भानु ज्यूँदै छन्  ! : लक्ष्मीप्रसाद मिश्र

भानु ज्यूँदै छन्  ! : लक्ष्मीप्रसाद मिश्र

लक्ष्मीप्रसाद मिश्र

@antaranganews

२०८२ असार २९ गते आईतबार ११:५४

ती गरिब घाँसीको, कुवा खन्ने कुरा ।
बटुवाको  पियास नि ! गर्ने भए पूरा ।
घाँसीको कुराले त, प्रेरणानै जाग्यो ।
सरस्वती दिलले त, कवित्व नै माग्यो ।

भानुभक्त जयन्तिको, छ शुभकामना !

उपस्थिति कवि  जन, गर्दछु नमन ।
भानुभक्त जयन्तिको, छ शुभकामना !
अठारको एकहत्तर, उनन्तिस् असारमा ।
पैलो पाउ टेके उन्ले, तनहुँ जिल्लामा ।
भानुभक्त  अरुनी, आउ ।
साहित्य लाई झन्माथी लैजाउ ।
धनजय  पिता  उन्का, माता  धर्मवती ।
श्रीकृष्ण आचार्यका, उनी प्यारा नाति ।
माघ शुक्ल पञ्चमिमा, अक्षराम्स सुरु ।
आफ्नै बाजे बनेकाथे, पहिलो नै गुरु ।
श्रीकृष्णले, नातिलाई, पढाए ।
साहित्यमा, झन् अगि, बढाए ।
दस बर्ष उमेरमा, बिबाह नि गरे ।
चन्द्र कान्तादेवी कन्य, खाली, शिर भरे ।
बिबा हुने बित्तिकैमा, केही दिन्मै, गइन् ।
आचार्य बन्धुमा नै, पितृ, देव भइन् ।
चुँदी रम्घा, शोकमा, डुबेको ।
यस्तै रै’छ, तग्दिरमा, लेखेको ।
मेला, पात, जादा पनि, कवितामै बोल्थे ।
खेतालाले राम्रो मान्दै, धेरै कुरा सोध्थे ।
मानहुँको डाँडा गाउँ, मामा घर जान्थे ।
फर्किएर आउँदा त, घाँसी कुवा बस्थे ।
घाँसीसँग, कुरामा, रमा’का ।
कुवा खन्ने, योजना, सुना’का ।
ती गरिब घाँसीको, कुवा खन्ने कुरा ।
बटुवाको  पियास नि ! गर्ने भए पूरा ।
घाँसीको कुराले त, प्रेरणानै जाग्यो ।
सरस्वती दिलले त, कवित्व नै माग्यो ।
नाम् कमाउने, प्रेरणा जागेको ।
तनहुँले त, भानुलाई, मागेको ।
मोतिराम भट्टले नि ¤ पाण्डुलिपी खोजे ।
उन्का कृति छपाउने, काम उन्ले रोजे ।
उन्नाईस पचीसको, असोज छ गते ।
अस्ताएर ग’का उनी, सतिघाट सत्ते ।
गयौ भानु, सन्सार, छाडेर ।
कैल्यै, पनि, नमर्ने  गरेर !
छन्द : सवाइ र मारुनी । 
पाउँदी, लमजुङ ।
प्रकाशित मिति २०८२ असार २९, आईतवार ११:५४ गते
हजुरको प्रतिक्रिया