दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा सञ्चालित गुरुकुल आश्रममा कृष्णप्रसाद अधिकारीले आफ्ना स्वर्गीय दाजु विश्वनाथ अधिकारीको १३औं पुण्य तिथिका दिन १५ दर्जन ठूला कपी हस्तान्तरण गर्नु भएको छ । पाणिनि गुरुकूल आश्रमको छात्राबासमा रही संस्कृत भाषा अध्ययनरत विद्यार्थीहरूका लागि आज एक कार्यक्रमका बीच स्व. विश्वनाथ अधिकारीको स्मृतिमा १५ दर्जन ठूला कपी साउन १७ गते प्रदान गरिएको हो ।
ती सामग्री विद्याययको व्यवस्थापन समितिका अध्यक्ष एवम् सोही वडाका अध्यक्ष अमृत न्यौपानेलाई कृष्णप्रसाद अधिकारीले हस्तान्तरण गर्नु भएको हो । विद्यालय तथा आश्रम परिवारले कृष्णप्रसाद अधिकारीसहित उहॉंको सपरिवारमा कृतज्ञता व्यक्त गरेको छ । दुराडाँडाको जलुकेनी निवासी यस विद्यालयका उपज, समाजसेवी एवम् विद्यालय तथा सनातन धर्म सेवा संघ गुरूकुल आश्रमका लागि निरन्तर सहयोगी कृष्णप्रसाद अधिकारीले आफ्ना स्वर्गीय दाजु विश्वनाथ अधिकारीको १३औं दिनको पितृकार्य सम्पन्न भएपश्चात उहॉंको सम्झनामा यस पाणिनि गुरुकूल आश्रमको छात्राबासमा रही संस्कृत भाषा अध्ययनरत विद्यार्थीहरूका लागि १५ दर्जन ठूला कपी (Long copy) प्रदान गर्नु भएकोमा विद्यालय तथा आश्रम परिवार उहॉंसहित उहॉंको सपरिवारमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
दुराडाँडाको जलुकेनीमा जन्मनु भएका विश्वनाथ अधिकारी उक्त पाणिनि संस्कृत माध्यमिक विद्यालयका उपज हुनुका साथै विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष, यस विद्यालयका चन्दादाता, चन्द्रेश्वर रेडक्रस उपशाखाका सभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य, लमजुङ किसान संघका पूर्व अध्यक्ष, समाजसेवी, शिक्षाप्रेमी हुनुहुन्थ्यो । उहाँको साउन ५ गते राति ८ः३० बजे हृदयघातबाट असामयिक निधन भएको हो । सो दुःखद घट्नाप्रति स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने समेत विद्यालयले कामना गरेको छ ।
प्रकाशित मिति २०८२ श्रावण १७, शनिबार १८:४३ गते