संखुवासभामा श्रीपाली बस्न्यात कुलपुजा र पुलुङमा लुकेको इतिहास

संखुवासभामा श्रीपाली बस्न्यात कुलपुजा र पुलुङमा लुकेको इतिहास

काजी बस्नेत

@antaranganews

२०८२ जेठ ९ गते शुक्रबार ०८:२४

चैनपुरमा केयरसिंह बस्न्यातका छोरा बख्यावर बस्न्यातले सबै जाति धर्म मिलाएर त्यहीबाट पुर्वी क्षेत्रको रेखदेख नीति नियम सभा सम्मेलन गर्न गराउन निर्माण गरेको मेजरपाटी दर्बार र शिलालेख अझै देख्न सकिन्छ ।

बि.सं. १८३१ मा राज्य एकीकरण अभियानका सेनानायक अभिमान सिंह बस्न्यातको फौजले पूर्वका टुक्रिएर रहेको किराँत राज्यहरू एकीकरण गरी नेपाललाई तिब्बतसम्म फैलाएको थियो ।

म्यादी(संखुवासभा)– श्रीपाली बस्न्यात कुलपुजा यो वर्ष संखुवासभा स्थित पुलुङ म्यादी नगरपालिका– ६ मा गरियो । मुलुकका विभिन्न जिल्लामा छरिएर रहेका बस्न्यात परिवारका प्रतिनिधिहरूको सहभागितामा ऐतिहासिक थालो पुलुङमा श्रीपाली बस्न्यात समाजको कुल पुजा जेठ ५ गते सम्पन्न भएको हो ।
कुल पुजा कार्यक्रममा कुलका शहिबार पदम सिंह बस्न्यात, कुलका रन्या थानी गणेशमान सिंह बस्न्यात र पुजा व्यवस्थापन समितिका अध्यक्ष मोहोन सिंह बस्न्यात लगायत खड्गमान सिंह बस्न्यात अर्जुन बस्न्यात लगायत सबै पुलुङ बासीहरूको साथ सहयोग मनग्य थियो ।
सो अवसरमा श्रीपाली बस्न्यात समाजको कुलपुजामा गोर्खा बस्न्यात समाजका अध्यक्ष विनोन बस्न्यात उपाध्यक्ष शान्ता सिंह बस्न्यात सचिव केशबमान सिंह बस्न्यात कुलका धामी ईमान सिंह बस्न्यात कुलका मुल पुजारी मदनमान सिंह बस्न्यात समाजका संस्थापक अध्यक्षका छोरा गोबिन्दमान सिंह बस्न्यात र संस्थापक हितमान सिंह बस्न्यातको समुपस्थिति थियो ।
यसैगरी तनहुँ जिल्लाबाट श्रीपाली बस्न्यात इतिहास लेखक देवीबहादुर बस्न्यात र उहँको धर्मपत्नी ईश्वरी बस्न्यात जिल्ला अध्यक्ष भिमनरसिंह (दिपक) बस्न्यात र उहाँको धर्मपत्नी कमला बस्न्यात उपाध्यक्ष मोहन सिंह बस्न्यात र उहाँको धर्मपत्नी निरा बस्न्यात सचिव बिष्णु बस्न्यात चितवनबाट बिजय बस्न्यात र लमजुङ जिःला अध्यक्ष काजी बस्न्यातका साथै काठमाडौबाट केन्द्रीय अध्यक्ष खगेन्द्र बस्न्यात सहित श्याम कृष्ण बस्न्यात, विजय बस्न्यात र झापा जिल्ला अध्यक्ष सुदिप बस्न्यात अतिथि रहेको थियो ।
पुलुङमा लुकेको इतिहास :
यहाँको पुलुङ म्यादी नगरपालिका– ६, नेपालको लामो इतिहास बोकेर बसेका थलो हो । यस थलोमा श्रीपाली बस्न्यातहरूको ठूलै बसोबास रहेको पाइन्छ । यहाँ झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुली, उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, संखुवासभा लगायतका विभिन्न ठाउँमा छरिएर रहेका श्रीपाली बस्न्यात समुदायको अलगै पहिचान लुकेको श्रीपाली बस्न्यात समाज संखुवासभा जिल्ला अध्यक्ष अर्जुन कुमार बस्न्यातले बताउनु भयो । उहाँका अनुसार यहाँ गोर्खाबाट चार दाजुभाइ निस्केका मध्य एकभाइ सरकारी जागिर तिर लागे एकभाई बिचतिरै हराए भने अरु दुई भाइमा एउटा पुलुङ र अर्का हुम्लिङ मुनाचोकमा बसोबास गरेको पाइन्छ ।
बि.सं. १८३१ मा राज्य एकीकरण अभियानका सेनानायक अभिमान सिंह बस्न्यातको फौजले पूर्वका टुक्रिएर रहेको किराँत राज्यहरू एकीकरण गरी नेपाललाई तिब्बतसम्म फैलाएको थियो । यस क्षेत्रमा बस्न्यातहरूको राम्रो बसोबास भेटिन्छ । यहाँ समतिशोष्ण हावापानी, पहाडी दरातल पुर्वी क्षेत्रको अब्बल उत्पादन र बसोबास भूमि मानिन्छ । संखुबासभाको चैनपुरको नजिकै रहेको बस्तीलाई चैनपुरमा केयरसिंह बस्न्यातका छोरा बख्यावर बस्न्यातले सबै जाति धर्म मिलाएर त्यहीबाट पुर्वी क्षेत्रको रेखदेख नीति नियम सभा सम्मेलन गर्न गराउन निर्माण गरेको मेजरपाटी दर्बार र शिलालेख अझै देख्न सकिन्छ ।
त्यस्तै सो दर्बारको जिणोद्धार गर्नुपर्ने देखिन्छ । नेपाल र नेपालीहरू सबैले आ–आफ्नो मौलिक परम्परा, धर्म संस्कृतिको जगेर्ना तिर लागेमा देशमा नैतिक अनिकाल हटेर जानुका साथै स्थानीय पर्यटन विकासमा फड्को मार्ने देखिन्छ ।
कसरी पुग्ने ?
पुलुङ मादी नगरपालिकामा पुग्नका लागि यातायातको सुविधा छ । बहुचर्चित नेपालको पूर्वी क्षेत्रको बहुचर्चित धरान बजारबाट धनकुटा, हिले बजार हुँदै अरुण जलविद्युत आयोजना रहेको अरुण नदी किनारबाट मध्यपहाडी लोकमार्गको लेगुवा हुँदै पिलुवा खोलाको पुल, घाट मन्दिर हुँदै पुग्न सकिन्छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ९, शुक्रबार ०८:२४ गते
हजुरको प्रतिक्रिया