
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ७ लाई पूर्ण संस्थागत सुत्केरीयुक्त वडा घोषणा गरिएको छ । अस्पतालको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि सुन्दर बजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले असार १६ गते सो घोषणा गर्नु भएको हो ।
सो घोषणा गर्दै मेयर कृष्णप्रसाद कोइरालाले अस्पतालमा गरिने प्रस्तुति सेवाले आमाको जीवनरक्षा र शिशुको स्वास्थ्य राम्रो हुने बताउनु भयो । सो अवसरमा आगमी दिनमा पनि यस्तो कार्यक्रमलाई निरंतरता दिन प्रतिबद्ध व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर कोइरालाका साथै उपस्थित सबैले प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गर्नु भएको थियोे ।
सो अवसरमा ‘पूर्ण संस्थागत सुत्केरी युक्त वडा घोषणा कार्यक्रममा बिशेष अतिथी सुन्दर बजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले सबै सुत्केरी संस्थागत हुने वातावरण निर्माण भएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन आफूहरू लागि पर्ने बताउनु भयो ।
सुन्दरबजार अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थागत सुत्केरीलाई प्रभावकारी बनाउन जनचेतनाको आवश्यक रहेको उल्लेख गर्नु भयो । सो कार्यक्रममा सुन्दरबजार नगरपाकिलाको स्वास्थ शाखाका प्रमुख प्रमेस्वर पिया, नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ लगायतले समेत आ–आफ्नो धारणा सहित शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सुत्केरी महिलाहरूलाई घ्यु एक माना, अण्डा एक क्रेट, टुथ पेस्ट, टुथ ब्रस, चना, नुहाउने साबुन, नङ कट, लुगा धुने साबुन, गहुसा लगायतका सामग्रीहरू १३ जना सुत्केरीहरूलाई हस्तान्तरण गरिएको अस्पतालका सिनियर अनमी सपना परियारले जानकारी दिनुभयो । सो अवसरमा आगमी दिनमा पनि यस्तो कार्यक्रमलाई निरंतरता दिन प्रतिबद्ध व्यक्त गर्दै उपस्थित सबैले हस्ताक्षर गर्नु भएको थियोे ।
स्वागत मन्तव्य अनमी कल्पना अधिकारीले राख्नु भएको सो कार्यक्रममा अस्पतालका प्रशासन सहायक धनकुमारी दुराले सञ्चालन गर्नु भएको थियो भने अस्पतालका सिनियर अनमी सपना परियारले कार्यक्रमको विविध पक्षमा प्रकाश गर्नु भएको थियोे ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रशान्त मिश्र, मेडिकल अफिसर डाक्टर शिशिर बिक, वडा सदस्य सबिना सापकोटा र बुद्धिकला बिक, विभिन्न टोल सुधार समितिका अध्यक्षहरू, महिला स्वास्थ स्वयंसेविकाहरू अस्पताल र स्वास्थ शाखाका कर्मचारी एवम् सुत्केरी महिलाहरूको बाक्लो उपस्थिति थियो ।
प्रकाशित मिति २०८२ असार १७, मंगलवार १५:४१ गते