हस्ताक्षर संकलन अभियान : यसको विश्व इतिहास र उपलब्धि

हस्ताक्षर संकलन अभियान : यसको विश्व इतिहास र उपलब्धि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २७ गते शुक्रबार ०६:५२

दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाका समर्थकहरूले रंगभेदी अपार्थेड शासन अन्त्य गर्न र मण्डेलाको रिहाईका लागि लाखौँ हस्ताक्षर सङ्कलन गरी अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिएको थियो । त्यस अभियानले अन्ततः मण्डेलाको रिहाइ र लोकतान्त्रिक निर्वाचनमार्फत नयाँ युगको शुरुवात गरेको थियो ।

सही नेतृत्व र उद्देश्य भएमा हस्ताक्षर अभियानको प्रभाव इतिहासमा गहिरो हुने देखिन्छ । हस्ताक्षर अभियानबाट राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र दुरगामी इतिहासको रचना गर्ने लक्षण देखिएको छ ।

लमजुङ– यतिबेला पूर्वउप्रधान एवम् गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्धमा राज्य सुनियोजित तरिकाले प्रतिशोध साध्न लागि गरेको छ । विभिन्न घट्नाक्रमले त्यस्तो पुष्टि गरिआएको छ ।
सहकारी महासंघका अनुसार देशभर करिब ३२ हजार सहकारी संस्था दर्ता भएकामा पछिल्लो समय पाँच सय सहकारी समस्यामा परेका छन् । समस्याग्रस्त तिनै सहकारीको छानविन गर्न संसदले सूर्य थापाको नेतृत्वमा समिति गठन गरेको हो । त्यो समितिले पनि रवि दोषि भएको प्रष्ट किटान गर्न सकेको छैन । निम्न आधारमा रवि दोषि नभएको निर्क्योल गर्न सकिन्छ :
पहिलो– रवि लामिछाने कुनै पनि सहकारी संस्थाको सेयर धनी वा सञ्चालक रहेको पुष्टि हुन सकेको छैन । सञ्चालक र सेयर धनी नभएको व्यक्तिले सहकारी संस्थाको रकम सुघ्न पनि साउँदैनन् भने रवि सहकारी काण्डमा कसरी दोषि हुन सक्नु हुन्छ ?
दोस्रो– सांसद सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पेज लामो प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको छ । सो समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको भनिएको थियो छ ।
संघ मातहत रहेका एक सय २५ मध्ये समस्याग्रस्त सूचीमा परेका १२ सहकारीको हकमा भने यो कार्यदलले काम गरेको छैन । समस्याग्रस्त १२ सहकारीमा १० हजारभन्दा बढी सदस्यको १८ अर्बभन्दा बढी रकम डुबेको छ ।
पाँच वटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रकम आएको खुलेको सो समितिको दावी छ । समितिले अपचलन भएको ठहर गरेको ८७ अर्बमध्ये रविलाई झोस्न खोजिएको रकम ६५ करोड भन्ने खुल्न आएको छ । त्यस बाहेकको सहकारीको अपचलन भएको रकम ८६ अर्ब ३५ करोड रुपैयाँ कहाँ छ ? र त्यो उठाउनेतर्फ सरकार किन कानमा तेल हालिरहेको छ ? र ती ठगी काण्डका मतियारहरूले किन छुट पाइरहेका छन् ? यसबाट पनि सभापति रविका विरुद्ध सरकार राजनीतिक प्रतिशोध साँध्न लागि परेको भन्ने बुझिन्छ ।
तेस्रो– अन्य सहकारीहरूबाट डुबेको रकम ८६ अर्ब ३५ करोड रुपैयाँ उठाउनेतर्फ सरकारले चासो नराख्नुले रास्वपा सभापति रविउपर राज्य प्रतिशोध साध्न लागि परेको प्रष्ट हुन्छ ।
चौथो– सरकारीमा डोविएका अन्य नेताहरू खासै पक्राउ नपर्नु र पक्रेकाहरूलाई पनि एकै दिन बयान र थुनछेक बहस समेत सकेर धरौटी तोक्नु र रिहाको अवसर दिनु रविको हकमा त्यस्तो नियम आकर्षित नहुनु प्रतिशोधको थप अर्थात अर्को प्रमाण हो ।
पाँचौं– सरकारीकै अपचलन अभियोगमा रविलाई चार तिर डुलाई र करोडभन्दा पनि बढी धरौटी लिएर पनि पुर्पक्षमै बस्नु पर्ने तर अन्य रवि सरहका व्यक्तिले यसबारेमा छुट पाउनुबाट रवि उपर प्रतिशोध नै साँधिएको हो भन्ने बुझिन आएको छ ।
छैटौं– रास्वपाका सभापति रवि संलग्न रहेको भनिएको सहकारीहरूका महानायक जिवि राईलाई उन्मुक्ति दिन सरकार आफै लागि परेको त छैन ? भन्ने देखिन आएको छ किनकि, उनलाई पक्रनेतर्फ सरकारी कदम मौन देखिन्छ । यस घट्नाबाट रवि उपर प्रतिशोध नै साँधिएको हो भन्ने बुझिन आएको छ ।
सातौं– रविप्रति राज्यद्वारा साँधिएको प्रतिशोधका विरुद्धमा ऐले सत्ताको नेतृत्वकर्ता पार्टी पंत्तिले कोको होलो हालेको सुनिदैछ । यसबाट उनीहरू थप तर्सिएको र बर्बराइरहेको बुझ्न कठिन हुँदैन ।
हस्ताक्षर अभियानले नागरिक चेतना अभिव्यक्त गर्ने शान्तिपूर्ण तर प्रभावशाली माध्यमको रूपमा विश्वभर परिचय बनाएको छ । विश्वमा सामाजिक, राजनीतिक, मानव अधिकार, वातावरणीय तथा नागरिक आन्दोलनको सशक्त माध्यमका रूपमा हस्ताक्षर अभियान (Petition Campaign) प्रयोग हुँदै आएको छ । यस प्रकारको अभियानको इतिहास करिब १३औँ शताब्दीदेखि सुरु भएको पाइन्छ ।
विभिन्न देशमा चलाइएका यस्ता अभियानहरूले ऐतिहासिक परिवर्तन सम्भव बनाएका उदाहरण प्रशस्त छन् । यस्ता अभियानको मुख्य उद्देश्य जनताको धारणा वा समर्थनलाई लेख्य प्रमाणको रूपमा प्रस्तुत गर्नु हो । हस्ताक्षर अभियानले सत्तामा बसेकालाई जनआवाज सुनाउन बाध्य बनाउने माध्यम समेत हो ।
हस्ताक्षर अभियान लोकतन्त्रमा जनआवाजलाई सुनुवाइ गराउने एक शान्तिपूर्ण, कानुनी र जनउत्तरदायी माध्यमको रूपमा महत्वपूर्ण छ । यस्तो अभियानले नीतिगत परिवर्तन ल्याउने, संसदसम्म जनआवाज पुर्याउने र दवाब सृजना गर्ने प्रभावकारी माध्यमका रूपमा सफलता पाएको छ ।
पाठक वर्गलाई विवितै भएर पनि हस्ताक्षर अभियानको ‘विश्व इतिहास र उपलब्धि’का बारेमा यहाँ जानकारी दिन प्रयास गरिएको छ ।
हस्ताक्षर अभियानको इतिहास र उपलब्धि :
१) जब बेलायतमा म्याग्ना कार्टा (Magna Carta) मार्फत जनताको आवाजलाई कानुनी स्वरूप दिन हस्ताक्षर अभियानको थालनी गरिएको थियो । आधुनिक अर्थमा हस्ताक्षर अभियानको प्रचलन १८औँ शताब्दीतिर झन व्यापक हुँदै गयो, विशेष गरी अमेरिका र युरोपमा स्वतन्त्रता, दास प्रथा उन्मूलन, महिला मताधिकारजस्ता मुद्दामा उपलब्धि भएको देखिन्छ ।
२) सन् १९६० को दशकमा अमेरिकी नागरिक अधिकार आन्दोलनको क्रममा हजारौं हस्ताक्षर संकलन गरिँदा नीति निर्मातालाई कानुन संशोधन गर्न दबाव परेको थियो । अमेरिकामै मार्टिन लुथर किग जुनियरको नेतृत्वमा गरिएको याचिकाहरूका पक्षमा हस्ताक्षर अभियानले अमेरिकी सरकारलाई नागरिक अधिकार ऐन र मताधिकार ऐन निर्माण गर्न महत्वपूर्ण भूमिका (दबाबपूर्ण खेल) खेलेको थियो ।
३) छिमेकी मित्रराष्ट्र भारतमा अंग्रेज(बिटिश) शासनको दबदवा चलिरहेको बेलामा त्यसको विरुद्धमा अभियान छेडिरहेका नेतृत्वकर्ता महात्मा गान्धीले अंग्रेजी शासकहरूका विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । सुरुमा नुन करका विरुद्ध थालिएको हस्ताक्षर अभियानले पछिका दिनमा भारतको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निभएको आंकलन गरिएको थियो ।
४) दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाका समर्थकहरूले रंगभेदी अपार्थेड शासन अन्त्य गर्न र मण्डेलाको रिहाईका लागि लाखौँ हस्ताक्षर सङ्कलन गरी अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिएको थियो । त्यस अभियानले अन्ततः मण्डेलाको रिहाइ र लोकतान्त्रिक निर्वाचनमार्फत नयाँ युगको शुरुवात गरेको थियो ।
५) अमेरिकामा March for Our Live अभियान अन्तर्गत हतियार नियन्त्रणका लागि हजारौँ विद्यार्थीहरूले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यसले केही राज्यहरूमा बन्दुकसम्बन्धी कानुनी सुधार ल्याउने दिशामा नीति निर्माताहरूलाई सोच्न बाध्य तुल्याएको थियो ।
६) भारतमा अण्णा हजारेको नेतृत्वमा सन् २०११ मा भ्रष्टाचारविरुद्ध जन लोकपाल विधेयकका लागि चलाइएको हस्ताक्षर अभियान अत्यन्त प्रभावशाली रह्यो । करोडौँ भारतीयको हस्ताक्षर समर्थनले तत्कालीन सरकारलाई विधेयकको मस्यौदामा बहस गर्न बाध्य बनाएको थियो ।
७) कोभिड कालमा खोपको पहुँचका लागि, युक्रेन र रुस युद्धको अन्त्यका लागि, फ्रि प्यालेष्टिाइनका लागि पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो र सकारात्मक परिणाम हात लागेको जानकारहरू बताउँछन् ।
८) अमेरिकामै ब्लाक लिभ्ज भ्याटरको अभियान सञ्चालन गरी प्रहरी हत्याका विरुद्धमा संकलन भएको दुई करोड हस्ताक्षर संकलन भएको रेडर्क छ ।
९) अमेरिकामै क्इएब्रएक्ष्एब् विरुद्ध झण्डै ७० लाख हस्ताक्षर संकलन भएको भएको रेकर्डमा उल्लेख छ ।
१०) त्यस्तै, भारतमा निर्भया बलात्कार काण्डमा फाँसी र कानुनी सुधारको मागका साथ सञ्चालन गरिएको हस्ताक्षर अभियानले पनि सार्थकता पाएको मानिन्छ ।
११) नेपालमै पनि बालविवाह रोक्न, शिक्षामा लैंगिक समानता ल्याउन र संविधान निर्माणका क्रममा समावेशी अधिकार सुनिश्चित गर्न विभिन्न गैरसरकारी संस्था र नागरिक समाजले हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यसले संविधानमा केही मौलिक अधिकार सुनिश्चित गराउन सहयोग पुगेको थियो ।
हाल डिजिटल प्रविधिको विकाससँगै अनलाइन हस्ताक्षर अभियान (जस्तै Change.org) पनि लोकप्रिय बनेका छन् । थोरै समयमा लाखौँको समर्थन जुट्न सक्ने भएकाले यसले धेरै मुद्दामा तत्काल ध्यानाकर्षण गराएको छ। उदाहरणका लागि, जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी अभियानहरू, महिला हिंसाविरोधी मागहरू, राजनीतिक बन्दीहरूको रिहाइका लागि आवाज उठाउने काममा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
यस प्रकार, हस्ताक्षर अभियान केवल मत मात्र होइन, आवाज र परिवर्तनको सशक्त माध्यम बनिरहेको छ । सही नेतृत्व र उद्देश्य भएको खण्डमा हस्ताक्षर अभियानको प्रभाव इतिहासमा गहिरो छाप छोड्ने देखिन्छ । हस्ताक्षर अभियानबाट राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र दुरगामी इतिहासको रचना गर्ने लक्षण देखिएको छ ।
विपि काँग्रेसका जिल्ला अध्यक्षद्वारा हस्ताक्षर :
केन्द्रमा जस्तै लमजुङमा विपि काँग्रेसका जिल्ला अध्यक्ष तेजनारायण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा हस्ताक्षर गर्नु भएको छ । अधिकारीले रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीको निवासमा गएर दस्तखत गर्नु भएको जानकारीमा आएको छ ।
अधिकारीले रविउपर अन्याय भयो भनेर हामीले धेरै अघिदेखि भन्दै आएका हौं । ऐले रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियान हाम्रो पार्टीका केन्द्रीय नेताहरूले कार्यक्रममा गएर रविका पक्षमा भाषणनै गर्नु भएको छ भने हामीहरूले दस्तखत गर्न अप्ठेरो मान्नु पर्ने वा लुकेर गर्नु पर्ने आवश्यक छैन ।
स्मरणीय छ, यसअघि जनता समाजवादीको नेता एवम् केन्द्रीय सदस्य खेमजङ गुरुङले पनि सो अभियानमा ऐक्यवद्धता व्यक्त गर्दै हस्ताक्षर अभियानमा दस्तखत गर्नु भएको थियो । नेता गुरुङले पनि रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीसँग भेटगरी दस्तखत गर्नु भएको हो ।

प्रकाशित मिति २०८२ असार २७, शुक्रबार १८:५२ गते
हजुरको प्रतिक्रिया