लमजुङको जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड मध्यनेपालमा सम्पन्न : आउँदो वर्ष मर्स्याङ्दी गा.पा.मा हुने

लमजुङको जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड मध्यनेपालमा सम्पन्न : आउँदो वर्ष मर्स्याङ्दी गा.पा.मा हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ७ गते बुधबार ११:१२

सो अवसरमा मध्यनेपाल नगरपालिका– ६ को हिमाली आवासिय माविको तेक्वान्दो टिमले प्रतियोगितामा नभएको तेक्वान्दो खेल प्रदर्शन गरेको थियो । कुसल कलाद्वारा विद्यार्थीलाई आत्मा रक्षाको निम्ति उपयुक्त प्रदर्शित तेक्वान्दो खेललाई निरन्तरता दिन अतिथिहरूले हिमाली आमाविलाई बधाई सहित शुभकामन दिएका थिए ।

सो प्रतियोगिताका कुल ४० विधाका खेलमा छात्र र छात्राका लागि छुट्टा छुट्टै रुपमा प्रतिस्पर्धा गराइएको थियो ।

भोर्लेटार(लमजुङ)– लमजुङको जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मध्यनेपाल नगरपालिका– ६ को यहाँ स्थित ईशानेश्वर क्याम्पस मैदानमा सम्पन्न भएको छ भने आउँदो वर्ष मर्स्याङ्दी गाउँपालिकामा हुने भएको छ । सो प्रतियोगिताका कुल ४० विधाका खेलमा छात्र र छात्राका लागि छुट्टा छुट्टै रुपमा प्रतिस्पर्धा गराइएको थियो ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्नु भएको सोप्रतियोगिता सोही नगरपालिका– ६ को यहाँ स्थित ईशानेश्वर क्याम्पस मैदानमा औपचारिक कार्यक्रम भएता पनि अन्य कार्यक्रम हिमाली आवासीय माविको खेल मैदान र दौड प्रतियोगिता भोर्लेटार बजारका सडकहरूमा भएको थियो ।
प्रतियोगिताको यो वर्षको उपाधि बेसीशहर नगरपालिकाले हात पारेको छ । सो प्रतियोगितामा १२ स्वर्ण सहित कुल २६ पटकका साथ सो उपाधि बेसीशहर नगरपालिकाले उपाधि पाएको हो । बेसीशहर नगरपालिकाले १२ स्वर्ण पदक, ९ रजत पदक, ५ काश्य पदक गरी जम्मा २६ पदक सहित च्याम्पियन ट्रफि प्राप्त गरेको हो । सो प्रतियोगितामा सुन्दरबजार नगरपालिकाले ७ स्वर्ण पदक, ८ रजत पदक ७ काश्य पदकका साथ जम्मा २२ पदक सहित दोस्रो स्थान हासिल ग¥यो । त्यस्तै दोर्दी गाउँपालिकाले ६ स्वर्ण, ३ रजत पदक र ४ काश्य पदक सहित १३ पदक प्राप्त गरी तेस्रो भयो । सो प्रतियोगितामा अनुशासित टिमको उपाधि मर्स्याङ्दी गाउँपलिकाले पाएको छ । सो पालिकाले ४ स्वर्ण, दुई रजत र एक कास्य पदक पाएको आयोजकको भनाइ छ । उसको स्थान छैटौं हो भने आयोजक मध्यनेपाल नगरपालिकाले चौथो स्थान हासिल गरेको छ । उसले स्वर्ण र कास्य पाँच पाँच तथा रजत चार पटक जितेको थियो ।
पाँचौं स्थान हासिल गरेको राइनास नगरपालिकाले चार स्वर्ण, पाँच कास्य र आठ रजत पदक जितेको थियो । सातौं हुनेमा क्ब्होलासोंथार गाउँपालिका रह्यो भने दूधपोखरी गाउँपालिकाले अन्तिम अर्थात आठौं स्थान हासिल गरेको आयोजकको भनाइ छ । उनीहरूका अनुसार ती दुई पालिकाले क्रमशः दुई स्वर्ण, तीन कास्य र रजत पदक जित्न नसकेको बताइएको छ । त्यस्तै, अर्को पालिकाले स्वर्ण पदक जित्न सकेन भने कास्य पदक पाँच र रजत पदक चार जित्न सकेको जानकारीमा आएको छ ।
समापन मध्यनेपाल नगरपालिका– ६ का वडा अध्यक्ष बिष्णुभक्त पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी पौडेल एवम ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ईन्पेक्टर यामनारायण अर्याल लागायतले सम्पूर्ण बिजेता टिम र खेलाडी छात्र छात्रहरूलाई क्रमशः उपाधिको कप, ट्रफी, मेडल र प्रमाण पत्र बितरण गर्दै बधाई तथा शुभाकामना व्यक्त गरेका थिए । उनीहरूले बिगतका वर्षमा भएको प्रदेशस्तरसम्मका प्रतिस्पर्धालाई स्मरण गराउँदै सबैलाई आगामी प्रदेशस्तरीय खेलमा जिल्लाको उच्च स्थानको जीतका लागि शुभकामना दिएका थिए । साथै मर्स्याङ्दी गाउँपालिकाले अर्को बर्ष राष्ट्रपति रनीङ शिल्ड खेलाउने सहमतिमा जिल्ला खेलकुद बिकास समितिले झण्डा हस्तान्तरण गरेको थियो ।
सो प्रतियोगिताको अवलोकन तथा विद्यार्थीको हौसला प्रदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेल, जिल्ला प्रहरी प्रमुख रेशम बोहरा तथा सशस्त्र प्रहरी प्रमुख एवम् राष्ट्रिय अनुसन्धान शाखाका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा लमजुङ जिल्ला स्थित आठवटै पालिका भित्रमा छात्र तथा छात्राहरूले भाग लिएका थिए । प्रतियोगितामा एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय मिटर छात्रा तथा छात्र दौडका अतिरिक्त हाई जम्प, लङ्ग जम्प, टिपल जम्प, रिले दौड, षटपुट, ज्याबलिङ थ्रो, भलिवल लगायतका खेल छात्र तथा छात्राहरूका लागि छुट्टा छुट्टै खेलाइएको थियो ।
सो अवसरमा मध्यनेपाल नगरपालिका– ६ को हिमाली आवासिय माविको तेक्वान्दो टिमले प्रतियोगितामा नभएको तेक्वान्दो खेल प्रदर्शन गरेको थियो । कुसल कलाद्वारा विद्यार्थीलाई आत्मा रक्षाको निम्ति उपयुक्त प्रदर्शित तेक्वान्दो खेललाई निरन्तरता दिन अतिथिहरूले हिमाली आमाविलाई बधाई सहित शुभकामन दिएका थिए ।
सो प्रतियागिता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता गरिएको थियो भने कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष अमृता असीमबाट भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ ७, बुधबार ११:१२ गते
हजुरको प्रतिक्रिया