कानुन सचिवको अभिव्यक्तिप्रति अपत्ती व्यक्त गर्दै कानुनमन्त्रीलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा ज्ञापनपत्र

कानुन सचिवको अभिव्यक्तिप्रति अपत्ती व्यक्त गर्दै कानुनमन्त्रीलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा ज्ञापनपत्र

प्रमिला रेग्मी

@antaranganews

२०८२ साउन १९ गते सोमबार ०८:४०

अनेम संघ क्रान्तिकारी लमजुङका संयोजक इन्दिरा पोख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जानेहरूमा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री मधु अधिकारी, अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष यमकुमारी सुनार, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य राजकुमारी गुरुङ, सुनिता पाण्डे, शान्त सापकोटा, प्रेस सेन्टर पूर्वकेन्द्रीय सदस्य कमला के.सी. लगायत सहभागी हुनुहुन्थ्यो ।

सो अभिव्यक्तिको विरोध गर्दै कानुनमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश गरिएको छ ।

लमजुङ– कानुन मन्त्रालयका सचिव धर्मराज ढकालले साउन १६ गते सञ्चार माध्यममार्फत बहुविवाह सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत कानुनमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी), लमजुङ जिल्ला समन्वय समितिले प्रजिअ पोखरेलाई साउन १९ गते ज्ञापन पत्र बुझाएको हो ।
संघले पेश गरेको ज्ञापन पत्रमा सचिव ढकालको उक्त अभिव्यक्तिले नेपालको संविधान २०७२ मा समावेश समानता, मौलिक हक र महिला अधिकारको आत्मालाई चुनौती दिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । त्यस्तो अभिव्यक्ति महिला विरोधी, परम्परागत र दुरगामी सोच बोकेको भनाई भएको भन्दै ज्ञापन पत्रमा सचिव ढकालले बहुविवाहलाई मान्यता दिनुपर्ने प्रकारको सन्देश दिएको भन्दै आक्रोशसमेत व्यक्त गरिएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले यस्तो प्रकारको सोच र अभिव्यक्तिले समाजमा व्याप्त लैंगिक विभेद, असमानता र महिला हिंसालाई थप प्रोत्साहन गर्ने चेतावनी दिएको छ । अनेम संघ क्रान्तिकारी लमजुङका संयोजक इन्दिरा पोख्रेल र सचिव सिर्जना बराल अधिकारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संघले समाजमा व्याप्त विकृति, विसंगति, सूचनामूलक शिक्षाको अभाव, धर्म र परम्पराको नाममा महिलामाथि हुने हिंसा र अन्याय अन्त्य गर्न सशक्त ऐन, कानुन र सामाजिक चेतनाको खाँचो रहेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमार्फत संघले सबै बुद्धिजीवी, महिला अधिकारकर्मी, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजलाई एकजुट भई यस्ता प्रतिक्रियावादी सोचविरुद्ध आवाज उठाउन आह्वान गरेको छ । साथै संघले त्यस्ता गतिविधिका विरुद्धमा आवश्यकता परे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएको छ ।
अनेम संघ क्रान्तिकारी लमजुङका सयोजक इन्दिरा पोख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जानेहरूमा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री मधु अधिकारी, अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष हेमकुमारी सुनार, अनेम संघ क्रान्तिकारी केन्द्रीय सदस्य राजकुमारी गुरुङ, सुनिता पाण्डे, शान्त सापकोटा, प्रेस सेन्टर पूर्वकेन्द्रीय सदस्य कमला के.सी लगायत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेललगायतको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ श्रावण १९, सोमबार २०:४० गते
हजुरको प्रतिक्रिया