रास्वपाका सभापति रवि लामिछानेका पक्षमा लमजुङमा थालिएको हस्ताक्षर अभियान जारी

रास्वपाका सभापति रवि लामिछानेका पक्षमा लमजुङमा थालिएको हस्ताक्षर अभियान जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ७ गते बुधबार ०९:३७

बेसीशहर नगर समितिका सभापति कृष्ण राउतको नेतृत्वमा भएको सो अभियान विहान सेराकुनाबाट सुरु गरिएको थियो ।

आज ५९४ जनाको हस्ताक्षर संकलन भएको छ ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका विरुद्धमा सरकारले साधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा लमजुङमा थालिएको हस्ताक्षर अभियान जारी रहेको छ । यहाँ साउन ७ गते गरिएको हस्ताक्षर संकलन अभियानका क्रममा ५९४ हस्ताक्षर संकलन भएको छ ।
रास्वपाको बेसीशहर नगर समितिका सभापति कृष्ण राउतको नेतृत्वमा भएको सो अभियान विहान सेराकुनाबाट सुरु गरिएको थियो । सेराकुनाबाट सेराचोक, फिल्महल चोक, नारायण मन्दिर हुँदै पुनः सेरा चोक आएर हस्ताक्षर संकलन टोली पुस्तकालय चोक हुँदै नारायाण स्थान, भीमसेनस्थान चोक पुगेको थियो ।
दिउँसो उद्योग वाणिज्य संघ चोक, त्रिवेणी टोल, बैंक चोक, हाईस्कूल चोक हुँदै मनाङे चौतारमा पुगेर बिसर्जन भएको थियो ।

रास्वपाको नगर समितिको नेतृत्वमा भएको उक्त हस्ताक्षर संकलन अभियानमा सो दलका जिल्ला सभापति अशोक सापकोटा, उपसभापति एवम् बेसीशहर वडानं– ६ का सभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सहसचिव एवम् संगठन विभागका प्रमुख बाबुराम अधिकारी, जिल्ला सदस्य होमबहादुर राउतको सहभागिता थियो ।
यसैगरी, अन्य सहभागीमा रास्वपाको उद्योग वाणिज्य विभागका प्रदेश सदस्य धु्रव ढकाल, रास्वपाका जिल्ला र्याट विभागका सहसंयोजक वेलबहादुर घिमिरे, रास्वपाका सुन्दरबजार नगरका सभापति विमल अधिकारी, बेसीशहर नगरका सचिव शर्मिला अधिकारी, बेसीशहर नगरका निवर्तमान सदस्य अहलदिन मिया, वडा सभापतिहरू वडानं– ७ का वडा सभापति राजकुमार घिमिरे, वडानं– ८ का वडा सभापति फडिन्द्र रावल, वडानं– ३ का सभापति हरिप्रसाद अधिकारी, वडानं– ६ का सभापति तेजबहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।

उक्त अवसरमा रास्वपाको वडानं– ६ का उपसभापति राजकुमार राउत, वडानं– ७ का सचिव विष्णु घिमिरे, वडानं– ८ का सदस्य विष्णु सुयल आदिको सहभागिता रहेको आजको अभियानको नेतृत्वकर्ता बेसीशहर नगरका सभापति कृष्ण राउतले बताउनु भयो । उहाँका अनुसार आज ५९४ जनाको हस्ताक्षर संकलन भएको छ ।
उहाँको अनुसार भोलि साउन ८ गते विहान १० बजे बेसीशहर नगरपालिका– ७ को सहजी टोलबाट यो अभियान जारी रहने तयारी छ ।
यसैबीच, ६ गते विहान मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा संकलन गरिएको हस्ताक्षरको संख्या ५१ रहेको रास्वपाका नेता तिर्थराज पराजुलीले जानकारी दिनु भएको छ ।
यसैगरी, साउन ५ गते साउनको पहिलो सोमबार मध्यनेपाल नगरपालिका– ७ को ईशानेश्वर मन्दिर परिषरमा भएको हस्ताक्षर संकलन अभियानको करिब तीन घण्टाको अवधिमा १७० जनाले हस्ताक्षर गरेको सो अभियानको नेतृत्वकर्ता मध्यनेपाल नगरपालिका– ७ का अध्यक्ष मणिराम विकले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ७, बुधबार २१:३७ गते
हजुरको प्रतिक्रिया