
काठमाडौँ– दोर्दी गाउँपालिका– १, देउरालीबासीद्वारा यहाँ आयोजित वनभोजमा विविध कार्यक्रम गरिएको छ । ‘आजको आवश्यकता देउराली बासीको एकता’ भन्ने मूल नाराका साथ वन भोज सहितको मनोरञ्जनात्मक कार्यक्रम वैशाख २७ गते गरिएको हो ।
लमजुङको दोर्दी गाउँपालिका– १, देउरालीबाट काठमाडौँमा आएर स्थायी वा अस्थायी रूपमा बसोबास गरी आउनुभएका सम्पूर्ण बन्धुबान्धब अर्थात बुबाआमा, दाजुभाइ, दिदीबहिनी, भाउजु बुहारी, बालबालिका सहित पारिवारिक भेटघाटका साथमा वनभोज कार्यक्रम भएको हो ।
सो अवसरमा जेष्ठ नागरिक– लालबहादुर अधिकारी तथा बुद्धिजीवीहरू पूर्वगाविस अध्यक्ष शंकरप्रसाद अधिकारी, महिला आपसी सहयोग केन्द्र भारतेका पूर्वसदस्य चिजा अधिकारी तथा मानबहादुर अधिकारी सहभागी हुनुहुन्थ्यो ।
समाजका अध्यक्ष– बलबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खेलाइएको खेलमा म्युजिकल चेयरमा महिलातर्फ कमला अधिकारी तिवारी विजयी हुनुभयो भने पुरुषतर्फ सन्तोष अधिकारी र सम्मान अधिकारी पुरस्कृत हुनु भएको थियो ।
त्यस्तै, बेलुन फुटाई खेलको जुनियरतर्फ सायस अधिकारी, आश्रीया अधिकारी, साउन भुजेल र प्रयान अधिकारी पुरस्कृत भएका थिए । त्यस्तै, १२ जनाले भाग लिएको सोही खेलको सिनियरतर्फ समर्पण अधिकारी र सम्पूर्ण अधिकारी पहिलो र दोस्रो हुनुभएको थियो ।
संस्थाका सचिव देवेन्द्रमणि अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्र अधिकारीले आयव्यय प्रस्तुत गर्नु भएको थियो ।
बालाजुको बाइसाधारा पार्कमा सञ्चालन गरिएको उक्त वनभोजसहितको मनोरञ्जनात्मक कार्यक्रममा समाजका कार्यकारी सदस्यहरू कमला घिमिरे अधिकारी, ज्ञानु अधिकारी, सन्तोष अधिकारी र सम्मान अधिकारी लगायत उक्त वनभोज कार्यक्रममा ८० जना सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको उद्देश्य सामूहिक छलफल तथा ठोस कार्यक्रमका साथ अगाडि बढ्ने भन्ने खासमा जन्म थालोका रुपमा रहेको गाउँलाई बिर्सन हुन्न भन्ने सन्देश दिन उक्त कार्यक्रमले उत्प्रेरणा जागृत गरेको छ । विभिन्न रोचक खेलहरू बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरू साथमा नाचका सम्पन्न सो कार्यक्रममा अबका दिनमा प्रतिपरिवार पाँच सय रुपैयाँ मासिक संकलन गर्ने र ३/३ महिनामा यस्तो भोलाको आयोजना गर्ने समेतको निर्णय भएको छ । त्यसको प्रयोजनका लागि अनुजमणि अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिएको छ ।
उक्त वनभोज कार्यक्रम आफ्नो जन्म थलो रहेको गाउँलाई बिर्सनु हुन्न भन्ने सन्देश दिन सफल रहेको सहभागीहरूको प्रतिक्रिया छ ।
सत्यवादी हरिश्चन्द्र अधिकारीको सहयोगमा ।
प्रकाशित मिति २०८२ बैशाख २८, आईतवार २१:३८ गते