रानीकुवा(लमजुङ)– नेपाल रेडक्रस सोसाइटी गाउँशहर उपशाखाको १७ औं बार्षिक साधारण सभा एवम् छैटौं अधिवेशन सम्पन्न भएकोे छ । बेसीशहर नगरपालिका– ३ रानीकुवा स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशन रेडक्रस सोसाईटी लमजुङ शाखाका उपमन्त्री दिपक न्यौपानेको प्रमुख अतिथिमा बैशाख १८ गते भएको हो ।
अधिवेशनबाट सर्वसम्मत रुपमा कान्ता घिमिरेको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कान्ता यसअघि पनि उक्त शाखाको सभापति हुनुहुन्थ्यो ।
अधिवेशनबाट नवनिर्वाचित सभापतिमा कान्ता घिमिरे, उपसभापति उषादेवी घिमिरे, सचिवमा हरिचन्द्र बराल, कोषाध्यक्ष सरोजकुमार दनाई, उपकोषाध्यक्ष गीता बराल, सहसचिव सविता बराल चयन हुनुभएको निर्वाचन संयोजक समेत रहनु भएका रेडक्रस जिल्ला लमजुङका शाखा अधिकृत श्रीकान्त घिमिरेले बताउनु भयो । उहाँका अनुसार सदस्यहरूमा लोठबहादुर गुरूङ, कमलबहादुर कार्की, रश्मिला के.सी., सोमबहादुर घिमिरे र गुरुप्रसाद घिमिरे चयन हुनुभएको छ ।
रेडक्रस जिल्ला लमजुङका शाखा अधिकृत श्रीकान्त घिमिरेका अनुसार यो समितिको कार्यकाल दुई वर्ष रहन्छ ।
सो कार्यक्रममा निवर्तमान जिल्ला सभापति दिपक बराललगायतको सहभागिता रहेको थियोे ।
उक्त उपशाखामा रेडक्रसका ९८ जना आजीवन सदस्य रहेका छन् । २०६२ सालमा स्थापना भएको सो उपशाखाको संस्थापक सभापतिमा समाजसेवी धनमाया बराल चयन हुनु भएको थियो । त्यसपछि क्रमशः अप्सरा घिमिरे, होदराज बराल र लक्ष्मी रेग्मी घिमिरे सभापति हुनु भएको थियो ।
प्रकाशित मिति २०८२ बैशाख २०, शनिबार ११:५५ गते