लमजुङको जनकल्यण सहकारी काण्ड : उच्चद्वारा जिल्ला अदालतको सुरु आदेश सदर

लमजुङको जनकल्यण सहकारी काण्ड : उच्चद्वारा जिल्ला अदालतको सुरु आदेश सदर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ३१ गते शनिवार १०:०३

मधुमायासमेत चारजना विरुद्ध लमजुङ जिल्ला अदालतबाट भएको आदेशका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय लमजुङले वेरितको आदेश बदर गरी थुनामा राख्न माग गरिएकोमा सुनुवाईको क्रममा उच्चबाट सो बदर गरी सुरु आदेश सदर गरिएको हो ।

मधुमायासमेतका चारजनाका विरुद्धमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्दा लगाउदै विगो रकम झण्डै १२ करोड दावी गरिएको छ । ।

बेसीशहर– जनकल्यण बचत तथा ऋण सहकारी संस्था लि.को खुदी शाखाको ठगी काण्डको मुद्दामा उच्च अदालत पोखरालेले लमजुङ जिल्ला अदालतको सुरु आदेश सदर गरेको छ । उच्चबाट त्यस्तो आदेश साउन २९ गते भएको हो ।
उक्त ठगी मुद्दामा सो शाखाका प्रवन्धक विरेन्द्र गुरुङ थुनामा छन् भने त्यसको नायक बनाइएकी मधुमाया बगाले ८० लाख धरौटीमा र अनिष भण्डारी तीन लाख धरौटीमा रिहाँ भएका छन् । सो मुद्दामा मुछिएकी तुलामाया तामाङ ११ लाख ५० हजार धरौटी माग भएको थियो । उहाँ पनि धरौटी राखेर तारेखमा रिहा हुनु भएको छ ।
उहाँहरूका चारजनाका विरुद्धमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्दा लगाएको छ । सो मुद्दामा झण्डै १२ करोडको माग दावी गरिएको थियो ।
उहाँहरू विरुद्धमा लमजुङ जिल्ला अदालतबाट भएको आदेशका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय लमजुङले वेरितको आदेश बदर गरी थुनामा राख्न माग गरिएकोमा सुनुवाईको क्रममा उच्चबाट सो बदर गरी सुरु आदेश सदर गरिएको हो ।
सो मुद्दामा उच्चका न्यायाधीश द्वय सुदर्शनराज पाण्डे र मिलन राईको संयुक्त इजलासले जिल्ला अदालतको सुरु आदेश सदर गरेको हो । सो आदेशमा ‘सुरु अदालतको आदेश वेरित नदेखिएको हुँदा कानुन वमोजिम गर्नु’ भन्ने उल्लेख छ ।
जिल्ला अदालतको आदेश अनुसार माग भएको धरौटी रकम बुझाउन नसरी तत्काल थुनामा गएकी मधुमाया पछि प्राइम बैंकले दिएको वैंक ग्यारेन्टी राखेर तारेखमा रिहा भई मुद्दा पुर्पक्ष गरिरहनु भएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ३१, शनिबार १०:०३ गते
हजुरको प्रतिक्रिया