मदा सिर्जना मञ्च, दोभान एकता युवा क्लब, शिवजी मन्दिर संरक्षण समिति, प्रहरी चौकी, आमा समूह, बुहारी समूह, खानेपानी, र स्थानीय पाउँदी टोलबासीहरूको उल्लेख्य सहभागितामा मन्दिर, पुल, नदी किनार आदि क्षेत्रमा सर सफाईको काम गरिएको हो ।
सो सफाई कार्यमा चौकी प्रमुख प्रहरी सहायक निरीक्षक श्रीराम श्रेष्ठ, कर्मदा सिर्जना मञ्चका बरिष्ठ उपाध्यक्ष साहित्यकार लक्ष्मिप्रसाद मिश्र, मन्दिर संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेल, कल्बका उपाध्यक्ष नारायण मिश्र लगायत ४० जना जतिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ चैत्र २२, शुक्रबार १५:४३ गते
हजुरको प्रतिक्रिया