स्थापना दिवसको पूर्वसन्ध्यामा रोटरीद्वारा बाल आश्रमका बालबालिकालाई निःशुल्क दन्त सेवा

स्थापना दिवसको पूर्वसन्ध्यामा रोटरीद्वारा बाल आश्रमका बालबालिकालाई निःशुल्क दन्त सेवा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १९ गते सोमबार ०९:५२

बेसीशहर– रोटरी क्लब अफ लमजुङले स्थापना दिवसको पूर्वसन्ध्यामा यहाँ स्थित बाल आश्रमका बालबालिकालाई निःशुल्क दन्त सेवा दिएको छ । दिपिका युनिभर्सल डेन्टल होम बेसीशहर सेराको सहयोगमा आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकाहरूका...

ती सबै काम दिपिका युनिभर्सल डेन्टल होमको तर्फबाट गरियो दिपिका युनिभर्सल डेन्टल होमका प्रोपाइटर पौडेलले भन्नुभयो ।

बेसीशहर– रोटरी क्लब अफ लमजुङले स्थापना दिवसको पूर्वसन्ध्यामा यहाँ स्थित बाल आश्रमका बालबालिकालाई निःशुल्क दन्त सेवा दिएको छ । दिपिका युनिभर्सल डेन्टल होम बेसीशहर सेराको सहयोगमा आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकाहरूका लागि साउन १९ गते निःशुल्क दन्त परीक्षण तथा उपचार शिविरको आयोजना गरिएको हो ।
रोटरी क्लब अफ लमजुङका पूर्वसभापति(सन्– १०१७/१८) समेत रहनु भएको दिपिका युनिभर्सल डेन्टल होमका प्रोपाइटर दिपक पौडेलको नेतृत्वमा उक्त शिविर सञ्चालको कार्य भएको हो । उहाँका अनुसार लमजुङमा रोटरी क्लब स्थापनाको १९ औं स्थापना दिवसको उपलक्ष्यमा उक्त कार्य गरिएको हो ।
उहाँले भन्नुभयो, ‘उक्त अवसरमा आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकाहरू १० जनाको परीक्षण तथा उपचारको काम भयो ।’ ती बालबालिकामा तीन जनाको मात्र दाँत सफा गर्ने काम भएको हो, अन्य सात जनाको ६– ७ वटा दाँत भर्नु पर्ने अवस्था रहेछ ।’
ती सबै काम दिपिका युनिभर्सल डेन्टल होमको तर्फबाट गरियो दिपिका युनिभर्सल डेन्टल होमका प्रोपाइटर पौडेलले भन्नुभयो । उहाँका अनुसार पाँच जना बालबालिकालाई एक एक सेट मञ्जन र ब्रस समेत दिएर पठाएँ । उहाँले भन्नुभयो, ‘एउटा बच्चाको दाँत भर्न झण्डै एक घण्टाजस्तो लाग्यो ।’ पाँच जनाको दाँत उखेल्ने काम पनि भयो पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा कुल ३४ हजार बराबारको सेवा उपलब्ध गराएको पौडेलले उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘उपचारको काम सकिए पछि ती बाबु– नानीहरूलाई एक एक वटा आइसक्रिम समेत खान दिएर पठाएँ ।’
बाच्चहरूले राम्रो सेवा पाएको आदर्श महिला तथा बालबालिका केन्द्रका सचिव हुमा गुरुङले बताउनु भयो । उहाँका अनुसार गुणस्तरीय सेवा दिएर हामीलाई रोटरी क्लब र दिपिका युनिभर्सल डेन्टल होमले कतज्ञ बनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो सहयोगप्रति हामी आभारी छौं ।’

प्रकाशित मिति २०८२ श्रावण १९, सोमबार २१:५२ गते
हजुरको प्रतिक्रिया