
कृष्ण जन्माष्टमी हिन्दूहरूको प्रमुख चाड मध्ये एक हो । जन्माष्टमी मुख्यत भगवान कृष्णको जन्म दिनसँगे जोडिएको छ । यो दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । यो पर्व यस वर्ष आज साउन ३१ गते परेको छ ।
शास्त्रअनुसार ५ हजार २४८ वर्ष अघि भगवान कृष्णको विष्णुको आठौं अवतार रुपमा जन्म मथुराको भूमिमा भएको थियो । जसले धर्तिमा अधर्म र धर्म र अन्याय हटाउनको लागि अवतार लिएको मानिन्छ ।
यस दिनमा स्त्री–पुरुष राती १२ बजेसम्म व्रत बस्ने गर्छन् । उक्त दिन मन्दिर सजाएर भगवान कृष्णको झुला झुलाउने गर्छन् । श्रीकृष्णको सम्झनामा र बालरुपलाई पुजा गर्नको लागि पावन जन्माष्टमी मनाउने प्रचलन छ । भगवान कृष्णको विभिन्न देशहरूमा लाखौ भक्तहरूले यस चाडको उल्लास र उत्साहको साथ मानिसहरूले मनाउने गर्छन् ।
यो पवित्र चाड मानिसको बीच भाइचारा बृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतीक मानिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
सनातन धर्ममा चार युग हुन्छन् र हरेक युगमा भगवान अवतार लिइरहन्छन्, कलियुगमा पनि भगवान कल्की अवतार धारण गरेर यस संसारमा दोस्रो पटक धर्म र कर्तव्यको पथमा अगाडि बढाउने छन् । यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ ।
गीतामा ‘जब पृथ्वमिा धर्मको हानी र राक्षसको गलत आदत बढ्छ तब म मानिसको रुप लिएर राक्षसको नास र धर्म पुर्नः स्थापनाको लागि म यस संसारमा अवतार लिइरहनेछु ।’ भगवान कृष्णको भनाई उल्लेख छ ।
द्वापर युगको अन्तिम समयमा जब पृथ्वीमा नराम्रा मानिसहरूले साम्राज्य बढाउन थालपछि लुटपाट, हाहाकार, मानिसहरू एकआपसमा मर्न र मार्न लागेको देखेर भगवान विष्णुले मानिसको रुप लिने प्रण गर्नुभयो भगवान गीतामा उल्लेख छ । पृथ्वीमा धर्ममा माथि हानी हुन्छ तब भगवान मानव रुपमा अवतार लिएर धर्तिमा राक्षसबाट मुक्त गर्नको लागि आउछन् भन्ने धार्मिक मान्यता छ ।
श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिन्छ ।
मथुरामा एकपटक राजा कंसले राज गरे । उनले आफ्नो पितालाई जेलमा हालेर राजपाठ लिएका थिए । कंसको बहिनी देवकिको विवाह वासुदेवसँग हुँदै थियो । उक्त समयमा आकाशवाणी भयो, ‘देवकीको आठौं सन्तानले कंसको हत्या गर्नेछ ।’ देवकिले जन्माएको सातौं सन्तानलाई कंसले हत्या गरेपनि आठौं सन्तानको रुपमा जन्मिएका कृष्णलाई भगवान विष्णुबाट नै गोकुल गाउँमा लैजान आदेश भयो । वासुदेवले कृष्णलाई गोकुल पुर्याउदा यमुना नदी पार गर्नुपर्थ्यो ।
गोकुलमा वर्षा र बाढीबाट गाईको रक्षा गर्न श्रीकृष्णले एउटा पर्वत उठाई छाता जस्तो गरी पानी छेकी गाईको संरक्षण गर्नु भएको प्रसङ्ग पनि सुन्न र पढ्न पाईन्छ । यस पर्वतलाई गोवर्धन पर्वत भनिन्छ भगवान श्रीकृष्णले दुष्टहरूको सामु लिला मात्र गर्नुभएन, विभिन्न मतमतान्तर, आडम्बर तथा अबुझपनले सही मार्ग समात्न कठिन भई सकेको गीताज्ञान लाई छर्लङ्ग बनाई दिनुभयो ।
श्रीकृष्णको पूजा कसरी र किन ?
यस दिन श्रीकृष्णको पूजा आराधाना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । प्रेम र दाम्पत्य सुखका लागि राधा– कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुहाई गरेर ब्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पंचामृतले स्नान गराइदिन्छन् । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ तर कालो रङ बर्जित छ ।
यस पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीहरूको मत छ । भनिन्छ– जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ । श्रीकृष्ण जन्माष्टमी मनाउने विभिन्न तरिका छन् । प्रायः बालक कृष्णको मूर्ति बनाएर उक्त मूर्तिको पूजा गर्ने चलन रहेको छ । यस दिन शंख वा शालिग्रामको पूजा पनि गरिन्छ ।
अन्त्यमा प्रतिमालाई जलले स्नान गराएर पीताम्बर, फूल र प्रसाद चढाउँछन् । याद रहोस् कि श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।
गीता शास्त्र पढ्ने पढाउने र सुन्ने कार्य भएको ठाउँमा श्रीकृष्ण कुनै निमन्त्रणा विना उपस्थित हुनुहुन्छ भन्ने मान्यता छ ।
प्रकाशित मिति २०८२ श्रावण ३१, शनिबार ०६:५२ गते