दुराडाँडा समाजको दरखाने कार्यक्रममा चेलीबेटीलाई लट्टे खुवाइयो: उक्त कार्यक्रमको फोटो फिचर

दुराडाँडा समाजको दरखाने कार्यक्रममा चेलीबेटीलाई लट्टे खुवाइयो: उक्त कार्यक्रमको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ६ गते शुक्रबार १०:०१

उक्त दर खाने कार्यक्रम २०६० देखि निरन्तररूपमा गरि रहेको आयोजक समाजका का.वा अध्यक्ष खनालले जानकारी दिनु भएको थियो ।

लमजुङको दुराडाँडा खोज्न काठमाडौ आउनु पर्ने रहेछ, केहि सहभागीहरूको भनाइ थियो ।

धापासी(काठमाडौ)– दुराडाँडा सेवा समाजद्वारा नेपाली चेलीहरुको महान चाड तीजको पावन अवसरमा समाजको दिदीबहिनी समूहको संयोजनमा दरखाने कार्यक्रम गरिएको छ । सो कार्यक्रम यहाँ स्थित दियालो पार्टी प्यालेसमा भदौ ६ गते सम्पन्न भएको हो ।
सो कार्यक्रममा दुराडाँडाको पहिचानका रुपमा रहेको अनदीको लट्टे (चाम्रे) बिशेष परिकारका रुपमा रहेको थियो । त्यसका लागि खर्च पाँच हजार पाँच सय रुपैयाँ पूर्वप्रजिअ एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका सल्लाहकार रमेशचन्द्र अधिकारीले प्रदान गर्नु भएको समाजका कावा अध्यक्ष कृष्ण खनालले वताउनु भयो । उहाँ त देखिनु हुन्न नि ? भन्ने जिज्ञासामा उहाँको केही रिजर्भेसन रह्यो हामीले उहाँको सुझावलाई सकारात्मक रुपमा लिएका छौं, आउदो वर्षदेखि कार्यान्वयन गर्ने प्रयास गर्छाै् खनालले भन्नुभयो ।
दुराडाँडादेखि अनदी मगाउने, चामल बनाउनेदेखि लट्टेको परिकार तयार गर्ने सम्मको कार्यमा अर्गानिक अभियानमा जुट्नु भएका रविकान्त अधिकारीले सहयोग गर्नु भएको समाजका दिदीबहिनी समूहका संयोजक कल्पना अधिकारीले जानकारी दिनु भयो ।
लमजुङको दुराडाँडा खोज्न काठमाडौ आउनु पर्ने रहेछ, केहि सहभागीहरूको भनाइ थियो । उक्त दर खाने कार्यक्रम २०६० देखि निरन्तररूपमा गरि रहेको आयोजक समाजका का.वा अध्यक्ष खनालले जानकारी दिनु भयाे ।
उक्त कार्यक्रममा दुराडाँडा क्षेत्रका आ–आफ्नो क्षेत्रमा स्थापित व्यक्तित्वहरूको समेत जमघट भएको थियो । उहाँहरूमा राष्ट्रिय याेजना आयाेगका निवर्तमान सदस्य डा. अनिता ढुंगाना शाह, नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठ, अग्रज व्यक्तित्व डा पूर्णकान्त अधिकारीदेखि अनुज डा प्रतिक अधिकारी, नेपाली सेनाका पूर्व कर्नेल गोकुल दुरा, वरिष्ठ पत्रकारहरु शशीकान्त अधिकारी, कृष्णभक्त न्यौपाने, नवराज पहाडी, यमबहादुर दुरा, ईञ्जिनियरहरु प्रेमराज न्यौपाने, महेन्द्र अधिकारी, कृष्ण राना लगायतकाे व्यक्तित्वहरूको सहभागिता रहेको समाजका सदस्य विनोद अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार आजको सहभागिता करिब दुई सय रहेको थयो ।  प्रस्तुत छ, सो कार्यक्रमको फोटो फिचर :

 

प्रकाशित मिति २०८२ भाद्र ६, शुक्रबार २२:०१ गते
हजुरको प्रतिक्रिया