दालमोठ, आलु चिप्स र निम्किन बनाउने चारदिने तालिम समापन

दालमोठ, आलु चिप्स र निम्किन बनाउने चारदिने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १८ गते आईतबार ०४:४७

उक्त तालिममा भाग लिने अपाङ्गता भएका व्यक्ति तथा अभिभावक गरी २० जना रहेको र तीमध्य तीन जना पुरुष बाँकी महिला रहेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्ति तथा अभिभावकका लागि सञ्चालन गरिएको तालिम तपाईरुलाई व्यवसायिक बन्न र उद्यमी हुन सजह होस् भन्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।

बेसीशहर– लमजुङमा दालमोठ, आलु चिप्स र निम्किन बनाउने चारदिने तालिम समापन भएको छ । अपाङ्ग संरक्षण समाज, लमजुङको आयोजनामा भएको सो तालिम सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाको प्रमुख आतिथ्यतामा जेठ १८ गते समापन गरिएको हो ।
तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास कार्यालयका प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति तथा अभिभावकका लागि सञ्चालन गरिएको तालिम तपाईरुलाई व्यवसायिक बन्न र उद्यमी हुन सजह होस् भन्ने उद्देश्यले आफ्नो कार्यालयले सहयोग गरेको बताउनु भयो । उहाँले प्राप्त तालिम प्रमाणपत्रको उपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नु भएको थियो ।
यसैगरी वरिष्ठ पत्रकार नवराज पहाडीले यो तालिम यसअर्थमा पनि विशेष छ कि यसको प्रशिक्षक पनि अपाङ्गता भएकै व्यक्ति हुनुहुन्छ, यसको अर्थ हो भोलिका दिनमा आजका सहभागीहरु पनि त्यस्तो हुन सक्ने क्षमता राख्नु होस् भन्ने हो र इच्छा शक्ति भयो र प्रयास गरियो भने त्यस्तो सफलता पनि मिल्छ, त्यो सफलताका लागि आजको दिनले यहाँहरु सबैलाई प्रेरणा देओस् भन्ने आग्रह गर्नुभयो ।
सो कार्यक्रम तालिमका प्रशिक्षक बेलजङ मगरले भोलि उद्यम गरेमा घर परिवार र समाजले हेर्ने दृष्टिकोणमासमेत फरक आउने छ भन्नुहुँदै तपाईहरुलाई आवश्यक परेमा सहयोग गर्न आफू सदैव तयार रहेको बताउनु भयो ।
उक्त अवसरमा सहभागीहरु बुद्धकाशी गुरुङ र मीनबहादुर विकले तालिमको अनुभव सुनाउनु भएको थियो । उहाँहरुले तालिमबाट आफूहरूलाई उद्यम गर्नु पर्छ भन्ने ज्ञान र सीप दिएको बताउनु भयो । उहाँहरुले यस्तो थप स्तरीय तालिमको खाचो रहेको समेत बताउनु भएको थियो ।
सो तालिम आयोजक संस्था अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले समापन मन्तव्यका क्रममा लमजुङ जिल्लामा सञ्चालन गरिएको यो पहिलो तालिम भएको हुँदा यसको महत्व छ भन्नुभयो । उहाँले यसलाई थप उपयोगी बनाउनका लागि भोलिका दिनमा तपाई सहभागीहरुले गर्ने यो सँगसम्बन्धित उद्योगले प्रमाणित गर्नेमा आफू विश्वस्थ रहेको उल्लेख गर्नुभयो ।
सो तालिम समापन कार्यक्रमको सञ्चालन अपाङ्ग संरक्षण समाज, लमजुङका सचिव सिताराम बसेलले गर्नु भएको थियो । उहाँले उक्त तालिममा भाग लिने अपाङ्गता भएका व्यक्ति तथा अभिभावक गरी २० जना रहेको र तीमध्य तीन जना पुरुष बाँकी महिला रहेको जानकारी दिइयो ।

प्रकाशित मिति २०८२ जेष्ठ १८, आईतवार १६:४७ गते
हजुरको प्रतिक्रिया