लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा रास्वपा सभापति रवि लामिछाने उपर सरकारले गरेको राजनीतिक प्रतिशोधका विरुद्धमा जनताको हस्ताक्षर अभियान लमजुङमा औपचारिक रुपमा सुरु भएको छ । बेसीशहर नगरपालिका– ८ को सेरा चोकबाट सो अभियान असार १४ गते विहान ७ः२५ बजेबाट सुरु भएको हो ।
‘रास्वपाको आह्वान– विकृति र विसगतिको अवसान’, ‘हस्ताक्षर न्यायका लागि, ऐक्यवता रविका लागि’, ‘जागौं जनता, उठाऔं देश, विकृति मुक्त नयाँ परिवेश’ नाराका साथ थालिएको सो अभियानमा रास्वपाको बेसीशहर नगर समितिको अगुवाईमा सुरु भएको हो । उक्त अभियानमा नगर सभापति कृष्ण राउत, प्रदेश सचिवलय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, जिल्ला उपाध्यक्ष उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्का, उद्योग वाणिज्य विभागका प्रदेश सदस्य ध्रुव ढकाल, जिल्ला र्याट विभागका उपप्रमुख बेलबहादुर घिमिरे, नगर उपसभापति हरिकृष्ण बुढाथोकी लगायतको सहभागिता रहेको छ । यो समाचार तयार गर्दासम्म करिब दुई सय हस्ताक्षर संकलन भएको रास्वपा बेसीशहर नगर समितिका नगर सभापति कृष्ण राउतले बताउनु भयो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८२ असार १४, शनिबार १०:४६ गते