हरितालिका तीजमा भोर्लेटारमा सञ्चालित ९ ए साईड फुटबल प्रतियोगिता जारी

हरितालिका तीजमा भोर्लेटारमा सञ्चालित ९ ए साईड फुटबल प्रतियोगिता जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १२ गते बिहिबार ०६:५२

उक्त प्रतियोगिताको पहिलो हुने टिमलाई पुरस्कार स्परुप दुई लाख, ट्रफी मेडल र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोस्रो पुरस्कार एक लाख, ट्रफी मेडल र प्रमण पत्र तथा सवार्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ५÷५ हजार ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको छ ।

सो प्रतियोगिताको फाइनल खेल १५ गते हुने आयोजकको भनाइ छ ।

भोर्लेटार(लमजुङ)– लमजुङमा महिलाहरूको विशेष पर्वको रुपमा मनाईने हरितालिका तीजको अवसरमा सञ्चालन गरिएको प्रथम खुला ९ ए साईड फुटबल प्रतियोगिता जारी रहेको छ । मध्यनेपाल नगरपालिका– ६ को ईशानेश्वर क्याम्पस, भोर्लेटारको खेल मैदानमा संयुक्त भोर्लेटार क्लबको आयोजना सो प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको तेस्रो दिन भदौ १२ गते तीन खेल सम्पन्न भएका छन् ।
आजको पहिलो खेल बौद्ध शान्ती क्लब रामघाट पोखरा र लाङ्दी देवी नाल्मा एफ सि बिच रहेको थियो । लाङ्दी देवी एफ सि समयमा उपस्थित हुन नसकेकोमा वाक ओभर सहित बौद्ध शान्ती रामघाट पोखरा बिजयी भएको आयोजकले घोषणा गरेको छ ।
आजको दोस्रो खेल ग्रिन भ्याली क्लब रानिपानी मध्यनेपाल– ६, लमजुङ र करापुटार क्लब मध्यनेपाल– ७, रामबजार, लमजुङ बिच भएको थियो । उक्त प्रतिस्पर्धामा २– ० गोलअन्तरले पराजित गर्दै ग्रिन भ्याली क्लब रानिपानी सेमिमा प्रवेश गरेको छ । म्यान अफ द म्याच ग्रीन भ्याली क्लबका बिवेक चामलिङ ‘बिक्की’ले प्राप्त गर्न सफल भएको प्रतियोगिता स्थलबाट राससका प्रतिनिधि सुरज गुरुङले जनाकारी दिनु भएको छ ।
आजको तेस्रो खेल बाँग्रे फुटबल क्लब मध्यनेपाल– ९, लमजुङ र टल्लो टार युवा क्लब मध्यनेपाल– ६, लमजुङका बीचमा भएको थियो । खेल अवधिमा दुवै टिमले दुई दुई गोल गरी खेल बराबरी भयो । त्यसपछि थप भएको समयमा एक गोल थप गरी ३– २ गोल अन्तरले बाँग्रे फुटबल क्लब टिम विजयी भएको आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो खेलमा म्यान अफदि म्याच श्रीकृष्ण तामाङ घोषित भएका छन् ।
उक्त प्रतियोगिताको पहिलो हुने टिमलाई पुरस्कार स्परुप दुई लाख, ट्रफी मेडल र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोस्रो पुरस्कार एक लाख, ट्रफी मेडल र प्रमण पत्र रहेको छ । यसैगरी, सवार्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ५/५ हजार ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको उहाँको भनाइ छ ।
उक्त खेल सुरु हुनु अघि र प्रतियोगिताको हाफ टाइममा विभिन्न नृत्य प्रदर्शन गरेर दर्शकहरूलाई मनोरञ्जन दिइएको थियो ।
मध्यनेपाल नगरपालिका– ६ का वडा अध्यक्ष विष्णुभक्त पौडेलले प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगिताको वडा अध्यक्ष पौडेलबाट दीप प्रज्वलन गर्नुका साथै रेफ्रीहरू राष्ट्रियद्वय रेफ्री यमबहादुर सुनुवार र श्री प्रधान, एन्फा रेफ्रीद्वय उत्तरकुमार सुनुवार र मिजल सुनुवारलाई बल हस्तान्तरण गरी उदघाटन गरिएको थियो ।
सो प्रतियोगितामा लमजुङका अतिरिक्त कास्की र तनहुँका कुल १५ टिमले भाग लिएको प्रतियोगिताका खेल संयोजक मेखबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार आयेजक क्लबका सदस्य सन्तोश धिंगालले स्वागत मन्तव्य राखेको उदघाटन कार्यक्रम आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठको सभापतित्वमा भएको हो ।
सो प्रतियोगिताको फाइनल खेल १५ गते हुने आयोजकको भनाइ छ ।
फोटो सौजन्य : रासस प्रतिनिधि सुरज गुरुङ

प्रकाशित मिति २०८२ भाद्र १२, बिहीबार १८:५२ गते
हजुरको प्रतिक्रिया