राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा बसीशहरमा वृक्षारोपण : फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा बसीशहरमा वृक्षारोपण : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ७ गते शनिवार १०:५६

बेसीशहर नगरपलिका– २ को जोगीथुम्का स्थित मन्दिर परिसरमा वृक्षारोपण गरिएको रास्वपाले जनाएको छ । उक्त कार्यक्रमको रास्वपा गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले उद्घाटन गर्नु भएको हो ।

मन्दिर परिसरमा विभिन्न जातका ६२ विरूवा रोपिएको छ ।

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो स्थापना दिवस २०८२ को पावन अवसरमा वृक्षारोपण गरिएको छ । रास्वपा जिल्ला समितिको आयोजना तथा बेसीशहर नगर समितिको व्यवस्थापनमा उक्त कार्य असार ७ गते बिहान गरिएको हो ।

बेसीशहर नगरपलिका– २ को कोकले डाँडा स्थित शिव मन्दिर परिसरमा वृक्षारोपण गरिएको रास्वपाले जनाएको छ । उक्त कार्यक्रमको रास्वपा गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले उद्घाटन गर्नु भएको हो । उक्त कार्यक्रममा सो दलका रास्वपाका प्रदेश समिति सदस्य तैमाया गुरूङ, जिल्ला उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषद्का जिल्ला संयोजक नवराज पहाडी, गण्डकी प्रदेशको उद्योग वाणिज्य विभागका सदस्य ध्रुव ढकाल, रास्वपा जिल्ला सदस्य सोबिता अधिकारी बराल, बसीशहर नगर समिति– ९ का अध्यक्ष भागवतसिंह अर्याल, बेसीशहर नगरपलिका– ८ का सभापति राजकुमार घिमिरे, सोही वडाका सचिव विष्णु घिमिरे, वडा नं. २ का सभापति सुर्य पराजुली लगायत उपस्थित हुनुहुन्थ्यो । उक्त मन्दिर परिसरमा विभिन्न जातका ६२ विरूवा रोपिएको बताइएको छ । उक्त कार्यक्रमको फोटो फिचर :

 

 

प्रकाशित मिति २०८२ असार ७, शनिबार १०:५६ गते
हजुरको प्रतिक्रिया