सुन्दरबजार अस्पतालमा अब विशेषज्ञ सेवा र टेलिमिडिसिन सेवा उपलब्ध हुने

सुन्दरबजार अस्पतालमा अब विशेषज्ञ सेवा र टेलिमिडिसिन सेवा उपलब्ध हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ८ गते बिहिबार ०९:३०

प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङ सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको रोहबरमा भएको सो सम्झौतासँगै सामान्य शल्यक्रियाका लागि पनि अन्यत्र रिफर गर्नुपर्ने अवस्था टरेको छ ।

प्रदेश अस्पताल लमजुङ र सुन्दरबजार अस्पताल वीच सम्झौतापछि त्यस्तो सेवाको सुनिश्चितता भएको हो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार अस्पताल सेवाग्राहीको सेवासुविधा बढाउन लागि परेको छ । यसैक्रममा अस्पतालबाट विशेषज्ञ चिकित्सक सेवा र टेलिमिडिसिन सेवा उपलब्ध गराउन प्रदेश अस्पताल बेसीशहर लमजुङ र सुन्दरबजार अस्पताल वीच सम्झौता भएको छ ।
प्रदेश अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटा र सुन्दरबजार अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त मिश्रले सम्झौता पत्र अदालन प्रदान गर्नु भएको छ । सो सम्झौता पत्रमा उहाँहरू दुबैले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार प्रदेश अस्पताल लमजुङलाई पहिलो पक्ष र सुन्दरबजार अस्पताललाई दोस्रो पक्ष मानिएकोछ । सो सम्झौतामा प्रत्येक दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म टेलिमिडिसिन सेवा प्रदान गर्ने उल्लेख छ ।
प्रथम पक्ष प्रदेश अस्पतालले दोस्रो पक्ष सुन्दरबजार अस्पताललाई आवश्यक परेका बेला जहिले सुकै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने सहमति भएको छ । सुन्दरबजार अस्पताल जनसंख्याको हिसावले धेरै क्षेत्र समेट्न सक्ने अवस्था रहेको स्थितिलाई मध्यनजर गर्दै आस्पतालमा आवश्यकता पर्ने वित्तिकै विशेषज्ञ सेवा प्रदान गर्नुपर्ने समेत सम्झौता पत्रमा उल्लेख छ ।
सो सम्झौता प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङ सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको रोहबरमा भएको हो । यसले आगामी दिनमा सुन्दरबजार अस्पताल आफैले शल्यक्रिया गर्नेछ । सो सम्झौतासँगै सामान्य शल्यक्रियाका लागि पनि अन्यत्र रिफर गर्नुपर्ने अवस्था टरेको छ ।

प्रकाशित मिति २०८२ श्रावण ८, बिहीबार २१:३० गते
हजुरको प्रतिक्रिया