डा. बाबुराम भन्नुहुन्छ : रास्वपा सभापति रविलाई पत्रिकासमेत पढ्न दिँदो रहेनछ

डा. बाबुराम भन्नुहुन्छ : रास्वपा सभापति रविलाई पत्रिकासमेत पढ्न दिँदो रहेनछ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २३ गते शुक्रबार ०८:३९

लोकतान्त्रिक गणतन्त्रमा पञ्चायतकालको भन्दा पनि निकृष्ठ व्यवहार गरिनु वर्तमान सरकारकासँग मानवीयतका के कति छ ? भन्ने प्रश्न उब्जिएको छ । रास्वपाका सभापति रवि उपर गरिएको व्यवहार पुष्टि हुने तस्विर सहित :

‘जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन । जमानतमा बाहिर राखेर मुद्दा पेस गर्ने व्यवस्था गर्नुपथ्र्यो ।’ उहाँले भन्नुभयो  ।

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमै गएर भेट्नु भएकोछ । रूपन्देही कारागार पुगेर भट्टराईले लामिछानेलाई साउन २२ गते भेट्नुभएको हो ।
रविलाई भेटेर फर्केपछि भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै पञ्चायतमा समेत जेलमा पत्रिका पढ्न दिने गरेको स्मरण गर्दै रविलाई पत्रिका पढ्नसमेत बञ्चित गरिएको रहेछ भन्नुभयो ।
डा. भट्टराईले भन्नुभयो, ‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी पञ्चायतकालमा पनि पढ्ने गथ्र्यौं, मैले एक जना प्रहरीलाई सोधेँ खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बञ्जित गर्न हुँदैनथ्यो । बस्ने ठाउँ पनि सोलिटरी कन्फाइनमेन्ट जस्तो रहेछ । जेल भनेपछि खुला ठाउँहरू हुन्छ ।’
त्यसबारे आफूले सम्बन्धित ठाउँमा भन्ने समेत उल्लेख गर्नुभयो । उहाँका अनुसार भाग्न सक्ने अवस्था नभएकाले लामिछानेलाई जेल बाहिरै राखेर मुद्दा लड्न दिनुपर्ने हो । उहाँले भन्नुभयो, ‘जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन । जमानतमा बाहिर राखेर मुद्दा पेस गर्ने व्यवस्था गर्नुपथ्र्यो ।’
डा. भट्टराई लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवास्थित कारागारमा पुगेर उनले लामिछानेसँग भेट गरेका भट्टराईको सचिवालयले जनाएको छ ।
भट्टराईले थप भन्नुभयो, ‘उहाँमाथि फैसला भइसकेको छैन, अहिले उहाँ न्यायिक हिरासतमा हो । उहाँजस्तो मान्छेलाई, अदालतले नै व्याख्या गरिसकेको हुनाले म टिप्पणी गर्न चाहन्नँ । तैपनि, कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दाखेरी न्यायिक हिरासतमा राख्ने हो ।’
‘तर, एउटा जनताको प्रतिनिधि रहेको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने त अनुमान गरेरै पनि जमानतमा बाहिरै भएर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपथ्र्यो भन्ने मेरो मान्यता हो, यतातिर किन ध्यान पुगेन ?’ उहाँले भन्नुभयो ।
जनप्रतिनिधिलाई यसरी थुनामा राख्नुभन्दा पद नै खारेज गरेर नयाँ चुनाव गर्दा राम्रो हुने आफूले यसअघि नै प्रस्ताव गरेको उहाँले उल्लेख गर्नु भयो ।
लोकतान्त्रिक गणतन्त्रमा पञ्चायतकालको भन्दा पनि निकृष्ठ व्यवहार गरिनु वर्तमान सरकारकासँग मानवीयतका के कति छ ? भन्ने प्रश्न उब्जिएको छ । रास्वपाका सभापति रवि उपर गरिएको व्यवहार पुष्टि हुने तस्विर सहित :

प्रकाशित मिति २०८२ श्रावण २३, शुक्रबार ०८:३९ गते
हजुरको प्रतिक्रिया