पोखरा– पोखरा महानगरपालिका– १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित जेठ १० गते आएको छ । देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिनु हुने कार्यक्रम रहेको छ ।
यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गर्नु भएको थियो । उहाँको ‘प्यार से बोलोना’ भन्ने शब्द लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ । उहाँको पोखरामा पहिलोपटक पोखरा आगमन हुँदा एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सो यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था थियो ।
देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ । त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार जेठ ९ गते एकादशीमा दिनमा मात्रै एक लाखभन्दा बढी भक्तजनले कोटिहोममा सहभागी थिए । सो अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन गरिएको जानकारी दिदै ढकालले भन्नुभयो, ‘श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता महानुभावहरूले कथा वाचन र भक्तिभावयुक्त भजन प्रस्तुत भएको थियो ।
सो अवसरमा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् भने वरिष्ठ समाजसेवी स्व. सूर्यबहादुर केसीको नाममा उहाँकी धर्मपत्नी प्रेमकुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ प्रदान गर्नु भएको छ । पोखरेलीले आज १०० रोपनी जग्गा उपलब्ध हुने पोखरेलीले बताएको समेत गारेको जानकारी गराएका छन् ।
राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन् । जारी महायज्ञमा सहभागि समाजसेवी सागर ढकालले ‘मेरो संस्कार म आफैले वैज्ञानिक रूपमा बुझ्नुपर्छ,’ भन्दै संस्कारको वैज्ञानिक पक्षप्रति जोड दिनु भयो । उहाँले दैनिक जीवनमा संस्कार र संस्कृति जिवन्त राख्न उदाहरण सहित आग्रह गर्नु भएको थियो ।
यसैगरी, विज्ञवक्ता रमेश प्रसाईले ‘आजको युगमा यज्ञमा उपस्थिति जनाउनु मात्र होइन, यो हाम्रो सभ्यताको शिखर चुम्नु हो,’ भन्ने भावनात्मक मन्तव्य दिनु हुँदा दर्शकदीर्घाबाट करतल ध्वनी गुञ्जिएको थियो । उहाँले भक्तिभवको ओतप्रोत भएको ‘हे नारद जी’ कविता समेत वाचन गर्नु भएको थियो ।
कोटिहोम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन भइरहेको छ । दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा सञ्चालन भइरहेको हवनले वातावरण शुद्धीकरण र आध्यात्मिक उर्जाको संचार गरिरहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदान लगायतका विविध वैदिक कर्मकाण्डको व्यवस्था गरिएको छ । साथै, १८ पुराण, ४ वेद र १)८ श्रीमद्भागवत पाठ पारायण कार्यक्रम भैरहेको छ । विवाह इच्छुकहरूका लागि शुभ विवाहको अवसर पनि प्रदान गरिएको छ ।
दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
महायज्ञमा सहभागी भएर आध्यात्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवामूलक गतिविधिहरूले भरिएको यो ऐतिहासिक यज्ञमा सहभागी भई पुण्य लाभ लिन सकिन्छ ।
मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ यो भव्य कार्यक्रम आयोजना गरिएको हो ।
एकादशी विशेष महायज्ञ :
जारी गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ ९ गते एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । सो दिन एक लाख भन्दा बढी भक्तजनहरूको उपस्थिति कोटिहोममा भएको थियो । कार्यक्रमले धार्मिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ ।
एकादशीको सो पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएको महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार, यज्ञमा अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गर्नु भएको छ ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्व विजयश्री कृष्णमूर्ति जी महाराजले पोखरा– १७ लाई कोटिहोम चोकको रुपमा घोषणा गरिएको जानकारी दिइएको थियो ।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । जेठ १४ गतेदेखि २२ गतेसम्म भागवत वाचिका राधिका दासीबाट समेत कथा वाचन हुने कार्यक्रम छ महायज्ञ प्रचारप्रसार संयोजक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने समेत जानकारी प्राप्त भएको छ ।
सो दिन र भोलिपल्टका दुवै दिनका कार्यक्रममा गुरुहरू सुदिप रिमाल, मिन राज गुरुङ्, यज्ञ प्रधान आचार्य लक्षमण भण्डारी, सुरेश रेग्मी, योगी आनन्द प्रेम, चैतन्यकृष्ण महाराज लगायत धेरैजसो विशिष्ट साधु–सन्तहरूको सहभागिता रहेको छ ।
६०० भन्दा बढी युनिट रक्तदान :
कोटिहोमको रक्तदान कार्यक्रममा हालसम्म ६०० भन्दा बढी युनिट रक्तदान संकलन भएको छ । साथै राष्ट्रिय भजन प्रतियोगितामा दुईसय भन्दा बढी समूहले भाग लिइसकेका छन् । महायज्ञमा विभिन्न सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू, आमा समूह र व्यक्तिहरूबाट लाखौं रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कोटिहोममा फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई हिजो र आज दुवै दिन सम्मान गरिएको छ ।
कोटिहोममा दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ । महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ ।
यसै क्रममा दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सि?वारिबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको समेत ढकालले जानकारी दिनुभयो ।
महायज्ञमा संसारकै सबैभन्दा सानो व्यक्तित्व मनोज गोर्खालीको पनि उपस्थिति उल्लेखनीय बनिरहेको छ ।
यहाँ १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण हुने कार्यक्रम, एक मुठी माटो ल्याएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, विवाह इच्छुकका लागि शुभ विवाह कार्यक्रम, विभिन्न पाठ– पूजा, दान र अनुष्ठान गर्ने अवसरहरू प्रदान गरिएको छ ।
कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्ति :
गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ । रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनहरूको आकर्षणको केन्द्र बनेको छ । युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छन् संयोजक ढकालले उल्लेख गर्नुभयो । उहाँका अनुसार दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, ‘भक्तजनहरूले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गर्दै आउनु भएको छ ।’
उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो रहेको महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको छ ।
कोटिहोम स्थलमा आउनु भएकी तनहुँ दमौलीकी कामना क्षेत्रीले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्गको दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमेको बताउनु भयो । यसैगरी, पोखरा– १९ अमरसिंहचोककी अर्की कामना क्षेत्रीले सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएको बताउनु भयो ।
‘कोटिहोम चोक’ निर्माण र नामाकरण :
कोटिहोम नियमित सञ्चालन भइरहेको बेला स्थानीयहरूको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले ‘कोटिहोम चोक’ नामकरण गरिएको स्थानीय शारदा पंगेनीले बताउनु भएको छ ।
उहाँका अनुसार अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरूले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी पुस्ताहरूले पनि यस कोटिहोम महायज्ञको बारेमा जानकारी ताजा राख्नको लागि कोटिहोम चोक भनेर नामकरण गरिएको हो ।’ उहाँले गर्वका साथ भन्नुभयो, ‘हामी धन्य रहेछौं ! हाम्रो आँगनमा आएर अहिलेसम्म नदेखेको कोटिहोमको दर्शन गर्ने अवसर पायौं ।’
अर्का स्थानीय धनीप्रसाद ढकालले भन्नुभयो, ‘हामी कोटिहोम चोक बनाएर अहिले सानो बोर्ड मात्र स्थापना गरेका छौं ।’ उहाँका अनुसार यो कोटिहोम महायज्ञको इतिहास जिवन्त गर्नका लागि अर्को बर्ष स्थानीयको सक्रियतामा नै ठूलो प्रवेशद्वार निर्माण गर्ने छौं ।’
यसैगरी, स्थानीय बिनोद केसी भन्नुहुन्छ, ‘नयाँ मान्छे आउदा लोकेसन लिन र दिन निकै समस्या भइरहेको बेला कोटिहोम महायज्ञ र कोटिहोम चोक नामाकरण गर्दा हाम्रो पहिचान नै उच्च रहेको अनुभव भएको छ ।’
उक्त चोककोको पनि एकादशीको दिन हिजो बैशाख ९ गते अनावरण गरिएको हो ।
मानव सेवा फाउण्डेसन नेपाल लगायतको आयोजनामा अहिले सञ्चालन भएको मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो । जारी कोटिहोम महायज्ञमा भक्तजनहरूको दैनिक बाक्लो सहभागिता रहेको छ ।
उक्त कोटिहोम विविध कार्यक्रमका साथ जेठ २६ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
प्रकाशित मिति २०८२ जेष्ठ ११, आईतवार १४:०५ गते