रुपा(कास्की)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रुपा गाउँपालिका– ५ को सभापतिमा भोजराज पौडेल चयन हुनु भएको छ । रास्वपाको रुपा गाउँपालिकाको कार्यालय उदघाटन, सो समितिले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन तथा वडानं– ५ को वडा अधिवेशन संयुक्त रुपमा बैशाख २० गते सम्पन्न भएको हो ।
रास्वपा रुपा गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको उदघाटन रास्वपाका संस्थापक केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले गर्नु भएको थियो ।
सो वडा सभापतिमा भोजराज पौडेल चयन हुनु भएको छ । पाँच सदस्यीय वडा समितिको उपसभापति अनिसा तिमिल्सिना ढुंगाना चयन हुनु भएको छ । यसैगरी, सो समितिको सदस्यहरूमा सीता तिमिल्सिना, यदुलाल तिमिल्सिना र सन्तोष आचार्य चयन हुनुभएको रास्वपाको कास्की जिल्ला सभापति यदु अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार सोही पालिकाका सभापति राजेन्द्र सुवेदीको अध्यक्षतामा भएको र्काक्रममा रास्वपाको गण्डकी प्रदेशका सदस्य सदिश निसा, जिल्ला उपसभापति राजु राई, क्षेत्रीय उपसभापति उषा मगर लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । गाउँपालिकाका कोषाध्यक्ष ईश्वरी पौडेलले स्वागत गर्नु भएको सो कार्यक्रमको सञ्चालन मिलन थापाले गर्नु भएको थियो । रास्वपाका जिल्ला अध्यक्ष अधिकारीले भन्नुभयो, ‘समय घर्कीएको थियो, सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने साथीहरूलाई बोल्न दिएर, मैले बोलिन ।’
उक्त कार्यक्रमका प्रमुख वक्ता सांसद सोविता गौतमको सम्बोधन ‘रास्वपा सभापति रविविरुद्ध लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो : सोविता गौतम’ शीर्षकमा यसअघि अन्तरङ्ग न्यूज डटकममा समाचार प्रकाशित भइसकेको छ ।
प्रकाशित मिति २०८२ बैशाख २१, आईतवार ०९:०५ गते