काठमाडौँ । गीतकार ममिला पौडेल 'आस्था' को 'लाखौँ चोट.....' बोलको गीतको म्युजिक भिडियो असार ९ गते स्वयम् गीतकार 'आस्था'को जन्मदिनको अवसर पारेर काठमाडौँमा लोकार्पण गरियो ।
लमजुङको मध्यनेपालकी गीतकार आस्था करिब ३ दशकदेखि साहित्य साधनामा...
काठमाडौँ । गीतकार ममिला पौडेल ‘आस्था’ को ‘लाखौँ चोट…..’ बोलको गीतको म्युजिक भिडियो असार ९ गते स्वयम् गीतकार ‘आस्था’को जन्मदिनको अवसर पारेर काठमाडौँमा लोकार्पण गरियो ।
लमजुङको मध्यनेपालकी गीतकार आस्था करिब ३ दशकदेखि साहित्य साधनामा क्रियाशील छिन् । उनी गजल, मुक्तक, कवितालगायतका विधामा कलम चलाउँछिन् । ‘लाखौँ चोट’ उनको पहिलो रेकर्डेड गीत हो ।
कार्यक्रमको प्रमुख अतिथि गीतकार तथा चर्चित मुक्तककार रमेश पौडेल थिए । त्यसरी नै कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ विशिष्ट अतिथि थिए भने अन्य आगन्तुक पाहुनाहरू थिए- सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण लामा ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले ममिलाका शब्द, यसले अभिव्यक्त गर्ने भाव र भिडियोबिच सुरम्य तालमेल मिलेको बताउँदै शिवराज गौतमले यो म्युजिक भिडियोमा निकै न्याय गरेको भनी हौस्याए । आफूले अनेकन् गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । ममिलाको बाटो अत्यन्त कठिन तर उज्ज्वल रहेको पनि पौडेलको स्पष्टोक्ति थियो । त्यसरी नै विशिष्ट अतिथि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य र गीत, सङ्गीतका निम्ति पनि अत्यन्त ऊर्वर रहेको जिकिर गरे ।
उनले ममिलालाई थप मेहनत गर्न पनि अभिप्रेरित गरे । भिडियो निर्देशक शिवराज गौतमले भावुक हुँदै यो म्युजिक भिडियो तयार गर्दाका अनुभूति साझा गरे । उनले यो गीत कालजयी बन्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बागमती टिभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, उपन्यासकार अञ्जना पौडेल लगायतले ममिलाको जन्मदिनको उपलक्ष्यमा विशेष शुभकामना दिँदै उनको उत्तरोत्तर प्रगति, समृद्धि तथा लेखन क्षेत्रमा पूर्ण सफलताको कामना गरे ।
गजलकार विपिन मर्मले सहजीकरण गरेको सो कार्यक्रममा उपस्थित तमाम आगन्तुकहरूलाई माइन्ड प्लसका प्रमुख नवीन पल्लवले स्वागत गरेका थिए । सारिका घिमिरे र शिवराज गौतमको स्वर रहेको उक्त गीतमा मोडलिङ रोजन सुन्दास, सुरज सुर्खेतीलगायतले गरेका छन् । शिवराज गौतमले म्युजिक भिडियोको निर्देशन गरेका छन् भने कथा तयार पारेका छन् ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..