दुराडाँडा(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आफ्ना सभापति रवि लामिछानेउपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा सो दलले थालेको जनताको हस्ताक्षर अभियान ऐतिहासिक थलो दुराडाँडामा पुगेको छ । रास्वपाको सुन्दरबजार नगरपालिका समितिको नेतृत्वमा उक्त कार्यक्रम साउन १५ गते भएको हो ।
रास्वपाको सुन्दरबजार नगरपालिका समितिका सभापति विमल अधिकारीको नेतृत्वमा गएको टोलीले ऐतिहासिक थलो दुराडाँडामा रास्वपाका सभापति रवि लामिछानेउपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा हस्ताक्षर संकलन कार्य भएको हो ।
दुराडाँडाको केन्द्र चन्द्रपाटाको खजेपार्क चोकमा हस्ताक्षर संकलन गरिएको ररास्वपाका जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो कार्यमा स्थानीय पालिकका पूर्वसचिव देवीजङ्ग दुरा, रोहिणी घिमिरे तथा लेखनाथ खनिया, विनबहादुर रानाभाटलगायतले सहयोग गर्नु भएको थियो ।
उक्त अभियानमा रास्वपाको जिल्ला सल्लाहकार समितिका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, स्टार्ट अफ इभोनेभसन विभाग गण्डकी प्रदेशका प्रमुख गोविन्द गुरुङ, गण्डकी प्रदेश संगठन विभागका सदस्य काजी दुरा, सोही विभागका सदस्य सुरेन्द्रलाल श्रेष्ठ, जिल्ला र्याट विभागका प्रमुख श्याम केसीलगायत सहभागी हुनु भएको थियो ।
सो अवसरमा स्वस्थ्यका कारणले उकालो ओह्रालो हिड्न किठन हुने भएका कारण ८८ वर्षीय बयोबद्ध बा अतिवल दुराले पनि उत्साहका साथ हस्ताक्षर गर्नु भएको थियो । यहाँले स्थानीय बासिन्दा समेत रहनु भएको रास्वपाको जिल्ला सल्लाहकार समितिका संयोजक पहाडीलाई देख्न मन भएको भन्दै उहाँको निवासमै बोलाउनु भएको थियो । अभियानको टोलीलाई ‘सबैले जानेको कुरा हो, रविलाई कति अन्याय गरेको छ भन्ने त कसैलाई एक दिन बयान, बहस र धरौटीमा रिहा कसैलाई यस्तो ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

उहाँले थप भन्नुभयो, ‘हाम्रो तिर त यो हस्ताक्षर गराउन पनि आउन्न कि ? झैं ला’थ्यो ? हाम्रो जेठोलाई (देवीजङ उहाँको जेठो छोरा) सोधे पनि । उसले आउनु कुरा छ भन्थ्यो, धेरै खुशी लाग्यो ।’ ८८ वर्षीय अतिवल दुराको भनाइबाट पनि सहजै बुझ्न सकिन्छ कि गाउँगाउँमा रविको पक्षमा हस्ताक्षर गर्ने प्रतिक्षामा के कति प्रतिक्षारत छन् भन्ने ।
उहाँको निवासमा पहाडीका साथमा जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीसमेत जानु भएको थियो । अधिकारीले बयोबद्ध अतिवल दुरालाई रास्वपाका सभापति रवि लामिछानेको अपिल समेत हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा उहाँकी कान्छी बुहारी कुमारी दुराले समेत दस्तखत गर्नु भएको थियो ।

यतिवेला भने दुराडाँडाको बसाई सराईको चपेटाले बस्ती निकै पातलिएको छ । करिब चार घण्टाको सो स्थानको बसाईका अवसरमा १२३ जनाको हस्ताक्षर संकलन भएको अभियानका संयोजककर्ता विमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार अभियानलाई निरन्तरता दिनका लागि देवीजङ्ग दुरालाई जिम्मा दिइएको छ ।
उक्त अवसरमा संगठन विभाग गण्डकीका सदस्य काजी दुरा, र्याट विभागका जिल्ला संयोजक श्याम केसी तथा देवीजङको टोली तुर्लुङकोटसम्म पुगेको थियो ।
प्रकाशित मिति २०८२ श्रावण १५, बिहीबार २०:१० गते