सर्वोच्चले माग्यो रास्वापा सभापति रविलाई थुनामा पठाउने उच्चको आदेशमा कैफियत प्रतिवेदन

सर्वोच्चले माग्यो रास्वापा सभापति रविलाई थुनामा पठाउने उच्चको आदेशमा कैफियत प्रतिवेदन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ३० गते आईतबार ०८:२१

कानुनी भाषा शब्दमा कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा कारण र आधार खुलाएको विस्तृत विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ ।

अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म आफ्नो न्याय प्रतिको लडाइँ जारी राख्ने रविले बताउँदै आउनु भएको छ ।

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गर्नु भएको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । सर्वोच्च अदालतले सो निवेदनबारेमा सुनुवाई गर्दै ३१ चैत, त्यस्तो आदेश दिएको हो ।
भैरहवा कारागारमा रहेका रविले चैत २९ गते आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराउनु भएको थियो । आदेशविरूद्ध रविका तर्फबाट उहाँकी श्रीमती निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावल, नारायण कँडेल र आशिष थापासहितले सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।
त्यस निवेदनमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको जानकारी दिनुभयो ।
कानुनी भाषा शब्दमा कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा कारण र आधार खुलाएको विस्तृत विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ ।
त्यो प्रतिवेदन पेश भएपछि सर्वोच्चमा उच्च अदालतले दिएको आदेशमाथि छलफल हुनेछ ।
अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म आफ्नो न्याय प्रतिको लडाइँ जारी राख्ने रविले बताउँदै आउनु भएको छ ।

प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार २०:२१ गते
हजुरको प्रतिक्रिया