
भारते(लमजुङ)– लमजुङका एक मृगौला पीडितको उपचारका लागि युवाहरूको नेतृत्वमा १५ लाख रुपैयाँभन्दा बढी रकम सकलन भएको छ । दोर्दी गाउँपालिका– १, भारतेबेसी, लमजुङ निवासी ३६ बर्षीय हरिश्चन्द्र (रामजी भुजेल) को उपचारका लागि त्यतिका रकम ंसंकलन भएको जेठ २५ गते जानकारी दिइएको हो ।
रामजी भुजेलको चितवन स्थित मेडिकल कलेज र काठमाडौ स्थित बि.एन्ड.बि.हस्पिटलमा उपचारको क्रममा दुवै मृर्गौलाले काम नगरेको पत्ता लागेको हो । त्यो उपचार गर्ने क्रममा अहिले बेसीशहर स्थित प्रदेश अस्पताल लमजुङमा हप्ताको दुई पटक आइतवार र बुधबार डायलसिस गर्दै आउनु भएको छ । ऐले उहाँको शरीरमा मृगौला प्रत्यारोपणका लागि उहाँको बुवा शेरबहादुर भुजेलको मृगौला दिन हुने चिकित्सको सल्लाह अनुसार त्यसको तयारी चलिरहेको छ । अबको केही दिनमा भुजेलमा मृगौला प्रत्यारोपण हुनेछ ।
पीडित रामजीको घरको आर्थिक अवस्था कमजोर भएको हुँदा सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ उनको उपचारका लागि आर्थिक सकलनको सो अभियान थालिएको सत्यवादी हरिश्चन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार दोर्दी गाउँपालिका– १ भारतेका युवाहरूको पहलमा फेसबुक ग्रुप बनाएर सहयोग रकम उठाउने अभियान थालिएको हो । सो क्रम जारी रहेको छ र हालसम्म १५ लाखभन्दा माथि रकम उठेको छ । उहाले भन्नुभयो, ‘देशविदेशमा रहनुभएका बुबाआमा दाजुभाइ दिदीबहिनी साथै बिरामी हरिश्चन्द्रका स्कुल पढ्दा ताकाका साथीहरू कलेज पढ्दाका साथीहरू शुभचिन्तकहरू आदिबाट रकम उठिरहेको छ ।’ सो रकम विरामीको आफ््नौ र विरामीकी श्रीमती अनिता भुजेलको नाउँमा खोलिएको बैंक खातामा संकलन गरिएको अधिकारीले जानकारी दिनु भएको छ ।
भुजेल बेसीशहर स्थित Earthly Paradise Boarding school का शिक्षक पनि हुन् । उनी अस्वस्थ भएपछि जागिर छोड्न बाध्यका छन् ।
स्मरणीय छ, भुजेल गत वर्ष चितवनबाट लमजुङ आउने क्रममा बाइक दुर्घटनामा परेर ठूलो कालले बाँचेका व्यक्ति समेत हुनुहुन्छ । त्यसबेला पनि उहाँको शरीरका विभिन्न ठाउँमा ठूलो घाउचोट लागेको र खुट्टा समेत भाँचिएको थियो । उनै भुजेललाई फेरि यसपटक ठूलो बज्रपात परेको छ ।
प्रकाशित मिति २०८२ जेष्ठ २५, आईतवार २०:२९ गते