प्रतियोगितामा ३२ वर्ष माथिका उमेर समूहकालाई भाग लिने मौका दिइएको थियो भने सो म्याचको पुरुषतर्फ ४० वर्ष माथिकालाई खेलाइएको थियो, महिलाको हकमा उमेर हद नतोकिएको आयोजकको भनाइ छ ।
उक्त प्रतियोगितामा पहिलो हुने लमजुङ भेट्रान्सले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
भोटेओडार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ९ को बगैंचा स्थित खेल मैदानमा जारी प्रथम भोटेओडार भेट्रान्स कप २०८२ को उपाधी बेसीशहर भेट्रान्सले हात पारेको छ । यहाँको बगैंचा स्थित खेल मैदानमा भएको फाइनल खेलमा बेसीशहर भेटरान टिम असार ११ गते विजयी भएको हो ।
प्रतियोगितामा ३२ वर्ष माथिको उमेर समूहकालाई भाग लिने अवसर दिइएको थियो । प्रतियोगिताको फाइनल खेल बेसीशहर भेट्रान्स र राइनास– ११ टिमका वीच भएको हो । तिब्र प्रतिस्पर्धामा बेसीशहर भेट्रान्स विजयी भएको हो । बेसीशहरले ३– १ गोल गर्दै राइनास– ११ लाई हराएको हो । उक्त प्रतियोगितामा पहिलो हुने लमजुङ भेट्रान्सले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल कप र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने राइनास भेटरान– ११ ले ३३ हजार ३३३ रुपैयाँ मेडल कप प्रमाणपत्र पाएको छ ।
यसैगरी, सो खेलमा उत्कृष्ट खेलाडी केशर बरामलाई २ हजार २२२ रुपैयाँ मेडल कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मानकाजी मानकृष्ण अचार्यले बताउनु भयो । उहाँका अनुसार समापनका अवसरमा ४० वर्ष माथिको उमेर समूहका भेटरानबीच सो म्याच गरिएको थियो । त्यसमा पनि आयोजकको भेटरान टिमलाई बेसीशहर भेटरान टिमले जितेको थियो । सो खेल १– ० गोलले जीत हार भएको थियो ।
त्यस्तै सोही अवसरमा खेलाइएको महिला सो म्याचमा भोटेओडार भेटरान निलो र रातोका बिच भएको थियो । महिलाको टिमको खेलमा खेल अवधिका कुनै पक्षबाट पनि गोल हुन सकेन । पेनाल्टी सुट आउटमा ३– २ गोल अन्तरले जीत हार भएको थियो ।
सो म्याचमा जित्ने दुवै टिमलाई २७ सय रुपैयाँ बराबरका एक एक कुखुराका भाले पुरस्कार स्वरुप प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष अचार्यले बताउनु भयो ।
को अध्यक्षतामा भएको समापन कार्यक्रममा इलाका प्रहरी कार्यालय भोटेओडारका इन्चार्ज मनोज पाण्डे, नमुना एचडिसिएस अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, वडा सदस्य मधुमाया भट्टराई, हातेमालो आमा समुहका अध्यक्ष मनु पन्त, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व वडा अध्यक्ष कृष्णकान्त अधिकारी, वरिष्ठ साहित्यकार धु्रबबहादुर कुँवर लगायतको आतिथ्यता रहेको थियो ।
भोटेओडार भेट्रान्स आयोजक समितिका सचिव नरेन्द्र थापाले उक्त समापन कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । सो अवसरमा स्थानीय महिलाहरूले विभिन्न नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरञ्नातमक बनाएका थिए ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..