अलैँचेडाँडा देवी मन्दिर पुनःनिर्माणका लागि प्राप्त आधा बजेट फ्रिज

अलैँचेडाँडा देवी मन्दिर पुनःनिर्माणका लागि प्राप्त आधा बजेट फ्रिज

प्रमिला रेग्मी

@antaranganews

२०८२ साउन ३ गते शनिवार ०८:४१

सधैं रातको समयमा कुनै वस्तु विशेषले आएर खाने गर्दो रहेछ । त्यो चाल पाएका त्यस ठाँउमा बस्ने सन्यसीलाई रीस उठेर राती तरबार लिई चियो बस्दा तलबाट देवी गंगा स्नान गरी सेतो घोडामा चडेर आई त्यहाँ राखेको गाग्रीको पानी खान लाग्दा त्यस सन्यासीले तरबारले हान्दा घोडाको खुट्टा काटिएछ ।

मन्दिर निर्माणको काम लगभग सकिएको तर टायल र गजुर लगाउन बाँकी रहेको अवस्थामा ठेकेदारले काम अलपत्र पारेको हुँदा यो स्थिति उत्पन्न भएको हो ।

अलैँचेडाँडा(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– २ अलैँचेडाँडा स्थित देवी मन्दिरको बृहत गुरु योजना सहित विविध संरचना निर्माण कार्य भइरहेको छ । तर सो संरचना निर्माणका लागि गत आव २०८१÷८२ मा उपलब्ध भएको एक करोड बजेटमा आधा फ्रिज भएको छ ।
धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले यस मन्दिरको भवन निर्माण सहित आकर्षक सिढी, पोखरी, पाटी, पार्क निर्माणको गुरुयोजना बनाइएको छ । सो प्रयोजनका लागि संघीय सरकारको योजनामार्फत गत आवमा एक करोड वजेट विनियोजन भएको अलैँचेडाँडा देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव लामिछानेले बताउनु भयो । उहाँका अनुसार संघीय सांसद उर्मिला माझीको पहलमा आएको बजेट समयमा काम नगरिदिएको कारणले ५० लाख रकम फ्रिज हुन गयो । उहाँले भन्नुभयो, ‘उक्त निर्माण कार्यका लागि टेण्डर मार्फत ठेकेदारलाई काम गर्न दिइएको तर समयमा काम नसकेको हुँदा रकम फ्रिज हुन गएको हो ।’
हाल उक्त मन्दिरमा कम्पाउण्ड वाल निर्माण गरिएको छ, आकर्षक टायलको सिँढी निर्माण गरिनुका साथै चौतारा अगाडि पोखरी निर्माणको काम समेत पुरा भएको लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मन्दिर निर्माणको काम लगभग सकिएको तर टायल र गजुर लगाउन बाँकी रहेको अवस्थामा ठेकेदारले काम अलपत्र पारेको हुँदा यो स्थिति उत्पन्न भएको हो ।’
देवीको अनौठो महिमा :
ती देवीको महिमा अचम्मको रहेको छ । सो देवी मन्दिर सुरुमा मुलुकमा प्रजातन्त्रको उदय हुनु अघि नै निर्माण गरिएको भन्ने बुढापाकाको भनाइ छ । किम्बदन्ति अनुसार कुनै एक समयमा चिउरी रुख माथि थामडाँडामा एक घर थियो रे ! त्यो कुरा त्यहाँको अवषेश अथवा माजगरमा ढुङगाको गाह्रो भएको अझै पनि देख्न सकिन्छ । त्यसबाट त्यहाँ मानिसको बसोवास रहेको पुष्टि हुन्छ । त्यो ठाउँमा एक सन्यासी बस्ने रहेछन् । तर त्यस ठाँउमा पानीको निकै अभाव भएको भोगेकै विषय हो । हामीले जान्दा पनि पानी पाउने भनेको चाँपानी, मुलपानी, कहिजले कुवाहरूनै थिए ।
त्यति टाढाबाट ल्याएको पानी सधैं रातको समयमा कुनै वस्तु विशेषले आएर खाने गर्दो रहेछ । त्यो चाल पाएका त्यस ठाँउमा बस्ने सन्यसीलाई रीस उठेर राती तरबार लिई चियो बस्दा तलबाट देवी गंगा स्नान गरी सेतो घोडामा चडेर आई त्यहाँ राखेको गाग्रीको पानी खान लाग्दा त्यस सन्यासीले तरबारले हान्दा घोडाको खुट्टा काटिएछ । र त्यो घोडा रगत चुहाउँदै इलिम पोखरीमा पुगेको पछि त्यो रगतको धारा पछ्याउँदै जाँदा थाहा भएको भन्ने किम्बदन्ती छ । त्यस दिन देवीले सराप दिएको र त्यस ठाँउमा कुनै प्रगति नभएको भन्ने भनाइ समेत हिजोआज पनि पुराना पाका मानिसबाट सुन्न पाइन्छ ।
केही वर्ष अगाडिको कुरा हो साईली स्थानीय सुभद्रा रेग्मी(विसं १९९०– २०७२) को भनाइ अनुसार कन्या चकटी ओडेर घरतर्फ आएको र आफूले तिमी को हौ ? कहाँबाट आयौं भनेर सोध खोज गर्दा ती कन्याले कुनै जवाफ नदिई माथि उकालो लागेर स्वामीको फेद नजिक गई अलप भएको हुनाले उनी देवी हुन् भनेर देवीको स्थान बनाई पुजा आजा थालिएको स्थानीयको भनाइ छ ।
त्यस्तै लक्ष्मीनारायण मा.वि.का पूर्वप्रधानाध्यापक रामप्रसाद पौडेलको भनाइ अनुुसार उहाँले एसएलसी दिएको समय थियो । करीब रातको ११ बजेको हुँदो हो, म बाहिर निस्केर हेर्दा चिउरी रुखबाट लाईट बालेको उज्यालो आयो । मलाई लाग्यो हो न हो साथीहरू पिक्निक खान आईसके छन त्यतिबेलाको पिक्निक भनेको सेलरोटी मात्र खाने चलन थियो । म पनि हतार हतार गरी त्यसै उज्यालो तिर लागे । तर उज्यालो म भन्दा धेरै अगाडि थियो । त्यसलाई पछाउँदै जाँदा स्वामीको रुखमा पुगेपछि बत्ति बाल्न छाड्यो । म त साथी लुकेका होलान भन्ने ठानेर चारैतिर खोजेको थिए तर साथीहरू भेटिएनन् । म घरतर्फ लागेँ । भोलिपल्ट सोद्धा साथीहरू नआएको थाहा भयो र त्यो बत्ति अरु नभएर उनै देवी इलिमबाट यहाँ आएको विश्वास गरियो ।
सो मन्दिर परिसरमा भएको निर्माण कार्यको संघीय सांसद उर्मिला माझी, प्रेस सेन्टर नेपालका निवर्तमान महासचिव सन्तोष पौडेल, सो वडाका अध्यक्ष गणेश खत्री लगायतको टोलीले अनुगमन गर्नुभएको थियो । योजना अनुसार निर्माण सम्पन्न भएपछि सो स्थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८२ श्रावण ३, शनिबार २०:४१ गते
हजुरको प्रतिक्रिया