फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ३१ गते शनिवार ११:१०

भाटबेसी(लमजुङ)– ढिलो गरी प्राप्त समाचार अनुसार मध्यनेपाल नगरपलिका– ७, भाटबेसी गाँउ स्थित परमात्मा फर्निचरमा आगलागी जेठ १९ गते भएको हो । सो आगलागी बेलुका करिब २.४५ बजे भएको प्रत्यक्ष दर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय भोर्लेटारबाट...

भाटबेसी(लमजुङ)– ढिलो गरी प्राप्त समाचार अनुसार मध्यनेपाल नगरपलिका– ७, भाटबेसी गाँउ स्थित परमात्मा फर्निचरमा आगलागी जेठ १९ गते भएको हो । सो आगलागी बेलुका करिब २.४५ बजे भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्राप्त भएको आगलागीबाट भएको क्षति विवरण अनुसार राउटर मेशिन दुई सेट, तयारी अवस्थामा रहेको डाइनिङ् टेवल चार सेट, दराज दुई थान, प्लाई २० थान, ड्रिल मेशिन दुई थान, प्लान्जर तीन थान, सर्कुलर मेशिन तथा खराट मेशिन एक एक थान, हाते आरो चार थान , बेल्ट पाँच थान, मोबिल चार लिटर नष्ट भएको छ । यसैगरी अन्य चिरेको नचिरेको काठको फ्याल्क, थाम लगायत फर्निचर जेलेर नष्ट भइ पूर्ण रूपमा क्षति भएको विवरणमा उल्लेख छ ।
सो फर्निचर उद्योगका प्रोपाइटर टिकाराम वि.कका अनुसार उक्त आगलागीमा करिब १६ लाख रूपैंयाको क्षति भएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ३१, शनिबार ११:१० गते
हजुरको प्रतिक्रिया