बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपाकिला– ६ को खरखरे पहिरोको सडकमा अटो दुर्घटनामा परेको छ । सो दुर्घट्नामा चालक सहित छ जना घाइते भएका छन् भने तीमध्ये दुईको अवस्था गम्भिर छ, उनीहरूलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने दुर्घटनामा परेको अटो मर्स्याङदी नदीमा वेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ ।
उक्त अटो ढुंगाको खरखरे भएको कच्ची सकडको उकालोमा पाँच जना यात्रु लिएर खुदीतर्फ जादै गर्दा दुर्घटनामा परेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार पहिरोबाट करिब एक सय मिटर तल मर्स्याङदी नदीमा खसेर दुर्घटना भएको हो । बेसीशहर नगरपालिका– ६ को खरखरे भिरमा बेसीशहर नगरपालिका– ६ को चनौटेबाट मस्र्याङदी गाउँपालिका– ३ को खुदी बजारतर्फ जादै गरेको ग.प्र. ०४००१ ह ०२८५ नंबरको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनु भयो । उहाँका अुनसार सो दुर्घटनामा परेका घाईतेहरूमा गोरखा जिल्लाको आरुघाट गाउँपालिका– १ को मानगाँउ घर भई हाल बेसीशहर नगरपालिका– ६ चनौटे बस्ने ४५ वर्षीय स्यानु माया गुरुङको दाहिने खुट्टा, शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको छ ।
त्यस्तै, नुवाकोट तादी गाउँपालिका– २ घर भई लमजुङको बेसीशहर नगरपालिका– ६ चनौटे बस्ने ४५ वर्षीय सुस्मिता तामाङको शरिरको विभिन्न भागमा चोट अवस्था गम्भिर रहेको छ ।
गम्भिर अवस्थाका तामाङ र गुरुङलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रदेश अस्पताल लमजुङले जनाएको छ ।
अटो चालक लमजुङको मर्स्याङदी गाउँपालिका– ४ ताघ्रिङ बस्ने ३० बर्षीय टोपबहादुर लामाको दाहिने खुट्टामा चोट, अवस्था सामान्य रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार अन्य घाइते सबै गोरखा जिल्लाको आरुघाट गाउँपालिका– १ को मानगाँउ घर भई हाल लमजुङको बेसीशहर नगरपालिका– ६ चनौटे बस्ने रहेका छन । उनीहरूमा ३५ बर्षीय अन्जली गुरुङ, भित्री चोट, अवस्था मध्यम रहेको छ, ४८ बर्षीय धनकुमारी गुरुङको भित्री चोट, अवस्था मध्यम छ रहेको प्रदेश अस्पतालले जनाएकोछ ।
यसैगरी, ४० वर्षीय शिलादेवी गुरुङको भित्री चोट, अवस्था सामान्य छ ।
घाइते अन्य सबैको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
अटो चालक मर्स्याङदी गाउँपालिका– ४, ताघ्रिङ बस्ने ३० वर्षीय टोपबहादुर लामाको अवस्था सामान्य रहेको प्रदेश अस्पताल लमजुङले जनाएको छ । अटो मर्स्याङदी नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तत्काल प्रहरी टोली, स्थानीय तथा अन्य यात्रुहरूको सहयोगमा उक्त अटोमा सवार चालक सहित ६ जनालाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनु भयो । उहाँका अुनसार दुर्घटनामा परेको अटो मर्स्याङदी नदीमा डुबेर वेपत्ता भएकोले फेला पर्न सकेको छैन । उहाँले भन्नुभयो, ‘अटोको खोजतलास कार्य जारी रहेको छ भने अटोका साहुलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ ।’
दुर्घटनामा परेको अटोको एउटा ढोका सडकबाट मर्स्याङदी नदीतर्फ खस्दै गर्दा फुक्लिएर पाखामा देखिएको प्रत्यक्षदर्शीले बताए ।
प्रकाशित मिति २०८२ श्रावण ८, बिहीबार १८:०६ गते